देसमा जति दल हरुले जन्म लिदै गए ।
सबै दल देस र जनता भन्दापनि सत्ता स्वार्थमा केन्द्रित राजनीतिमा अलमलिदै गए।
देसमा पुराना ठुला भनिएका दलहरु झन् दिनप्रतिदिन भ्रष्ट वेथिति र अस्थिरताको राजनीतिका शिकार बन्दै गए। पछिल्लो समयमा जति दलहरुको उदय भयो ती दलहरु समेत भ्रष्टाचार र विवादै विवादको घेरामा पर्दै गए। जसले गर्दा देसैभर भएका दलहरुलाइ देस र जनताको भन्दा पनि आफ्नै फुस्किदै गएको लगुटि समहाल्न पनि धौ धौ हुँदै गयो । नेपाली जनताको वेहाल भो देस दिनप्रतिदिन आर्थिक ओरालो लाग्न थाल्यो उत्पादनमा ह्रास आउन थाल्यो । उध्योग धन्दा कल कारखाना शून्य अवस्थामा पुग्न थाले । स्वास्थ्य शिक्षा मात्रै हैन राजनीति समेत अब्बल व्यवसाय व्यापार बन्न थाल्यो । देस विकास गर्ने नाममा खोला नाला पहाड पखेरु प्राकृतिक सम्पदा ठेक्का पट्टामा दिने सेटिङको व्यापार हुन थाल्यो । दिनप्रतिदिन युवाशक्ति विदेस पलायन हुन बाध्य भएर खाडि तिर जान र पसिना बगाउन थाले ।
यता नेताहरू शासन सत्तामा रमाउन थाले। उनकै अम्चे चम्चे हुक्के चिलिमे अगुवा पछुवा हरु ठेक्का पट्टामा रमाउन र कमाउन थाले।लघुवित्त सहकारी रिण मिटर व्याजको पिडै पिडा र भारले सर्वसाधारण नेपाली जनताले मृत्युको बाटो समाउन बाध्य हुन थाले। राजनीतिक दल हरु दल नभएर कम्पनी प्रालि जस्ता बन्न थाले ।
नेताहरु राणा ,राजा रजौटाहरु जस्ता बन्न थाले।उनका कार्यकर्ताहरु चुनावि वगालेहरु मुखिया जिम्माल डिठ्ठा विचारि जस्ता बन्न थाले ।
जहाँ जाउ उनकै बोला बाला हुन थाल्यो ।
हिजो भ्रष्टाचारि माफिया हरुलाइ नेपाली जनताले जहाँ देख्यो त्यहि विरोध गर्थ्ये भने अहिले विरोध गर्नेहरु विभिन्न आरोपमा कष्टडिमा पुग्न थाले । हिजो भ्रष्ट विरोधी हरु देखेर भ्रष्टाचारि भाग्थ्ये अहिले भ्रष्टाचारिलाइ देखेर भ्रष्टाचार विरोधी हरु उल्टै भाग्नु पर्ने अवस्था आउन थाल्यो ।
राजनीतिक दलका नेताहरु भ्रष्ट माफियाका सँरक्षक बन्न थाले नितिगत भ्रष्टाचार हुन थाले । दलहरुमा भित्र भित्रै शासकिय राज्य आतंक फैलिन थाल्यो। दल र दलका नेता कारणयकर्ताहरु समेत भ्रष्टाचार तस्कर माफिया अपराधि पक्षधर हुन थाले । यहासम्म कि नेताहरु उनैलाई बचाउने सफाइ दिने तयारीमा लाग्न थाले
सत्ता सणवादका लागि र पदका लागि पाटि त्याग्ने पदका लागि पाटि फुट्ने टुट्ने खतरा अवस्था देखिन थाल्यो । जति धेरै दल भए त्यतिनै धेरै पाटिभित्र गुटउपगुट बन्न थाले । पाटिका शिर्ष नेताहरु हिजोको राजनीतिक वाद छाडेर आफन्तवाद परिवारवाद माफियावादमा रमाउन थाले। देसको भबिष्य अन्धकार हुन थाल्यो ,नेपाली जनता कता म नेपाली हु भन्न पनि पाइनि हो कि नहि भनेर चिन्तित हुन थाले। तर दल र नेताहरु शासन सत्ताका लागि पाटि ता के देसै फोर्न पनि पछि पर्दैनन् कि जस्तो गर्न थाले।
जताततै भ्रष्ट हरु बलिया हुन थाले, किन भने हिजो भ्रष्ट हरु थोरै थिए, भ्रष्ट विरोधी हरु धेरै थिए ।दल र दलका नेताहरुले समेत हिजो भ्रष्ट हरु लाइ साथ दिदैनथ्ये, सँरक्षण गर्दैनथ्ये, अहिले साथ दिने मात्रै हैन ,उल्टै निति नै बनाएर साथ दिन थाले। यहासम्मकि हिजो नेता मन्त्री हरु सकभर भ्रष्ट तस्कर माफिया सँग उठवस गर्न पनि डराउथ्ये अहिले खुलम् खुल्ला ठुला ठुला महल पाँचतारे होटल देखि झोपडपट्टिमा समेत उठवस गर्न थाले। राजनीति भित्र एउटा इमानदारीता हुन्छ ,तर त्यो इमानदारीता नैतिकता सबै माफियाको झोलिमा हालेर नेताहरुले राजनीति लाई लाजनिति बनाउन थाले। सरकारमा मात्रै हो र जता हेर जुन पाटिमा हेर वेथितिको राजनीति छ।कुनै दल नेताहरुको इमानदार स्थिर राजनीति छैन ।
जताततै अस्थिर राजनीति छ। जसले गर्दा देसैभर जसलाई जे मन लाग्यो त्यहि गर्ने देसको नीति, पाटिको नीति, नेतामा हुनु पर्ने आचरण ,कार्यकर्तामा हुनु पर्ने इमानदारीताको खडेरि नै परेको छ।
नेपाली जनताले आफ्नो भाग्य र भबिष्य लाई कसरी निर्धारण गर्ने स्वदेसमा रहेर के गर्ने भन्ने किसिमको कुनै निश्चित टुङ्गो छैन। स्वदेसमै केही गरि खान्छु भन्ने युवाहरु पहिला त कुनै न कुनै ठुलो पाटिकै कार्यकर्ता वा नेता हुनै पर्ने ,नत्र राज्यबाट पाउने सेवा सुविधा सहयोग बाट समेत बञ्चित हुनु पर्ने ,जुन अवस्था मौलाउदै जान थाल्यो, त्यसले देसलाइ झन खतरा र सङ्कट तर्फ डोर्याउन थाल्यो । न्यायालय स्वास्थ्य, शिक्षा , जताततै यहासम्म कि विशुद्ध टोल विकास सँस्था आमा समूह विध्यालय व्यवस्थापन समिति, वन उपभोक्त समिति, रेडक्रस ,मेलमिलाप सयन्त्र , मात्रै नभएर मन्दिरमा समेत राजनीति हुन थाल्यो त्यहा पनि विचार सिद्धान्त वाद भन्दा पनि फरकफरक राजनीतिक स्वार्थ जोडिन थाले।जसले गर्दा जताततै समग्र देसकै राजनीतिमा भ्रष्टाचार वेथिति र अस्थिरताले जरा गाड्यो। वेतिथि र अस्थिरताको राजनीति मौलाएर फेवाको जलकुम्भि झार जस्तै मौलाउन थाल्यो । जसलाइ न त मेसिनले, न त मानिसले पन्छाएर पन्छिने अवस्था छ। तर एकदिन पन्छाउनै पर्छ त्यसलाई पन्छाउन अरु कुनैपनि शक्तिले सक्दैन एउटा शक्ति छ त्यो हो जनशक्ति त्यो जनशक्ति कि त सडकमा उदय हुनु पर्यो कि त जनताको जनमत द्वारा यस्तो भ्रष्ट ,वेथिति र अस्थिर राजनीति लाई विलय गराउन सक्नु पर्यो।
त्यसैले त पछिल्लो समयमा त व्यवस्था माथि समेत प्रस्न वाचक चिन्ह लाग्न थाल्यो नेताहरुको नैतिकता माथि दाग लाग्न थाल्यो त्यसैले त भन्नै पर्ने हुन्छ।
यो सब हुनुको कारण देसमा यस्तो अवस्था आउनुको कारण अरु केही नभएर भ्रष्ट नेता वेथिति र अस्थिरताको राजनिती नै हो।
