Friday, September 11News That Matters

करीब २ लाख १३ हजार नगदसहित जुवा खेल्दै गरेका १७ जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको अपराध अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

असार २२ गते पोखरा–१० रक्षामार्गबाट जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूको साथबाट ४ बुक तास र २ लाख २२ हजार रुपैयाँ नगद बरामद गरिएको थियो।

त्यसैगरी, पोखराको रामबजारस्थित घलेचोकबाट ४ बुक तास र १ लाख ९१ हजार रुपैयाँ नगदसहित ८ जना जुवाडे पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी अविनाश दीप केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पक्राउ परेकामध्ये ६ जना महिला र ११ जना पुरुष रहेका छन्।

प्रतिकृया दिनुहोस