Saturday, November 8News That Matters

नेताहरु माथि उठेको नैतिकताको प्रस्न

यो समाचार शेयर गर्नुहोस्

देसमा लोकतान्त्रिक गणतन्त्र आएको पनि यतिका बर्ष भयो। बर्षौदेखि दल र नेताहरुले बिभिन्न मौसमिवाद लिएर आउदै गरे ।

जनताका लागि  जतिपनि वाद आएपनि जनताका लागि जुनवाद आएपनि जुन वाद ल्याएपनि जनपक्षियवाद आउन सकेन।पछिल्ला केही बर्ष यता दल र नेताहरुले समाजवादको नारा लाई अगाडि सार्दै आइरहेका छन्। तर यहि समाजवाद भित्र नेताहरु माथिनै चौतर्फी नैतिकताको प्रस्न उठ्न थालेका छन्। चाहे सत्तसिन सत्तापक्ष  पाटिमा रहेका नेताहरु माथि होस्।चाहे प्रतिपक्षि पाटिका नेताहरुमा होस्, सबैमा कुनै न कुनै रुपले नैतिकताको प्रस्नहरु उठि रहेका छन्। फेरिपनि कुनैपनि दलका नेताहरुले नेपाली जनतालाइ नैतिकताको प्रस्नको जवाफ दिन तयार छैनन्। पछिल्लो समयमा त कुनैपनि दल र नेताहरुले आफू माथि उठेको नैतिकताको प्रस्नको जवाफ दिनु नेपाली जनताला दिनुपर्छ भन्ने ठानि रहेका छैनन्। आफैमाथि उठेको नैतिकताको प्रस्नको जवाफ दिन नसक्ने भएपछि नेताहरु एक आपसमा कतै विरोधमा उत्रिएको नाटक गरि रहेका छन् त कतै भित्र भित्रै सहमतिको गाठो पारि रहेका छन्।

देसमा लोकतन्त्र आएको यतिका बर्ष हुदा नेपाली जनता कति बिदेसमा त कति स्वदेसैमा पिडै पिडाले छटपटाएर रुदा समेत जनताप्रति जिम्मेवार बन्न र जनतकालागि केही गर्न कुनैपनि चासो नराख्ने नेताहरु प्रति बाट विस्तारै विश्वास गुम्न थालेको देखिन्छ। कतै यो गुम्दै गएको विश्वासको शिकार यिनै बर्षौदेखि वालुवाटार र सिहदरवारलाइ घर निवास बनाएर स्वार्थको राजनीति गरि रहेा नेताहरु हुने ता हैनन् भन्ने सङ्केतहरु देखा पर्न थालेका छन्। हिजो अरुलाइ नैतिकताको पाठ सिकाउने हरु माथि नै नैतिकताको प्रस्न उठ्न थालेपछि वानेस्वर पनि विवादै विवादको भुमरीम पर्न थालेको छ।  अरुप्रति एउटा अौला देखाउदा बाकि अौला आफैतिर फर्कि रहेका हुन्छन् भन्ने हेक्का तक नभएका नेताहरुलाइ नैतिकता भनेको कुन चरिको नाम हो भनेजस्तै भएको छ।

अरुलाइ गन्दगिले नुहाएको देख्ने ,आफुलाइ दुधले नुहाएको ठान्ने प्रवृत्ति नेताहरुमा जो देखिएको छ यसले पक्कै पनि कुनैपनि नेताहरुलाइ असल राजनितीक गन्तब्यमा पुर्याउदैन। जसले गर्दा आफ्नै मुर्खवुद्दिले नेताहरु स्वयं आफैता नर्क जालान् ,जालान्। देस र नेपाली जनतालाइ समेत अन्धकारको बाटो तर्फ लैजाने पो हुन्  कि भन्ने खतरा पछिल्ला केही बर्ष यता देखिन थालेको छ।

