गाइजात्रा बिशेषाङ्क ब्यङ्गवाण। राजतन्त्र गयो गणतन्त्र आयो ,भन्नै पर्छ प्रस्न गर्नै पर्छ। सहिद घाइते वेपत्ता परिवार सर्वहारा सर्वसाधारण नेपाली जनताले के पायो ।राजतन्त्र भित्ता लायौ ,गणतन्त्रका नाममा भ्रष्ट दलाल माफियाले सत्ता पायौ। खानुसम्म खायौं ,युवा जतिलाइ बिदेस पठायौ, उध्योग कलकारखाना बेचि खायौ, जनतालाई झुक्कयाउनु सम्म झुक्क्यायौ, गणतन्त्रका नाममा जनतालाइ सपना बाड्यौ, पाटिको नीति सिद्धान्त छाड्यौ ,जनताले के पाए, जे पाउने नेताले पायौ, नेता मन्त्री कर्मचारी मिलेर घुस कमिसन खायौ, जनताले दुख सास्ती पाए।। पालैपालो सत्तामा गयौं ,सरकार चलायौ जनताको मनमा आगो जलायौ । कहिले भाले काङ्ग्रेस बन्यौ, कहिले कम्युनिस्ट बन्यौ भाले,तिम्लाइ हजुरबाले मात्रै कहाँ हो र ,भोट हाले बाले ,आज आएर तिमी सत्तामा पुगेर नि ,हजुरबा बा मात्रै कहाँ हो र, छोरा नाति समेत कोहि बिदेसा त कोहि स्वदेसमै अलपत्र पर्न थाले ,त्यति मात्रै कहाँ हो र बचाउ बचाउ भन्दै राजधानीमै जनता अलपत्र परेर मर्न थाले । टोल टोल सहकारी घर घर भकारि भन्यौ, सहकारी चलाउने पनि काङ्ग्रेस कम्युनिस्ट बन्यौ। सत्तामा पुगे चुपचाप चाराना, बोलेदेखि आठाआना भनेझै गरि एकै ढिक्का बन्यौ, यसो सत्ता बाहिर भयो कि त, एकले अर्काको खन्नु सम्म खोइरो खन्यौ ।सर परे लोकतन्त्र वादि बन्यौ सर नपरे प्रतिगमन भन्यौ । खानेबेला सप्पै मिलेर च्वाचेका झै खायौ ।खाइ सकेपछि एकले आर्कोलाइ दोष आरोप लायौ। ए नेता लौन भनत,कहिले काङ्ग्रेस कम्युनिस्ट को हो चिन्नै नसकिने बन्चौ। अनि यसो खान नपाए बाम एकता हुनु पर्च भन्चौ ,कोहिले विपि पुष्पलालको नाम वेचेर खान्चौ, कोहि मदन माओको विचार बेचि खान्छौ यसो सरकार ढाल्न बचाउन परे भारत चाइनातिर जान्चौ। सरकार मा जान पाए ,को काङ्ग्रेस को कम्युनिस्ट सबै कुरा बिर्सन्चौ। लाज नभाका एनेता भ्रष्टाचारिलाइ बचाउन गर्छौ तिमी सब एकता, यस्तै गर्दै गयौं भने चौरासिमा तिमी लेखेर दिन्छौ, हुन्छौ है वेपत्ता ,हिजो बर्षमा एक पटक हुन्थ्यो गाइजात्रा ,अहिले हेरत गाइजात्रा मात्रै कहाँ हो र, जताततै भ्रष्टै भ्रष्ट हरुले नै देखाइ रहेछौ जात्रैजात्रा , देखाउन नि कति जात्रा देखाउछौ ,यस्तै गर्दै गयो भने नेपाललाइ भ्रष्टाचार को १ नम्बरमा गिनिजकुकमा लेखाउछौ। यसो कतै जान परे जनताकै बाटो छेक्छौ भनत ए नेता तिम्ले जनताका दुख कहिले देख्छौ ।चुनावताका जनताको घर घरमा घुँडो मुन्टो जोत्दै भोट माग्यौ ,अहिले भने ए वैमान नेता जनता बाट टाढा टाढा भाग्यौ । जनताको घर घरमा भन अब कहिले तिमी आउचौ, यस्तै गर्यौ भने चौरासीमा भोटको के कुरा गर्नु जुत्ता चप्पल पाउचौ। हिजो भने राजपरिवारको सम्पत्ति बाड्नु पर्छ भनेउ । अहिले भने भ्रष्टाचार गरि गरि बिदेसमा अकुत सम्पति जम्मा गरि शासक र महलवासि बन्यौ। देसै भरि मात्रै कहाँ हो र, बिदेस सम्म ,जता जाउ तिम्रै झोले झाम्टे अनि टोले, लगि थुन्छौ यसो तिम्रो विरोधमा बोले, भन्ने बेला देस र जनताकै लागि जीवन भन्दै भाषण अर्छौ, यसो मौका पायौं कि त,जनता सँग कहाँ हो र,पाटिकै नेता कार्यकर्ता तस्कर माफिया सगै साठगाठ मात्रै गर्छौ । हिजो चप्पल पड्काउदै सहर तिर पस्यौ । सहरतिर पसेपछि सर्वहारा जनताका नाममा दरवारतिर पस्यौ ।