कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान प्रदान गरियो नेपाल पत्रकार महासंघ कास्कीले कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान पुरस्कार पत्रकारहरु कृष्ण बास्तोला, सुरेश आचार्य र माधव शर्मालाई अर्पण गरेको छ । सुर्य प्रेम बहुउदेश्यीय समाज सेवा ट्रस्टद्धारा स्थापित उक्त सम्मान एकै पटक तीन पत्रकारलाई प्रदान गरिएको हो । उक्त सम्मान प्रदान पश्चात बोल्दै नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई जिम्मेवार पत्रकारहरुको खाँचो भएको बताए । उनले देश र पत्रकारिता क्षेत्र सुधारको बाटोतर्फ हिडिरहेको सुनाए ।

‘अंग्रेजीमा एउटा भनाई छ ब्याड न्युज इज गुड न्युज । मिडिलाई जति ब्याड भयो त्यहि राम्रो समाचार बन्छ । मेले सबै खराब लेख्नुपर्छ भनेको होइन्’ देउवाले भने, ‘म धेरै बोल्नु पर्दैन अहिले देश र पत्रकारिता सुधारको मार्गमा हिडिरहेको छ । देशलाई रचनात्मक पत्रकारिताको आवश्यकता छ, जिम्मेवार पत्रकारको खाचोँ छ ।’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मिडिया विधेयकको बारेमा प्रदेश सरकार सकरात्मक रहेको र अधिवेशनमा प्रस्तुत भइसकेको सुनाए । उनले सोसल मिडिया र मिडिया एकै नभएको कुरा आफुहरुले बुझेपनि जनताले नबुझेको र जनतालाई बुझाउने काम पत्रकारिताकै रहेको बताए । ‘मलाई चित्त बुझ्दो कुरा एउटा लाग्यो । सामाजिक सञ्जा र प्रेस फरक हो भन्ने कुरा यो हामीले त बुझेका छौं तर जनतालाई बुझाउने कुन जगत हो ? त्यसैले तपाईँहरु पनि सजक हुनुस् ।’ सोही क्रममा उनले आफुले बारम्बार एकै कुरा दोहो¥याउने गरेको सुनाउँदै पत्रकारिताको नाममा व्यक्तिकारिता भएको गुनासो पोखे । एकै व्यक्तिको विषयमा समाचार आउँदा एउटामा गलत र अर्कोमा सकरात्मक आउँदा समग्र पत्रकारितामा छाडातन्त्र हाबि भएको उनको भनाई थियो । सञ्चार क्षेत्र स्वतन्त्र छाड्नुपर्ने भएतापनि छाडातन्त्र रोक्नका लागि नियमनको खाँचो रहेको मुख्यमन्त्री पाण्डेले बताए । पत्रकारहरु समेत फेक र छाडापन रोक्न अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।
गण्डक प्रदेशका सामाजिक विकासमन्त्री सुशिला सिम्खडाले सञ्चार ऐनलाई रोक्ने प्रयास भइरहेको र यो गलत कार्य भएको सुनाइन् । उनले पत्रकारिता क्षेत्र चुनौतिको क्षेत्र भएकाले ठूलो भाषण गर्दैमा देशमा संवृद्धि नआउने तर सञ्चार विधेयक आएमा संवृद्धि आउने उनले बताइन् । व्यवसायी तथा पुरस्कारदाता किरण केसीले व्यावसायीका साथै सामाजिक उत्तरदायित्व बहन गर्नुमा निकै आनन्द रहेको सुनाए । स्व. सुर्यबहादुर केसीले आफुहरुलाई आर्थिक कमाईमात्र गर्न नसिकाई सामाजिक कार्यगर्नमा समेत प्ररित गरेको सुनाउँदै एकैपटक अग्रज पत्रकारहरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताए । नेपाल पत्रकार महासंघ पुर्व अध्यक्ष तथा सम्मानित पत्रकार सुरेश आचार्यले पछिल्लो समय सोसल मिडिया हेरेर मिडिया मापन गर्ने परम्पराको विकास हुँदा थप चुनौति थपिएको बताए । राज्यले नै लोकतन्त्र विरोध भएको उनको आरोप छ । उनले राज्यले सञ्चार विधेयकलाई पारित गराउनै नखोजि राज्य नियन्त्रत संचार संचालन गरिरहेको बताए । राज्य नियन्त्रित संचार अवधारणबाट मुक्त हुन नसक्नु र निर्देशिकाको भरमा सञ्चार सञ्चालन हुँदै आइरहेको सुनाए । अर्का सम्मानित व्यक्ति कृष्ण बास्तोलाले देश लोकतन्त्रको विधिको शासनमा नचलेको बताए । उनले नेतासँगै सञ्चार जगत समेत विधिको शासनमा नचलेको सुनाए । अर्का सम्मानित पत्रकार माधव शर्माले शेरबहादुर देउवालाई राष्ट्रको नेता बन्न आग्रह गरे । कार्यक्रममा प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, अग्रज पत्रकार पुण्य पौडेल,बद्रीविनोद प्रतिक, नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले आफ्नो धारणा राखेका थिए ।
