Wednesday, March 11News That Matters

नेवा जागरण मञ्च कास्कीद्वारा यमरी र चटामरी तालिम सुरु, संस्कृति संरक्षणमा जोड

यो समाचार शेयर गर्नुहोस्

पोखरा महानगरपालिका–८ स्थित होटल मित्र, पृथ्वीचोकमा नेवा जागरण मञ्च कास्कीको आयोजनामा यमरी र चटामरी बनाउने तीन दिने विशेष तालिम सुरु भएको छ। तालिमको उद्घाटन वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले गरेका थिए।

उद्घाटन समारोह मञ्चका अध्यक्ष राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ सल्लाहकार उदय बहादुर अमात्य, संरक्षक राजेन्द्र साई, र विशेष अतिथि अशोक कुमार पालिखेले आ–आफ्ना विचार तथा शुभकामना व्यक्त गरे।

तालिममा यमरी तथा चटामरी जस्ता नेवा समुदायका मौलिक परिकार तयार गर्ने व्यावहारिक सीप सिकाइँदैछ। प्रशिक्षकको रूपमा मनिला ताम्रकारले सहभागीहरूलाई परिकार बनाउने व्यावसायिक तथा परम्परागत तरिका प्रस्तुत गरिरहेकी छन्। साथै, अधिवक्ता राजेन्द्रमान श्रेष्ठले यमरी र चटामरीको सांस्कृतिक, ऐतिहासिक र सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिएका छन्।

संस्कृति संरक्षण र परिकार प्रवर्द्धनमा लक्षित तालिम असार १० गतेसम्म सञ्चालन हुनेछ। तालिममा २८ जना महिला र २ जना पुरुषको सहभागिता रहेको छ। आयोजकका अनुसार सहभागीहरूले केवल खाना पकाउने सीप मात्र होइन, आफ्नो मौलिक पहिचान र परम्परा बुझ्ने अवसरसमेत पाउनेछन्।

प्रतिकृया दिनुहोस