Sunday, May 18News That Matters

वाई.सि.एल. नेपाल स्याङ्जा जिल्ला चौथो सम्मेलन सम्पन्न, तिवारी अध्यक्षमा चयन

यो समाचार शेयर गर्नुहोस्

पोखरा

वाई.सि.एल. नेपाल स्याङ्जा जिल्ला चौथो सम्मेलन सम्पन्न, पुर्व जनमुक्ति सेना कमान्डर सफल तिवारी (अर्जुन) अध्यक्षमा चयन

स्याङ्जा — वाई.सि.एल. (योङ्ग कम्युनिस्ट लिग) नेपाल स्याङ्जा जिल्लाको चौथो जिल्ला सम्मेलन आज भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले पुर्व जनमुक्ति सेना कमान्डर सफल तिवारी (अर्जुन)लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो।

सम्मेलनबाट नवगठित ४५ सदस्यीय जिल्ला समिति निम्नानुसार चयन गरिएको छ:
उपाध्यक्षमा प्रकाश रिजाल र दिपेश कुमाल, सचिवमा सागर भट्टराई, सह-सचिवमा आविष्कार क्षेत्री, प्रेम राना, टोप ब. गुरुङ, राजेश श्रेष्ठ, सुवास सुनार लगायत अन्य सदस्यहरू रहेका छन्।

नयाँ नेतृत्वको चयनसँगै संगठनलाई अझ सशक्त, अनुशासित र जनमुखी बनाउँदै लैजाने सम्मेलनको उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्। सम्मेलनमा विभिन्न गाउँ–नगर र वडास्तरका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी, विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा समाहित भएका ३० जनाभन्दा बढी युवाहरूलाइ विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ। पार्टी प्रवेश गरेका नयाँ सदस्यहरूप्रति शुभकामना व्यक्त गर्दै उनीहरूको भूमिका संगठन निर्माणमा निर्णायक हुने अपेक्षा राखिएको छ।

सम्मेलनले युवालाई उत्पादन, संगठन र राष्ट्रनिर्माणमा केन्द्रित गराउँदै लैजाने नीति लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस