Tuesday, January 20News That Matters

विश्वशान्ति स्तूपा नजिकै नगरबस दुर्घटना २२ यात्रु घाइते

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा २२ स्थित विश्वशान्ति स्तूपा नजिकै आज दिउँसो एक नगरबस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

पार्किङस्थलभन्दा केही माथि सडकमा ग २ ख ३८८६ नम्बरको पोखरा नगरबस दुर्घटनामा परेको हो। बसमा २६ जना यात्रु सवार रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

दुर्घटनापछि घाइते २२ जनालाई पोखराका विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको यथार्थ कारण पुष्टि हुन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ।

घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस