
पोखरा
पोखरा — लामो समय देखि पत्रकारिता क्षेत्रमा लागेर पत्रकारिता गर्दै आइरहेका पत्रकार, केशव पाठक र दुर्गा अधिकारी, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
नेपाल पत्रकार महासङ्घ कास्कीले स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकार पाठक र अधिकारिलाई नगद २५–२५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।
पाठक पोखरा स्पोर्ट्स अनलाइनका सम्पादक साथै खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत हुन् ।
विशेष गरेर उनि खेलकुद पत्रकारितामा सक्रिय रहँदै आएका छन्।
उनले यसभन्दा पहिला राष्ट्रिय स्तरमा स्थापित खेलकुद पत्रकारिता पुरस्कारहरू प्राप्त गरिसकेका छन् भने,अधिकारीले क्रियाशील पत्रकार महिला समूह गण्डकी प्रदेशको नेतृत्व गर्दै आएकी थिइन् उनी निजी रेडियोहरूको छाता संस्था वानकी केन्द्रीय उपाध्यक्षको रूपमा कार्यरत छन्।
रेडियो सफलता १०३.४ मेगाहर्जकि निर्देशक रहेकि उनि यसभन्दा पहिला पनि विभिन्न रेडियोमा समेत आवद्द रहेर पत्रकारितामा लामो योगदान दिँदै आएकी छन्।
आयोजित पुरस्कार तथा सन्मान समारोहमा बोल्दै प्रमुख अतिथि तथा प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र र गणतन्त्रको स्थापना साथै देसको विकासमा पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे। उनले आजको डिजिटल युगमा पत्रकारिता अझ जिम्मेवार र विश्वसनीय हुनुपर्ने आवश्यकता औंल्याए।
स्व. पत्रकार गजेन्द्र भण्डारी परिवार सहित उपस्थिति रहेको आयोजित कार्यक्रममा स्व गजेन्द्र भण्डारी सुपुत्र सन्तोष भण्डारीले बुबाले पत्रकारिता क्षेत्रमा गरेको योगदानलाइ चिर स्थाइ राख्ने उदेश्य सहित पुरस्कारको स्थापना गरेको र आफू पनि सञ्चार क्षेत्रमा जोडिएको वताए।
सोही अवसरमा प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले पत्रकारिता केवल स्वतन्त्रता मात्र नभएर संयमता र उत्तरदायित्वको पनि माध्यम भएको बताउँदै पत्रकारहरू सृजनशील र निर्भिक हुनुपर्ने धारणा राखे।
नेपाल पत्रकार महासँघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले पत्रकारितालाई चौथो अङ्ग मानिए तापनि राज्यले पत्रकार तथा सञ्चारकर्मीप्रति अपेक्षित ध्यान नदिएको गुनासो गरे। कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वहरूको योगदानबारे संक्षिप्त परिचय दिँदै बधाई तथा शुभकामना दिए।
सम्मानित पत्रकारद्वय पाठक र अधिकारीले पुरस्कारले थप ऊर्जा र प्रेरणा मिलेको जनाउँदै आगामी दिनहरूमा झनै समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजित कार्यक्रममा विभिन्न सँघ सँस्था प्रतिनिधि मानवधिकारकर्मि साथै सोही पुरस्कार तथा सन्मान कार्यक्रमका पुरस्कृत पाठक र अधिकारिका परिवार समेतको उपस्थिति रहेको थियो।
कार्यक्रम महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने सचिव भूपाल गुरुङले सञ्चालन गरेका थिए।
