देसमा लोकतन्त्र आएको यतिका बर्ष हुदा अझै पनि नेपाली जनताले लोकतन्त्र ता आयो खै कहाँ कहाँ आयो भन्नू पर्ने अवस्था फेेरि पनि आएको छ।विगतका परिणामले मात्रै हैन वर्तमानमा सँसदमा राजजिनामाको माग सहित विरोध सगै माननीय ज्यु हरुका गलागाड जस्ता प्रस्न र तर्कहरु सहितका अभिव्यक्ति सँगै आर्थिक बजेट प्रस्तुत र सँसदिय परिणामले समेत आम नेपाली जनताले यस्ता प्रस्न गर्नु पर्नेअवस्था सृजना गरेको छ। सँसदमा भएको बजेट र विकासका बिषयका कुरा त नाम र वहाना मात्रै हुन्। पछिल्लो समय त झन् सँसद त कसले कसलाई सकाउने भित्तामा पुर्याउने कसले कसलाई हिलो छ्याप्ने भन्ने खालका वहस गर्ने अभिव्यक्ति दिने एकले अर्को लाई हिलो छ्याप्ने चोखिने वा चोखिने हिले थलो बनेको छ। यतिका बर्ष सँसदमा जीवन व्यतीत गरेर पनि सँसद र साँसद भनेको के हो सँसदको गरिमा भनेको के हो नबुझ्ने नेताहरूको थलो बनेको छ। सायद बर्षभरिमा देस विकास र जनताको भबिष्य बारे सँसदमा पाँच प्रतिशत मात्रै चिन्तन र बहस हुन्छ होला बाकि प्रतिशत समय त एकले अर्को लाइ हिलो छ्याप्ता छ्याप्तै खुट्टा तान्दा तान्दै आरोप लगाउदा लगाउदै गएको देखिन्छ ।
देसमा दिगो शान्ति सहितको साच्चिकै लोकतन्त्र आयो भनेर नेपाली जनताले कहिले अनुभूति गर्ने, यदि अब पनि नेताहरु सँसदमा दोहोरी र रोइलो खेल्दै जाने हो भने ,देसले दिगो शान्ति सहितको विकास कहिले पाउने। हिजो राजतन्त्र छदा भ्रष्टाचार भयो देसको धुकुटि बिदेसमा थुपारियो भन्ने आरोप लगाउदै देसमा लोकतन्त्र आउनुपर्छ,ल्याउनु पर्छ भनेका नेताहरु नै भ्रष्टाचारि कमिसनखोर नाफाखोर मात्रै हैन नेपालि जनताको नजरमा चोर सावित हुन थालेका छन्। देसमा लोकतान्त्रिक पद्दति स्थापित भएपछि असमानता भेदभाव अन्त्य हुन्छ भन्ने नेताहरु नै हिजोसम्म सारा नेपाली जनताका साझा होउ देसैभरका नेपाली जनता समान हुन् भन्ने नेताहरुनै दलालवाद ,परिवारवाद, गुटवादमा अल्झिएर जताततै आ आफ्ना कार्यकर्ता लाई ठेक्का पट्टा मिलाउने उनलाइ पाल्ने पोस्ने, सरकारका हरेक निकायमा उनलाई नियुक्ति गर्ने वरपरका लाई मात्र देख्ने नेपाली जनतालाइ देख्दै नदेख्ने,नेताहरुकै प्रवृत्तिले गर्दा देस आज यो अवस्थामा आइपुग्यो। विभिन्न वहानमा नेपाली जनतालाइ भेदभाव गरेका नेताहरुले फेरि कत्ति पनि लाजै नमानि बजेटमा समेत भेदभाव मात्र गरेनन् , अर्को नाङ्गो रुप समेत देखाए । जसले गर्दा आज सँसद जस्तो गरिमामय ठाउमा सभामुख र माननियको विवाद सार्वजनिक भयो। जसले गर्दा सिङ्गो सँसदको गरिमा माथि मात्रै आच आएन नेपाली जनताको नजरमा सँसद नै आलोचित बन्न पुग्यो । एउटै सँसद भवनको छानामुनि कोहि भुइमा बसेर विरोध गरि रहेका छन् कोहि रमिता हेरेर रमिते बनेका छन्। कोहि उठेर हात हल्लाउदै सँसदिय अभ्यास भएन भनेर सिकाउदै छन्।
