देसमा पटकपटक व्यवस्था परिवर्तन भएसगै सुकुम्बासिको सख्या दिनहु बढ्दै जान थालेको बर्षौ भइ सक्यो। तर न त सुकुम्बासी समस्या हल हुन्छ ,न त सुकुम्बासी को सख्या घटेर जान्छ।झन् राजधानी लगायत देसका विभिन्न सहरमा दिनप्रतिदिन सुकुम्बासीको सख्या बढेर गैरहेको देखिन्छ ।
गाउँ वस्ति खालि हुँदै जाने सहरमा भएका नदिनाला भिरपाखा खोल्साखोल्सि मात्र नभएर ठुला ठुला मैदान सरकारि सार्वजनिक जग्गा मात्र नभएर कतिपय ठाउका त ब्यक्तिको लाल पुर्जा भएको जग्गा समेत राजनीतिक शक्ति र पौचका भरमा अतिक्रमण गरेर बस्ने परम्परा नै बस्न थाल्यो । विभिन्न राजनीतिक दलका नेताहरुले मात्र भोट बैक बनाउनका लागि सुकुम्बासी वस्ति बसाल्ने जुन स्वार्थको राजनीति जब हुन थाल्यो, तब सुकुम्बासी समस्या दिनप्रतिदिन झन् बल्झिदै जान थाल्यो । राजनीतिक दलहरु सत्तामा हुदा तैचुप मैचुप गर्ने ,सत्ता बाहिर हुदा भने सुकुम्बासी समस्या लाई मुख्य मुद्दा बनाएर उफ्रिने प्रवृत्ति जब नेताहरुमा बढ्न थाल्यो ,तब सुकुम्बासी समस्याले दिर्घ रुप लिन थाल्यो। दल र नेताहरुमा जहापायो त्यहि सुकुम्वासि बसाउने प्रवृत्ति बढ्दै जान थाल्यो, जसले गर्दा सुकुम्बासी वस्तिमा कहिले बाढि आउने कहिले पहिरो आउने र ठुलो जनधनको क्षति ब्यहोर्नु पर्ने अवस्था आयो । देसले कहिले सम्म जनधनको क्षति ब्यहोर्नु पर्ने , कहिले सम्म सुकुम्बासीको समस्या लाई यसरी थाति राख्दै जाने भन्ने प्रस्नहरुले जन्म लिइ रहदा, वर्तमान बालेन सरकारले सुकुम्बासी समस्या हल गर्न नया बाटो अङ्गिकार गर्न थालेको हो कि, भन्ने सङ्केत हरु देखिन थालेका छन्। जसमा बालेन सरकारले सुचना जारि गर्दै राजधानी लगायत देसका विभिन्न सहरमा डोजर चलाउन थाल्यो। तब डोजरमा छाति थाप्न तयार छौ भन्ने हरु देखिन थाले तब बालेन सरकारले वास्तविक सुकुम्बासी पहिचान गरि सुकुम्बासी समस्या हल गर्ने घोषणा गरे लगत्तै कतिपय सुकुम्बासीले आ आफ्नो घर आफै भत्काउन थाले त कतिपय सुकुम्बासीका नाममा सहरका विभिन्न ठाउमा सुकुम्बासी बनेर राज गरेका हुकुमवासि हरु छटपटाउन थाले।
वास्तवमा भन्ने नै हो भने, गहिरिएर बुझ्ने हो भने, वास्तविक र न्यायपुर्ण निष्पक्ष छानबिन गर्ने हो भने, नेपालमा वास्तविक सुकुम्बासीको सख्या अत्यन्तै न्यून छ। तर ४६ पछि नेपालमा राजनीतिक स्वार्थकै कारण जसरी सुकुम्बासी भन्ने यो शब्दले जुन स्थान पायो ,यसले नेपालमा सुकुम्बासीको सख्या ह्वात्तै बढाइ दियो । त्यति मात्र नभएर १० बर्षे जनयुद्द सँगै ६२/६३ को जनआन्दोलन पछि देसैभर नेपाली जनतामा सहर केन्द्रित मानसिकता जुन बस्यो, त्यसले गर्दा गाउका जग्गा जमिन कतिपयले बेच्दै त कतिपयले बाझै छाडेर शहरका मुख्य मुख्य चोक मात्रै नभएर नदिनाला भिर पाखा कुनाकाप्चा समेत भरिदै जान थाले। जसले गर्दा सहर को स्वरुप कुरुप बन्दै जान थाल्यो । त्यहि मौकामा, मौकामा चौका भनेझै गरि विभिन्न राजनीतिक दलका नेताहरु र राजनीतिको खोल ओढेका हुकुम्वासि हरु बाट समेत सुकुम्बासीका नाममा