Sunday, September 13News That Matters

अखिल क्रान्तिकारी केन्द्रीय प्रदेस तहका दुई बिध्यार्थि नेता पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा


अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सँयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई कास्की प्रहरीले पक्राउ गरेको छ।पोखराको श्री छोरेपाटन माध्यमिक विद्यालयका बिध्यालय व्यवस्थापन समिति अध्यक्ष तथा एमाले नेता बद्रीनाथ पहारीलाई कालोमोसो दलेको आर‍ोपमा रास्ववियु क्रान्तिकारी का दुबै नेतालाई कास्कीको प्रहरी टोलिले शनिबार दिउसो पक्राउ गरेको छ।
यसभन्दा अघि मुख्य योजनाकार भन्दै कास्की प्रहरीले नेकपा वहुमत पोवि सदस्य तथा युवा सँगठन फ्याक्सन इञ्चार्ज सुजन विकलाइ शुक्रबार साँझ पक्राउ गरेको थियोे ।अध्यक्ष पहारिलाइ शुक्रबार बिहान कालो म‍ोसो दल्ने मुख्य य‍जनकार सहितलाइ पक्राउ गरि सकेको कास्की प्रहरीले जनाएको छ।


विद्यालयको मुख्य आयस्रोत रहेको पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्का दिने निर्णयमा हस्ताक्षर गरेकै कारण अभिभावक र विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै सँगठनले साँकेतिक कारबाही गर्नु परेको विज्ञप्ति मार्फत जानकारी गराएको थियो।

प्रतिकृया दिनुहोस