तर जसले आज ती भुइमा बसेर विरोध गरि रहेका छन् उनैलाई सँसदिय मर्यादा र अभ्यास सिकाउदैछन्।
बर्षौदेखि सँसदिय अनुभव लिएका जो हिजो सँसदमा रेसलिङ खेल्ने कुर्चि सोफा भाच्ने तोडफोडमा सँगलग्न थिए।
आज तिनै नेताहरुले गृहमन्त्रीको राजिनामा सहितको विरोधलाइ ससदिय अभ्यास विपरीत भयो भन्दै,आलोचना गरि रहेका छन्।समग्रमा भन्नू पर्दा आलोचितले नै आलोचना गरि रहेका छन्। सँसदमा सँसदिय भाड भैलो यतिसम्म भएको छ कि, जो भ्रष्ट उहीँ पहिलो भन्नू पर्न अवस्था देखिएको छ।
सँयोग भनौ वा नियति भनौ जसले हिजो जुन ठाउँ बाट उभिएर अरुलाइ हिलो छ्याप्दै प्रस्नै प्रस्नको ओइरो सहित नैतिकताको पाठ पढाएका थिए ,आज उनै त्यहि नैतिकताको कठघरामा उभिन परेको छ।हिजो जसले नैतिकताको पाठ सिकाउदै प्रस्न गरेका थिए आज तिनै प्रस्न उनैतिर फर्किएका छन्। जसले भ्रष्टाचार गर्दिन भनेका थिए आज तिनैलाइ भ्रष्टाचारै भ्रष्टाचार को पर्खालले थिथि रहेको छ। त्यसैले त बुढापाकाले भन्ने गरेका रहेछन् अरुलाइ एउटा अौला तेर्स्याउदा आफुतिर तिनवटा अौला तेर्सिइ रहेका हुन्छन् । त्यतिमात्र होइन, अगाडि हेर्नू एकहात पछाडि हेर्नू बाह्रहात अगाडि हेर्नू भनेका रहेछन्।हुनपनि सँसद र सँसदको अवस्था सँग अहिले ठ्याक्कै यहि भनाइ मेल खाएको छ। पछिल्लो समय ठुला भनिएका कुनैपनि दल र नेताहरु प्रति पाटि पङ्ति कार्यकर्ता बाहेकका मतदाताको रुपमा रहेका आम नेपाली जनता रुष्ट भएका छन्। किनभने ठुला दलका ठुलानेता भनिऐका हरुले हिजो जे बोलेका थिए त्यो गर्न सकेनन्। जस्ता देखिएका थिए त्यस्ता देखिएनन्। ठ्याक्कै बुझ्ने भाषामा भन्नुपर्दा लोमडि र छेपारे प्रवृतिका देखिन थाले ।त्यसैले त नेपाली जनताले ८४ पनि पर्खन नसके जस्तो गरेर ८२ मै, हातका अौला गन्न थाले। यतिकेला देसमा सबैदल र नेताहरु बजेट बाडफाडमा व्यस्त छन् एउटै पाटिका नेतापनि एक आपसमा आरोप प्रत्यारोप सहित खुलम् खुला विवादमा उत्रिएका छन्। कसैलाई देस र जनताको चिन्ता छैन ,चिन्ता छ भने ८४ मा फेरि कसरी टिकट हात पार्ने र कसरि जित्ने भन्ने कुराको मात्रै चिन्ता छ। सँसदको अवस्था देख्दा लथालिङ्ग देसको भताभुङ्ग चाला जस जसले सक्ला उसै उसैले खाला भन्ने भनाइ सँग मेल खाए जस्तो छ। लगभग देसका धेरै नेताहरुको राजनितिक जिवनमा भ्रष्टाचारै भ्रष्टाचारको आरोपको एउटा हुण्डरि आएको यो हुण्डरिले अब कस कसलाई कहाँ कहाँ पुर्याउने हो कुनै हेर्न बाकि नै छ। जुन गोरुको सिङ छैन उहीँ गोरुको नाम तिखे भनेजस्तै , यतिबेला सँसदिय भाडभैलो भएको दिनहु देखि रहदा सँसदको अवस्था देख्दा, सँसदमा साँसदको को भाडभैलो देख्दा सँसदको भाडभैलो जो भ्रष्ट उहीँ पहिलो भन्नू पर्ने अवस्था आएको छ।