ठाउँ ठाउमा सुकुम्बासी वस्ति बनाउदै सुकुम्बासी वस्तिमा राज गर्ने काम हुन थाले। एउटै ब्यक्तिका ठाउँ ठाउमा सुकुम्बासीका नाममा घर बिल्डिङ बन्न थाले, एउटै ब्यक्तिले ठाउँ ठाउमा सुकुम्बासीका नाममा कच्चि पक्कि घर बनाउदै भाडा उठाउने बेचविखन गर्ने, एक ठाउको जग्गा बेचेर अर्को ठाउमा फेरि सुकुम्वासि बनेर जग्गा हडप्ने ,त्रिपल टिन लगाएर छाप्रो हाल्ने भित्र भित्रै गाह्रो चिनेर घर बनाउने बेच्ने काम जताततै हुन थाल्यो । जसले गर्दा वास्तविक सुकुम्बासीले आजसम्म पनि दुख सास्ती पीडा भोग्नु पर्यो झन् यतिबेला त सुकुम्बासी वस्ति भत्काए पछि सुकुम्बासीका नाममा राज गरेका हुकुमवासिलाइ खासै असर परेन तर वास्तविक सुकुम्बासी लाई भने हास्नु न रुनु। मर्नु न बाच्नु भएको छ।
त्यसैले बालेन सरकारले देसैभर राजनीतिक पहुच र शक्तिका भरमा विभिन्न धार्मिक सामाजिक अौध्योगिक लगायत विभिन्न नाममा र वहानामा सँघ सँस्था सँगठनका नाममा सरकारि सार्वजनिक जग्गा हड्पिएर अतिक्रमण गरेर बस्ने अनि ठुला ठुला महल बनाएर भाडा उठाउने जो कोहिलाइ पनि सरकारि सार्वजनिक जग्गा खालि गर्न जुन निर्देसन जारि गरेको छ। यो निर्देशन सगै विभिन्न स्वार्थमा जेलिदै राजनीति र समाजसेवा गर्ने वहानावाजि गर्दै आएका हरु भने पुरै छटपटाउन थालेका छन्, भने निस्वार्थ निष्ठाको राजनीति गर्ने र समाजसेवामा समर्पित हुने हरु भने राज्यको सम्पत्ति राज्यमै फिर्ता जाने देखेर खुसि ब्यक्त गर्न थालेका छन्।
त्यसैले देसमा बालेन सरकार आएपछि एउटा शुभ छनक देखिएको छ।यहाँ वास्तविक सुकुम्बासीले ४ आनाको टुक्रा पाउन पुस्ता विताए पनि आजसम्म त्यहि जग्गा आफ्नो बनाउन लाइ कुन पाटिलाइ भोट दिदा सानो प्रमाण पुर्जा पाइन्छ भन्ने आसै आसमा पर्दा र आस भरोषा विश्वास गर्दा गर्दै, त्यसैलाई भोट दिदा दिदै आश्वासनको भर पर्दा पर्दै साढे तिन दसक विति सक्दा हजुरबुबा सुकुम्बासी भएर बसेको ठाउमा नाति जन्मिएर जेनजि भइ सक्दा पनि प्रमाण पुर्जा नपाएका सुकुम्बासी हरुमा यतिबेला भने अब पुर्जा पाउछौ कि, सरकारले गाँस बास कपास स्वास्थ शिक्षा रोजगारको ग्यारेन्टी गर्छ कि, भन्ने झिनो आसा पलाएको छ।
अब पक्कै पनि बालेन सरकारले सत्य तथ्य छानबिन गरि सुकुम्बासीका नाममा राजनीति गर्दै सुकुम्बासीका नाममा सुकुम्बासी बनेर सुकुम्बासी वस्तिमा राज गर्दै र तीन दसक देखि सुकुम्बासी लाई सुकुम्बासी (सुकुवा )बनाउदै सुकुम्बासी वस्तिमा राज गर्दै आएका हुकुमवासि (हुकुवा) हरुलाइ पक्कै पहिचान गरि तिनलाई सदाका लागि पन्छाउदै वास्तविक सुकुम्वासि लाई मैले न्याय अधिकार प्राप्त गरेको मेरो देस भनेर गर्वका साथ भन्न सक्ने अवस्था स्थापित गर्न सकोस् , राजनीति गर्ने नाममा सुकुम्बासीका वहानामा हुकुम्वासिहरुले सुकुम्बासी वस्तिमा जसरी राज गरेर हैकमवाद चलाउदै आइरहेका थिए। ति हुकुम्वासिको अन्त्य होस्। अबका दिनमा सुकुम्बासीका नाममा हुकुम्वासिको राज … लाइ भन्दा देख्नेलाइ लाज भनेजस्तो नहोस्।
प्रतिकृया दिनुहोस
