Friday, January 16News That Matters

छोरेपाटन सडकखण्डमा टिपरको ठक्कर बाट एक महिलाको निधन

यो समाचार शेयर गर्नुहोस्

शुक्रबार -पोखरा २२ पुम्दि भुम्दि सडकखण्डमा टिपरको ठक्कर बाट एक महिलाको ज्यान गएको छ ।
पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिपरले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी अन्दाजी बर्ष ३८ कि मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखराको छोरेपाटन बाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिपरले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएको वहाँलाइ प्रहरी र स्थानियले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा) पुर्याइएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

उक्त घटना आज करिब १२ः३० बजे भएको को टिप्पर चालक पोखरा २७ दोबिल्ला बस्ने बर्ष ५१ का लक्ष वहादुर महर्जन र टिप्परलाई वप्रका बैदाम प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्की कार्यालयले जनाएको छ।
दुर्घटना भए पश्चात सोही ठाउमा केही समय सडक अबरुद्ध समेत भएको थियो ।

प्रतिकृया दिनुहोस