Sunday, May 18News That Matters

शिक्षामा राजनीति शैक्षिक क्षेत्रकै दुर्गति

यो समाचार शेयर गर्नुहोस्

सँसारमा सबैभन्दा ठूलो महान् क‍ो हुन् भन्ने बित्तिकै जन्मदिने जन्ममाता ,जन्मदाता पिता विध्यादाता गुरु भनिन्छ।
हामी सबैले यहि भन्छौ ।
यसो भन्नेपनि हामि नै होउ।
तर कहिलेकाही यसो भन्ने हामी हरु नै यति मूर्ख बन्छौ कि एकातिर यस्ता महान् वाणी दिन्छौ अर्कोतिर घरमा मातापिता लाई अपमान गर्छौ उता गुरुलाइ गोरुलाइ चुटे झै गरि चुट्छौ कुट्छौ। तर हामी कहिल्यै पनि यी माता पिता र गुरु भन्ने शब्द र तीन बाट आफुले पाएको जन्म जीवन र विद्या जस्तो कुराको ख्याल गर्दैनौ । बरु अरुबेला खुब सम्झिने र मातातिर्थ आमाको मुख हेर्ने अम्सिमा खुब नाटक गर्ने र आमाकै मुख हेर्ने दिन फेरि सबै कुरा बिर्सिएर गुरुलाइ चुट्न लगाउने चुट्न निर्देसन दिने र तिनै बाट शिक्षा लिएर तिनैलाइ मर्ने गरि चुट्ने पनि हामी नै होउ। वास्तवमा गुरु लाई गुरुको महत्त्व लाई बुझे शिक्ष ह‍ुन् । गुरुको महत्त्व लाई नबुझ्ने गोरु नै हुन भन्दा पनि कत्ति नपर्ला। तर पछिला केही दसक यता शिक्ष्य बाट गुरु बिध्यार्थि बाट शिक्षक कुटिएका घटनाहरु प्रसस्तै देख्न र सुन्न पाइन्छ ।
फेरि यतिबेला देसमा शिक्षकको आन्दोलन ऐतिहासिक आन्दोलन बनेको छ। किन भने व्यवस्था परिवर्तन गर्दा पनि यति धेरै दिन आन्दोलन नभएको हाम्रो देसमा यतिबेला शिक्षक हरुको आन्दोलन मात्रै भएन आफैले पढाएका बिध्यार्थि जो सुरक्षा निकायमा थिए उनै बाट कुटाइ खानु पर्यो। शिक्षक लाई पनि कति गाह्रो कहिले पढ्दै गरेका कहिले पढेर जागिर खाएका हरु बाटै कुटाइ खानु पर्ने यो भन्दा दुखको कुरो अरु के हुन सक्छ।
हिजो देसमा , अहिले ठुला दलका नेता भनिएका राजनीतिक दलका नेताहरु हिजो भुमिगत भएर राजनीति गरि रहदा यदि हरेक बिध्यालयका शिक्षक हरुले साथ दिदैनथ्ये भने राजनीति बारे पढाउदैन थ्ये भने सायद आज यी नेताहरु नेता हुदैनथ्ये आज तिनै नेताहरुले शासन सत्ता चलाइ रहदा तिनै शिक्षक जसले हिजो व्यवस्था परिवर्तन देखि शासक परिवर्तन गर्दा सम्म साथ दिए आज उनैले अधिकार माग्न जादा उल्टै कुटाइ खानु पर्ने अवस्था आउनु भनेको कलियुगकै प्रभाव भन्नू पर्ने अवस्था आएको छ।
हुन तन यसमा शिक्षक हरुको पनि गल्ति छ।शिक्षक भनेका पढाउने शिक्षा दिने गुरु ह‍ुन् कुनै पाटिका कार्यकर्ता र कसैको कुनै नेताको झ‍ोले हैनन् ।
तर हामिकहा त शिक्षक हरु नै राजनीतिमा लागेर पढाउन पनि नपढाउने उता पाटिको काम पनि गर्ने यता पाटिकै पावर र बलमा हाजिरी गरि तलब पनि लम्काउने नेताहरुको झोले बन्ने भएपछि शिक्षकहरुको इज्जत मान प्रतिष्ठा घट्दै नगएको पनि हैन।
उता फेरि नेताहरु शिक्षामा निजी लगानि गर्ने पाटि कार्यकर्ता बनेका शिक्षक हरु निजी बिध्यालय सञ्चालन गर्ने सरकारि स्कुलमा पनि पढाउने राजनीति पनि गर्ने आफ्नो छोराछोरी महङ्गा निजि विध्यालयमा पढाउने गर्न थाले पछि नेपालका सरकारि तथा सामुदायिक बिध्यालय यति खस्किएर जान थाले कि सरकारिमा पढाउ भन्दा पनि अभिभावक सँग हात जोड्नु पर्ने बिध्यालय मर्ज गर्नु पर्ने अवस्था आउन थाल्यो। जसले गर्दा सरकारि बिध्यालय दुब्लाउदै जान थाले त्यहा पढाउने शिक्षक र नेताहरु म‍ोटाउन थाले।
तर यस‍ भनी रहदा इमानदार शिक्षक पनि छन् ति इमानदार शिक्षक याने गुरुलाइ भने भन्न खोजिएको अवस्य हैन।
पछिल्लो समय नेपालको शैक्षिक अवस्था यति बिग्रिएर जान थाल्यो कि देसै बिग्रिने खतरा बढ्न थाल्यो । त्यसैले भन्नै पर्ने हुन्छ यतिबेला शिक्षक आन्दोलन यति दिन सम्म लम्किनु पनि कहि न कहि कतै न कतै भित्र भित्रै राजनिती स्वार्थ हुनु हो। त्यसैले अब शिक्षक, शिक्षक बन्नु पर्छ राजनीतिक दलका कार्यकर्ता र नेताका झ‍‍ोले हैन गुरु गुरु बन्नु पर्छ।
शिष्य शिष्य नै बन्नु पर्छ।
गुरु र शिष्यको पवित्र सम्वन्धलाइ अब सँरक्षण गर्नु पर्छ तब मात्रै शिक्षामा उज्यालो पस्न सक्छ।
नत्र शिक्षा अन्धकार बन्न सक्छ। त्यसैले यदि सरकार अब पनि गम्भीर भएन भने बिध्यार्थिको भबिष्य समेत अन्धकारमय हुन सक्छ। शिक्षकले पनि एकातिर राजनितीक दलको कार्यकर्ता बन्ने अर्कोतिर हाजिर मात्रै गरेर जागिरे बनेर लाजै नमानि राज्यको धुकुटि रित्याएर बिध्यार्थि हरुलाइ नपढाइ तलब खानु हुदैन। शिक्षक पनि अब गोरु हैन ,गुरु बन्नु पर्छ सरकार पनि अब शिक्षकहरुका माग प्रति गम्भीर बन्नु पर्छ अब हामी नेपाली जनताले पनि यहि कुरा भन्नू पर्छ।#चेतना भया।

प्रतिकृया दिनुहोस