Tuesday, November 11News That Matters

सच्चा मार्गदर्शक महान् नेता (श्यामदाइ)

यो समाचार शेयर गर्नुहोस्

नेपालको कम्युनिस्ट इतिहासलाई फर्किएर हेर्दा २००६ शाल देखी स्थापित भएको कम्युनिस्ट पाटि आज सम्म आइपुग्दा यति फैलिएर गयो कि  धन्न धन्न कम्युनिस्टकै एकल सरकार समेत बन्यो। यतिबेला पनि काङ्ग्रेस सँग सहकार्य गर्दै बनेको कम्युनिस्ट सरकारले नै देस चलाएको छ। यहाँ सम्म कि सत्तापक्ष पनि कम्युनिस्ट प्रतिपक्ष पनि कम्युनिस्ट हुदा पनि देसले र वास्तविक विपन्न गरिव दुखि सुकुम्बासी सर्वहारावर्गले र कम्युनिस्ट पाटिप्रति विश्वाास र आस्था राख्ने आम नेपाली जनताले लोकतन्त्रको अनुभुती गर्न पाएका छैनन् ।कम्युनिस्ट का नाममा र वहानामा नेपाली जनतालाइ झुक्याएर बर्षौदेखि सत्ता राज गरेर आलिसान महलमा बस्ने कम्युनिस्ट हरुकै कारण आज पनि निष्ठावान् असल इमानदार वास्तविक कम्युनिस्ट नेताहरु ओझेलमा परिरहेका छन्।

 यहासम्म कि, असल कम्युनिस्ट खोज्न कोदोमा तोरि खोजे जस्तो हुन थालेको छ । कम्युनिस्ट पाटिमा नाममा कतै टाउको फेरेर त कतै पुच्छर झुण्ड्याएर दर्जनौ कम्युनिस्ट पाटिहरुको जन्म भएको छ। हजारौं कम्युनिस्ट नेताहरुको भिडभाड छ। हिजो आफ्नो भएको सम्पत्ति जायजेथा पनि पाटिलाइ बुझाउनु पर्छ ।तब मात्रै सच्चा कम्युनिस्ट हुन सकिन्छ सर्वहारावर्गको नेतृत्व गर्ने पाटिको सदस्य हुन पनि राजनितीको भट्टिमा खारिनु पर्छ तब मात्रै कम्युनिस्ट पाटिको सच्चा इमानदार  सदस्य बन्न सकिन्छ भन्ने नेताहरुनै आज सघिय गणतान्त्रिक देसका समाजवादका नाममा  महल मालिक भएका छन्, सुख चैन ऐस आराम स्तरीय बसाइ उच्च जिवनशैलिका साथ जीवन चलाइ रहेका नेताहरू आज कम्युनिस्ट विचार बाट विचलित हुँदै सिद्धान्त बिर्सदै कम्युनिस्टको खोल मात्र ओढेर लोमडि स्वभाव छेपारेुप ग्रहण गर्दै ,सत्ता स्वादमा रमाइ रहेका छन् भने अर्कोतिर देसमा  कम्युनिस्टका महान् नेता दर्शन ज्ञाता गुरु हरु कोहि कुनै कुनामा छन् त कोहि कुनै कुनामा अझैपनि उपचार नपाएर विस्तरामा छटपट्याइ रहेका छन् भने कति महान् नेताहरु यो धरति छाडेर गएका छन् ।जसले गर्दा असल इमानदार हुन चाहने हरुले पनि आज ती स्मृतिका पानामा सिमित नेता ती महान् नेताहरुलाइ स्मरण गर्दै लाल सलामि दिएर चित्त बुझाउन बाहेक अरु केही गर्न सकि रहेका छैनन्

