Saturday, March 14News That Matters

नेपालको राजनीतिक खेल, इञ्जिन विनाको रेल

यो समाचार शेयर गर्नुहोस्

हरेक नेपलिले यदि गम्भीर भएर सोच्ने हो र नेताहरूले पनि इमानदारिताका साथ साच्चिकै भन्ने हो भने नेपालको राजनीतिक खेल इञ्जिन विनाको रेल भने जस्तो भएको छ।किन भने नेपालमा यतिका धेरै पाटि भए कि कुन पाटि कतिखेर कहाँ कुन पाटि सँग जोडिन्छन् तल भएका कार्यकर्ताले समेत चाल पाउदैनन्। अघिल्लो दिन सम्म विचार सिद्धान्त नमिलेका हरु पनि एक हुनु पर्छ कहिले एउटै पाटि विचार सिद्धान्त भएर पनि फरकफरक भएर हिड्नु पर्ने अवस्था आउँछ यी र यस्ता अवस्था आउनुको कारण अरु कोहि नभएर सत्ता स्वार्थमा लिप्त नेता हरु नै हुन् भन्दा फरक नपर्ला। हरेक पाटिका कार्यकर्ताको जसरी रेलमा एक डिब्बा अर्को डिब्बाका जोडिन्छ र अर्को गन्तब्यमा पुर्याइन्छ ठिक त्यहि हालत भएको छ ।नेपालको राजनिती खेल कतिखेर कहाको कुन बिन्दु तिर प्रस्थान गर्छ  भनेजस्तो गरि  नेताले नेपालका कुनैपनि पाटिका शिर्ष नेताले आफ्नो पाटिलाइ रेलको डब्बा जोडे जस्तो गरि कुन बेला कहाको प्रस्थान बिन्दु तिर  लैजान्छन् र अन्य नेता कार्यकर्ता त्यहि रेल डिब्बाका यात्रु जस्तै गरि राजनीतिक यात्रा गर्न बाध्य हुन्छन्।त्यसपछि कताको कुन हवा र लहर चल्छ त्यतै  हामि आम सर्वसाधारण जनता पनि लाग्न बाध्य भइ रहेका हुन्छौ।।

यहाँ यसो किन भन्न खोजिएको हो भने नेपालमा पछिल्ला केही बर्ष यता पाटि विचार सिद्धान्त वाद भन्दा पनि फरक अझ साच्चि भन्नू पर्दा ,  विपिपथ ,मदनपथ, ओलिपथ, देउवापथ , प्रचण्डपथ ,रविपथ ,राजपथ, हुँदै देसको राजनीति अगाडि बढि रहेको अवस्थामा देख्दा दल र नेताहरु  पछिल्लो समय त कतै अन्तर्राष्ट्रिय पथमा लागेका त हैनन् भनेजस्तो अवस्था  देखिन थालेको छ। नेपाली जनता मात्रै हैन लगभग सबै दलका नेता कार्यकर्ता समेत उहीँ आफू चढेको आफुले यात्रा गरि रहेको रेल कतिखेर कुन डिब्बा कुन पथमा जोडिने हो र त्यसैमा त्यतै यात्रा गर्न बाध्य हुनु पर्ने हो थाहै नपाइ यात्रा गर्न पर्ने अवस्थामा छन्। हिजो आफ्नो पाटि र सिद्दान्त विपरीत कत्ति पनि नडगमगाइ कत्तिपनि बिचलित नभइ राजनीतिमा लाग्न प्रेरणा दिने अरुलाइ उपदेस दिने राजनीतिक प्रशिक्षण दिने नेताहरुनै फरकफरक पाटि सँग कहिले गठबन्धन त कहिले चुनावि तालमेलका नाममा फरक पाटिको चुनाव चिन्हमा मतदान गर्न लगाउने जुन काम गर्न थाले तब आम नेपाली जनता मात्रै हैन आम नेता तथा कार्यकर्ता समेत बिचलित मात्रै हैन आफ्नै पाटि र नेताप्रति विश्वास गर्न नसक्ने अवस्थामा पुगे। त्यसैले त  एउटा पाटिका असल इमानदार कार्यकर्ता किन अर्को पाटिको चुनाव चिन्हमा भोट हाल्ने भन्ने त ,कतै असल इमानदार कार्यकर्ता  हरु किन अर्को पाटिलाइ समर्थन गरेर  चुनाव चिन्हमा भोट हाल्ने भनेर भित्र भित्रै मन नमिठो बनाउदै भोट हालेका हिजोका अवस्था हरु अझैपनि ताजै छन्। कहिले एक पाटिका कार्यकर्ता लडाभाति हुने कहिले राजनिती साथि हुने अवस्था आउने तर तलबाट हैन उहीँ माथि बाट शिर्ष नेता हरुले उहीँ रेलको डब्बा जोडे जस्तो गरि पाटि जोड्ने र वास्तविक राजनीतिक पथलाइ बिर्सिएर सत्ता स्वार्थ पथमा लागेकै कारण हरेक पाटिका हरेक नेता कार्यकर्ताले यो नियति भोग्न बाध्य थिए।