अहिले गणतन्त्र आएपछि ब्वासा जस्ता बनी महलमा बस्यौ। भन त ए नेता जनताको खुन पसिनामा कहिले सम्म तिमी रमाउछौ। सिहदरवार छिरि छिरि ठेक्का पट्टा कमिसनका लागि तस्कर माफियाको लगुटि कहिले सम्म समाउछौ,। यसरी देस र जनताकै नाम बेचि कति कहिले सम्म कमाउछौ। सत्तामा रहिन्जेल लुड्याउन सम्म लुड्याउछौ। सत्ता बाहिर हुने वित्तिकै जनताकै बिचमा फेरि लाजै नमानि आउछौ, नेपाली जनताले पाउनु सम्म दुख पायौ, यी काङ्ग्रेस कम्युनिस्ट भन्ने नेताहरु बाट खानु सम्म धोका खायौं । दसकौ भयो लाउनु सम्म यिनकै पछि लायौ। हिजो कसले सोचेथ्यो र यस्ता आउदा रैछन् दिन नि,अहिले ता अचम्मै सारै गाह्रो भो काङ्ग्रेस कम्युनिस्ट लाई कसरी हो चिन्नि, हामि जनता नै मूर्ख रहेछौ यस्तो यो हविगत हुदा पनि यिनकै पछि हिड्नि,। कोहि भन्छन् राजतन्त्र, गणतन्त्र विरोधको नाटक गर्दै गणतन्त्रमा पनि मन्त्री बन्छन् ,अहिले फेरि लाजै नमानि राजतन्त्र ल्याउछौ मात्रै कहाँ हो र ल्याएरै छाड्छौ भन्छन्। यहि गणतन्त्र ल्याउनकै लागि, कति सहिद भए यहाँ, कति भए घाइते वेपत्ता, लाजै नभाका यी नेताले सब बिर्सदा रैछन् पाए सत्ता ,सत्ता बाहिर हुने वित्तिकै भन्न थाल्ने अब हुनु पर्छ बाम एकता । अहिलेपनि खादैछौ नेता विपि मदन पुष्पलालको ब्याज अझैपनि मुन्टो ठड्याउछौ नमानेर लाज, वालुवाटार सिहदरवारको राज मात्रै कहाँ हो र गर्नु सम्म गर्यौ भ्रष्टाचार , डाडु पन्यु हातमा छ भन्दैमा मनपरि गर्यौ अत्याचार यस्तै गर्दै गयौ भने चौरासीमा जनताले सडकमा ल्याइ पार्छन् लछार् पछार, कोहि गर्छौ, भ्रष्टाचार लाजै नमानि पस्छौ सिहदरवार, यता भने सहकारी पिडित जनता भैरहेछन् वेघरवार। भन त ए नेता जनताको कहिले तिम्ले सुन्छौ । भ्रष्टाचारको विरोध गरे लगि फेरि थुन्छौ। भन्ने बेला विश्वकै उच्च लोकतान्त्रिक देस यस्तो देसै रित्याउने ,भ्रष्ट लाई बचाउने लोकतन्त्र नभएकै बेस। जनतालाई झुक्याउदा झुक्याउदै तिम्रा फुलिसके केस। कसैका किड्नि फेल कसैले चुहाउदै बस्छौ र्याल ,जनताले तिमिलाइ सिह बाघ हैन ठान्न थाले ब्वासा अनि श्याल, कोहि हिड्छौ भाषण गर्दै दिन भरि बेल्का पिउछौ बिदेसि रक्सि टन्न , हैन तिमिलाइ लाज लाग्दैन क्या हो ,जनताको वेहाल देख्ता खान्न किन मन खन्न, कहिले गर्छौ गुटबन्दी ,कहिले पाटि फोर्छौ। यसो भनेजस्तो भएन कि ,एक अर्काको गाड कोर्छौ। किन सोच्दैनौ एकदिन सबले धर्ति छाडि जानू पर्छ हामि पनि मोर्छौ। धन सम्पत्ति त्यस्तै रैछ ,अब देस बनाउ, ए नेता यतिसारो जनता बिच नगनाउ। के नै छ र लानु धर्ति छाड्दा ,चार जनाले मात्रै बोकि फाल्न नपरोस्, त्यसैले पिर्का चढि चढि सलामि मात्रै नखाउ हजारौं मलामि बनाउ।
प्रतिकृया दिनुहोस
