Tuesday, November 11News That Matters

हाम्रो गोरखा सन्देस पत्रिका १८ वर्षमा प्रवेशगोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना

यो समाचार शेयर गर्नुहोस्

पोखरा

गोरखाबाट प्रकाशित हुने हाम्रो गोरखा सन्देश पत्रिकाले १८ वर्षमा प्रवेश गरेको अवसरमा गोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना गरेको छ। ।

आज पत्रिकाले आफ्नो १८ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
पत्रिकाका सँस्थापक सम्पादक रामबाबु ढकाललको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरले सम्बोधन गरेका थिए ।
गोरखामा पत्रकार जन्माउने सँस्थाको रुपमा रहेको
हाम्रो गोरखा सन्देश पत्रिका गोरखामा स्थापित हुन सफल भएको वताए ।

पत्रकारिता गर्न चाहने विद्यार्थीहरु पत्रकारिता पढेर पत्रकार कहिले बन्छन् भन्ने पक्का थाहा नह‍ोला।
तर हाम्रो गोरखा सन्देशले वर्षेनी नयाँ पत्रकार उत्पादन गरी बजारमा पठाएको मात्रै छैन मूलधारका मिडियामा स्थापित समेत गराउन सफल भएको थापाले बताए।

लोकतान्त्रिक आन्दोलनपछि गोरखामा पहिलो पटक दर्ता भएको पत्रिकाले गोरखाका सरकारी कार्यालयमा भएका विकृति विसँगतिका विरुद्ध डटेर लेखेको स्मरण गराउदै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले वताए।

कार्यक्रममा नेपाल पत्रकार महासँघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले हाम्रो गोरखा सन्देश सबैको अभिभावक सँस्थाको रुपमा रहेको उल्लेख गर्दै ,पत्रिकाले समाजका जायज विषयलाई अघि ल्याएर गोरखाको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान निर्माण गर्न सफल भएको बताए ।

पत्रिकाका पूर्व सम्पादक राजेन्द्र न्यौपानेले गोरखा सन्देश पत्रिकाको मुख्य उदेश्य समाजमा रहेका विकृति विँसगति र नाजायज राजनैतिक स्वार्थको अन्त्य गर्नु पर्नेमा ज‍ोड दिए। समाजमा नेता भन्ने वित्तिकै असल होला भन्ने भ्रम कायमै रहेको उल्लेख गर्दै, अहिलेको दुनियाँ मगज र सीपबाट समानान्तर चल्नुपर्ने बताए ।

पत्रिकाका सँस्थापक सम्पादक रामबाबु ढकालले हाम्रो गोरखा सन्देशले यस वर्षदेखि प्रत्येक वर्ष १० हजार रुपैयाँको गोरखा सन्देश पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
जिल्ला समन्वय समिति गोरखाको सभाहलमा भएको कार्यक्रममा गोरखाका पत्रकार, कार्यलय प्रमुख, प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

विगत १८ वर्षदेखि विकृति विसङगति तथा भ्रष्टाचार विरुद्द आवाज उठाउनुका साथै गोरखा र आसपासका क्षेत्रका विषयलाई उठान गर्दै शुसासन र विकासका अगाडि बढेको पत्रिकाले आफ्नो १८ अौ बर्ष प्रवेस को अवसरमा गोरखा पत्रकारिता पुरस्कार स्थापनाको घोषण गरेको हो।

प्रतिकृया दिनुहोस