तर पछिल्लो समयमा दल र नेताहरू हिजो आफैले गरेका गल्ति कै कारण कार्यकर्ता मात्रै हैन आम नेपाली जनता बाट समेत आलोचित भइ रहेका छन्।

देसमा यतिबेलाको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हरेक दल र विभिन्न पक्षहरु कतै चुनावमा होमिएका छन् भने कतै चुनाव धोका हो भनी रहेका छन्। कतिपय दल र नेताहरुका लागि यो चुनाव अस्तित्वको लडाइ जस्तो भएको छ,भने कतिपयका लागि स्थापित हुने अवसरको रुपमा रहेको छ। एकातिर जेनजि आन्दोलन किन भएको थियोे के का लागि भएको थियोे भन्ने प्रस्न उठिरहेको छ भने ,अर्कोतिर  देसैभर विभिन्न क्षेत्रमा रहेका हरुका लागि यो चुनाव  नेता बन्ने अवसर  बनेको छ। राजनीति भद्दा मजाक बनेको छ। हिजो हरेक पाटिका कार्यकर्ताले जस्तै जेनजि शक्तिले समेत त्यहि पुरानै हिजो जस्तै नेपालको राजनीतिक खेल इन्जिन विनाको रेलका डिब्बा जस्तै जेनजि शक्ति समेत विभिन्न समुहमा रुपान्तरण र बिभाजन भइ कोहि कतै कोहि कतै ज‍‍ोडिन पुगेको अवस्था छ। त्यसैले नेपालको राजनीतिक खेल लाई इन्जिन विनाको रेल भन्नु पर्ने अवस्था देखिएको छ।

सिङ्गो देसलइ मात्रै नभएर सरकारलाई अपदस्त गरेको शक्ति नेपालमा मात्रै नभएर विश्वमै एउटा ठुलो ऐतिहासिक हलचल ल्याएको जेनजि शक्ति लाई समेत कुन शक्तिले यसरी बिभाजनमा ल्यायो बुझि नसक्नु छ।

यतिबेला पनि हिज‍ोको जेनजि शक्तिले समेत विभिन्न दलहरुको नाममा जोडिएर हिड्नु को विकल्पै नभएको जस्तो नियति भोग्नु परि रहेकोछ। नेताहरू हरुको नियत के हो उनिहरुको जिवनशैलि र प्रवृति कस्तो थियो भन्ने कुरा जान्दा जान्दै पनि यतिबेला फेरि हरेक पाटिका कार्यकर्ता मात्रै नभएर जेनजि शक्ती समेतले रेलको डब्बा जस्तो नियति भोग्नु परेको छ। अनि नेपालका दल र नेताहरुले आ आफ्नो पाटिको सिद्दान्त विचार एजेन्डा लाई विसर्जन गर्दै सत्ता स्वार्थका लागि जे पनि जस्तो पनि गर्ने प्रवृत्तिले गर्दा इन्जिन विनाका रेल भएका छन् भने , हरेक दलका नेता कार्यकर्ता रेलको डिब्बा जस्तो अवस्था बाट अगाडि बढ्न बाध्य भएका  छन्। अब कुनै पनि दल हरुमा विचार सिद्धान्त नहुनु भनेको इन्जिन विनाको रेल जस्तो हुनु हो भने बेलुका सम्म एउटा पाटिको नेता कार्यकर्ता, एउटा पाटिलाइ समर्थन गर्ने जनताले बिहान उठ्दा अर्को पाटिको हुनु पर्ने अर्को पाटिको चुनाव चिन्हमा भोट हाल्नु पर्ने अवस्था आउनु भनेको पनि रेलको डिब्बा जस्तो बन्नु बाहेक के नै रह्यो र । यदि यस्तै अस्था रहि रहने दल र नेताहरु बर्षौ देखिको पाटिको विचार सिद्धान्त एजेन्डा  लाई बिर्सदै आफ्नो र पाटिक‍ो अस्तित्व लाई मेटाउदै  सत्ता स्वार्थमा रमाइ रहने हो भने बेलुका सुतेका हामी नेपाली जनताले बिहान अर्कै देसको नागरिक  हुनु पर्ने अवस्था नआउला भन्न सकिदैन त्यसैले अबका दिनमा कुनैपनि दल र नेताहरुमा सत्ता स्वार्थका लागि जेपनि गर्ने प्रवृतिको अन्त्य ह‍ोस्।दल र नेताहरु इन्जिन विनाका रेल जस्ता नबनुन् ।देसकै ठुलो जेनजि शक्ति र दलका नेता कार्यकर्ता इन्जिन विनाका रेलको डब्बा जस्तो बन्नु नपरोस् सबैमा चेतना जागोस्।

प्रतिकृया दिनुहोस