हो यस्तै महान् निष्ठावान साच्चिकै भन्नू पर्दा अत्यन्तै सरल जिवनशैलि व्यतीत गरेका महान् नेता श्रीनाथ अधिकारि जसलाई कम्युनिस्टहरुले  मात्र नभइ फरक विचार राख्ने हरुले समेत वहाप्रति जुन सन्मान् र आदर गर्थ्ये, सायद वहाँ नै होला जसलाई फरक विचार राख्ने हरुले आज पनि त्यतिनै महान् बाम नेताको रुपमा स्मरण गर्छन्।  आज एउटा कम्युनिस्ट नेताले अर्को कम्युनिस्ट नेताको जरै मास्न खोज्ने एकले अर्कोलाइ गालि गलौजमै समय खर्चने कम्युनिस्ट हरुका विचमा वहाँ आज पनि असल कम्युनिस्ट मार्ग दर्सकको रुपमा असल कम्युनिस्ट हरुको हृदयमा श्याम दाइ को नामले स्थापित  वहाको छैटौ स्मृति दिवस मनाइ रहदा पनि वहाको आचरण व्यवहार मार्कस लेनिन माओका दर्सन बारे कम्युनिस्ट भनेको के हो कस्तो हुनुपर्छ भन्ने बारे वहाले दिएका ती शिक्षा लाई स्मरण गर्दै गराउदै कमसेकम एकदिन स्मृति दिवस मनाइ रहेका  छौ। कम्युनिस्ट विचार बाट विचलित भएका सिद्धान्त लाई बिर्सदै सत्ता सम्पन्नतामा रमाउदै रहेपनि  वहाका असल कार्य वहाका असल विचार वाणी र वहाको स्वभाव बारे चित्रण गरेर अझैपनि आफू आदर्सवान हुन नसकेपनि कम्युनिस्ट नेताहरुले आदर्शका कुरा गर्न  भने पाई रहेका छन्।

फेरिपनि आम बाम विचार प्रति समर्पित कम्युनिस्ट हरुका लागि आज हामी बिच नरहेपनि वहाका ति महान् विचार र सरल स्वभाव सादगि जीवन स्मरण य‍ोग्य छन् र सच्चा कम्युनिस्ट हरुका लागि श्यामदाइ एक सच्चा मार्ग दर्सक मात्र हैन युग उदाहरणिय पात्रको रुपमा अझैपनि जिवितै हुनु हुन्छ। आज कम्युनिस्ट नेताहरुले आफू कम्युनिस्ट राजनीति गर्ने सन्तति परिवार लाई कम्युनिस्टका नाममा कमाउ धन्दामा लगाउने  चुनाव आयो टिकटको लेनदेन गर्ने अकुत सम्पत्ति आर्जन गर्ने , आफन्तहरुलाइ स्वदेस देखि बिदेस सम्म स्थापित गराउने कम्युनिस्टकै नाममा वा आफ्नै माता पिता नेता भएकै भरमा सत्ता स्वार्थमा रमाउने हरुका बिचमा श्यामदाइ असल नेता हुनु हुन्थ्यो , वहाले आफू महान् असल भएको अर्को प्रमाणित सन्देस हामी बिच छाड्नु भएको रहेछ भन्ने कुरा आज वहाकै परिवार छोरा नारायण अधिकारि र बुहारि शुसिला थापा ले अझै पनि वहाको विरासत लाई धान्दै कम्युनिष्ट विचारलाइ थप उचाइमा पुर्याएका मात्रै छैनन् । श्यामदाइको चाहना वहाले देखेका सपना पुरागर्ने  प्रयासमा लागि परेका छन्। बाहिर पाटिमा मात्रै हैन परिवार भित्र वहाको स्कुलिङ् कस्तो रहेछ भन्ने कुरा आम बाम विचारक हरुका लागि पनि मुल सन्देस मात्रै भएको छैन , महान् नेता श्याम दाइ असल मार्गदर्सक भएको सत्य प्रमाणित भएको छ। हो हामी बिच वहाँ नरहेपनि सबै पाटिका कम्युनिस्ट नेताहरु एकै ठाउमा उभिएर वहाको छैटौं दिवस मनाइ रहदा फेरि एक पटक नेपालकै कम्युनिस्ट हरु एक हुनेमा विश्वास गर्ने मार्गहरु खुल्न थालेका त हैनन् ,भन्ने सङ्केत हरु छैटौ स्मृति दिवसमा देखिएका छन्। देस समय परिस्थितिले मात्रै  हैन  देसभरका बामशक्ति कम्युनिस्ट हरु एक भएको देख्ने वहाको चाहना र अधुरो सपना पूरा हुन लागेको ता हैन भन्ने सङ्केत हरु देखा पर्न थालेका छन्।

प्रतिकृया दिनुहोस