Friday, January 16News That Matters

पोखरामा कार्जस्पाको भव्य उद्घाटन, अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थिति

यो समाचार शेयर गर्नुहोस्

पोखरा, वैशाख — पोखरामा अन्तर्राष्ट्रिय स्तरको कार डिटेलिङ सेवा CarzSpa को भव्य शुभारम्भ गरिएको छ। उद्घाटन समारोहमा लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको आकर्षक उपस्थिति रहेको थियो। कार्यक्रममा उनले भनिन्, “CarzSpa सुन्दा नै यस्तो लाग्छ, जस्तो हामीले शरीरको सुरक्षाका लागि स्पा जाने जस्तै अब कारका लागि पनि स्पा बन्यो। मलाई नामले नै आकर्षित गर्‍यो।”

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापा प्रमुख अतिथि रहेका थिए।

CarzSpa नेपालका प्रमुख तरुण औजा तथा कम्पनीका प्रमुख अंकुर सामीले कार्यक्रमलाई सम्बोधन गर्दै CarzSpa को अन्तर्राष्ट्रिय अनुभव, गुणस्तरीय सेवा र प्रविधिप्रति प्रतिबद्धता पोखरामा पनि ल्याइएको जानकारी दिए। ”अंकुर सामीले कार्यक्रममा आफुले आफ्नो श्रीमतीको भन्दा कारको मायालाग्ने बताएका छन , सरसफाई लाइ इङ्गित गर्दै उनले कार्जस्पाको बारेमा येसो भनेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बराल, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष गोकर्ण कार्की, पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरत बहादुर अधिकारी, शसस्त्र प्रहरीका SSP सूर्य तिमिल्सिना, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

CarzSpa को तर्फबाट षष्टिका राज्य लक्ष्मी राणा, राम बस्नेत लगायत टिमको सक्रियता पनि कार्यक्रममा उल्लेखनीय देखिएको थियो।

अब CarzSpa पोखरामा आधुनिक प्रविधि, अनुभवी टिम र उत्कृष्ट सेवा सुविधासहित सेवा दिन तयार भएको घोषणा गरिएको छ।

प्रतिकृया दिनुहोस