Sunday, May 18News That Matters

पुष्पलाल पार्कमा धार्मिक तथा पर्यटकिय स्थलका तस्बिर सहित वाल पेन्टिङ

यो समाचार शेयर गर्नुहोस्

पोखरा । पोखरा महानगर पालिका मेयर धनराज आचार्यले पोखरा भ्रमण बर्ष २०२५ सफल पारौ भन्ने मुल नाराका साथ घ‍ोषणा गरे सगै पोखराका विभिन्न सँघ सँस्थाले आ आफ्नो ठाउबाट सहयोग गर्दै आएका छन्।

पर्यटकका लागि पोखराका विभिन्न ठाउमा रहेका मठ मन्दिर पर्यटकिय स्थल हरुको जानकारी दिने उदेश्यले पोखरा महानगरपालिका वडा नं.७ बुलौदी स्थित पुष्पलाल स्मृति पार्कको वालमा पेन्टिङ चित्र हरु कोरिएको छ ।

पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट सङ्घको सहकार्यमा उक्त वालमा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो ।

अन्तर्राष्ट्रिय १३६ अौ मे दिवसका अवसरमा १८ बिहिवार पोखरा महानगर पालिका मेयर तथा प्रमुख अतिथि धनराज आचार्यले सो पेन्टिङ वालको अर्गानिक अनावरण गर्दै प्रमुख अतिथि आचार्यले यस्ता सुन्दर मनमोहक दृस्य सहितका बाल पेन्टिङले यसै त प्राकृतिक सुन्दरताले सजिएको पोखरा त्यसमा पनि झन् पोखराका कलाकार हरुद्वारा गरिएको पेन्टिङले सौन्दर्यीकरण सहित पर्यटन प्रवर्द्धनका लागि ठूलो टेवा पुग्ने वताउनु भयो ।
आगामी दिनमा समेत नेपाल कमर्सियल आर्टिष्ट सँघ सँगको सहकार्यमा पोखराका प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने वताउनु भयो ।


सोही अवसरमा बाल पेन्टिङ गरेर सौन्दर्यताका लागि आफ्नो कलाकारिता बाट सहयोग गर्ने आर्टिष्ट शिव वहादुर अधिकारि ,युवराज बस्ताकोटि सोम कुमार राई,राममुमार बतास ,मनोज कुमार विक,लाल कार्किअञ्जान ,बल वहादुर राई, तेज वहादुर शाहि,राजु नेपाली ,राज लामा ,शिव थापा शिव सेर्पालि ,महम्मुद खान लगायत लाई प्रमुख अतिथि मेयर आचार्य तथा कार्यकारिणी प्रमुख शिबराज चौलागाइले प्रमाणपत्र सहित सन्मान गर्नु भएको थियो ।

अनावरण कार्यक्रममा महानगर कार्यकारिणी शिवराज चौलागाईं नेपाल कमर्सियल आर्टिष्ट सँघका जिल्ला अध्यक्ष केन्द्रीय सदस्य युवराज बस्ताकोटि लगायत महानगर प्रवक्ता तथा वडा नम्बर २५ अध्यक्ष म‍ोतिराम तिमिल्सिना ,वडा नम्बर ७ का अध्यक्ष आचार्य , वडा नम्बर ८ का रुद्र वराल,वडा नम्बर ९ का दिपेन्द्र मर्सानि वडा नम्बर ७ जनप्रतिनिधि विभिन्न सामाजिक व्यक्तित्व लगायत विभिन्न सँघ सँस्था अध्यक्ष तथा प्रतिनिधि ज्यु हरुको उपस्थिति रहेको थियो।

वाल पेन्टिङ लामो समय टिक्ने खालको रहेको र पोखराबाट देखिने हिमालय श्रृखला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठ मन्दिरहरू लगायतका प्रतिबिम्बहरू बनाइएको सँघका केन्द्रीय सदस्य शिव वहादुर अधिकारिले वताए।

प्रतिकृया दिनुहोस