Saturday, November 8News That Matters

ववातावरण सँरक्षण अभियान सहित वाइसीएल गण्डकी प्रदेस कमिटी द्वारा आयोजित वृक्षरोपण कार्यक्रम

यो समाचार शेयर गर्नुहोस्

पोखरा

वातावरण सँरक्षण अभियान लाई थप अगाडि बढाउने उदेश्य सहित योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेशले
पोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमका बिच बृक्षारोपण गरेको छ ।

वाइसीएल गण्डकी प्रदेश अध्यक्ष थमन गुरुङका अनुसार वातावरण सँरक्षण अभियान लाई थप निरन्तरता दिने उदेश्यका साथ वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो।

वाइसीएल केन्द्रिय कमिटीको वृक्षरोपण अभियान लाई थप विस्तार गर्दै , वातावरण सँरक्षण तथा उत्पादनमूलक कार्यलाई अगाडि बढाउने सन्देश सहित विध्यालय वरपर डालेघाँस फलफूल समेत गरि १५० वटा विरुवा लगाउने उदेश्य लिएर सो कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङले वताए।
विध्यालय परिसरमा यसभन्दा पहिल्यै पनि फलफूल तरकारी लगाउनुका साथै गाई भैंसी समेत पालिएको हुदा थप सहयोग पुग्ने अपेक्षा सहित आँप अमला, लिचि ,एभोगाड लगायत फलफूल साथै सितल चिनि, कोइराला लगायत विभिन्न जातका विरुवा लगाइएको अध्यक्ष गुरुङले वताए।

आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा वृक्षारोपण गरेर मात्रै नहुने जनाउदै वेला बखत वृक्षरोपण गर्ने आयोजकले नै रेखदेख गर्नुपर्ने तर्फ जोड दिदै आगामि दिनमा लगाइएका विरुवा सँरक्षणका लागि निगरानी राख्न समेत अध्यक्ष गुरुङले अनुरोध गरे।

आयोजित वृक्षरोपण कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेस अध्यक्ष गायत्री गुरुङले वाइसीएल गण्डकी प्रदेसले गरेको सृजनात्मक तथा असल कार्यले सिङ्गो समाजमा समेत सकारात्मक सन्देश जानेमा आफू विश्वस्त रहेको जनाउदै ,लगाइएका विरुवाको सँरक्षण गरेर हुर्काउन आग्रह गरिन।
सोही अवसरमा केन्द्रीय सदस्य तथा पुर्व प्रदेस साँसद दिपक कोइराला ,केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे , लगायत पाटिका विभिन्न तहका नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।

यसो त पछिल्ला केही बर्ष यता देसैभर विभिन्न सँघ सँस्था द्वारा ठाउँ ठाउमा यस्ता वृक्षारोपण कार्यक्रम निरन्तर भइ रहेका छन्।
जसमा एकदिन वृक्षारोपण कार्यक्रमको आयोजना गरिने तर कुनैपनि रेखदेख नगर्नुले वृक्षारोपणले खासै सार्थकता पाउन सकि रहेको छैन।

प्रतिकृया दिनुहोस