
पोखरा
पोखरा ३२ लामेआहालमा काठमाण्डौंबाट पोखरा आउँदै गरेको इभी माइक्रोबस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
लामेआहालस्थित सडकबाट करिब ३५ मिटर तल खेतमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, माइक्रोबस तीव्र गतिमा रहेको र चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिकृया दिनुहोस