आजसम्म देस र जनताप्रति कुनैपनि नेता जिम्मेवार भएर अगाडि बढेको राष्ट्र हित जनहितका लागि चिन्तन मनन गरेको देखिदैन बास् कसरी अकुत सम्पति आर्जन गर्ने कसरी पाटिलाइ धनी बनाउने, कसरी चुनावका लागि अकुत पैसा थुपार्ने र अर्को चुनाव जित्ने, कसरी आफुले गरेको भ्रष्टाचार बाट मुक्त हुने, सफाइ पाउने भन्नेमा मात्रै तल्लिन देखिदै आएका छन्। पछिल्लो समयमा आएर नेताहरु बाट निस्केका अभिव्यक्ति र  वानेस्वरमा उठेका आवाजहरु सुन्दा  नेताहरुले हिजो त्यहि सँसदमा जनता माझमा बोलेको के थिए भन्ने कुरा नै बिर्सिदै गएका हुन् कि उनिहरुमा भएको स्मरण शक्तिमा ह्रास हुँदै गएको हो कि भन्ने देखिन्छ। हिजो त्यहि सँसदमा नेताहरुले घाँटी तन्काइ तन्काइ गला फुलाएर हात हल्लाइ हल्लाइ आफुले बोलेको कुरा लाइ बिर्सनु भनेकै सिधै भाषामा भन्नू पर्दा कि त नियतै खराब भन्नुपर्ने हुन्छ।

कि त स्मरण शक्ति गुमेकै हो भन्नू पर्ने हुन्छ। पछिल्लो समयमा नेपालको राजनितिक अवस्था र नेताहरुमा देखिएको प्रवृत्ति ठ्याक्कै उहीँ हरिवंश आचार्यले एउटा रोलमा पटकपटक भन्दा पनि कुन पैसा … भनेजस्तो छ। हिजो मैले के भनेको थिए आज के भन्दैछु भन्ने हेक्का तक नरहेका नभएका नेताहरुले नेपाली जनताका दुखपिडा प्रति हेक्का राख्लान् त ?अब यिनको विश्वास गरेर फेरि चौरासिमा यिनैलाइ पत्याइदिनु पर्ने हो त? फेरि अहिले आएर नेपाली जनता बिच यि र यस्ता प्रस्नहरु उठ्न थालेका छन्। चाहे त्यो जुनसुकै पाटिको नेता होस् ।चाहे देस र जनताका लागि राजनितीमै जीवन व्यतित गरेको हु भन्ने नेता ह‍ोस् चाहे हिजो राजनितीमा होमिएको नेता होस् ,उसले पनि आफुमाथि उठेको नैतिकताको प्रस्नको जवाफ दिनैपर्छ।जसले पटकपटक सत्ता स्वाद चाखेको छ ,जसले सत्ता स्वाद चाखेकै छ‌ैन भनेपनि  उसले पनि अब आफू माथि उठेको नैतिकताको प्रस्नको जवाफ नेपाली  दिनै पर्छ।

यदि नेताुले अझै पनि चेताएनन् र म म भनेर हिजो गरेका गल्तिलाइ सुधारेर आफू माथि उठेका नैतिकताको प्रस्नहरुका जवाफ नेपाली जनतालाइ दिएनन् भने ८४ चुनाव हैन कि नेताहरुका लागि चौरासि पुजा भन्नू सिवाय केही हुदैन। जब नेपालि जनताले जवाफ लिने ह‌ैन मतदान द्वारा जवाफ दिनेछन् ।तब नेताहरुले होस पाउनेछन् जब समाउने हागो न टेक्ने अखेटो भनेजस्तै अवस्था हुनेछ। 

त्यसैले भन्न नपर‍ोस् ।

उहीँ हिन्दिमा एउटा कहावत छ।

 आगे चेते चेते नहि

 पिछे चेते होते नहि माथेपे हाथ रखके रोते नहि।

प्रतिकृया दिनुहोस