Friday, June 5News That Matters

Author: डाँडाघरे खबर

पोखरा म्याराथनका बैकल्पिक रुटको अध्ययन गर्दै मञ्च, नयाँ रुटमा दौड होस् भन्ने हाम्रो चाहाना छ: वडा अध्यक्ष

पोखरा म्याराथनका बैकल्पिक रुटको अध्ययन गर्दै मञ्च, नयाँ रुटमा दौड होस् भन्ने हाम्रो चाहाना छ: वडा अध्यक्ष

खेलकुद, ताजा समाचार
पोखरा नेपाल भूतपूर्व खेलाडी मञ्चले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि वैकल्पिक रुटको अध्ययन सुरु गरेको छ । पोखरामा हरेक वर्ष आयोजना हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय चर्चा बढेसँगै सडक सुरक्षा र प्राकृतिक दृष्यलाई आकर्षण गराउने लक्ष्यसहित वैकल्पिक रुटको अध्ययन सुरु गरेको हो । शुक्रबार नयाँ रुट अध्ययन गर्दै मञ्चले पोखरा महानगरपालिका वडा नम्बर २३ मा छलफल समेत गरेको छ । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा म्याराथनलाई थप सुरक्षित र व्यवस्थित बनाउने उदेश्यका साथ नयाँ रुटको अध्ययन सुरु गरेको जानकारी दिए । उनले शुक्रबार रुटको अनुगमन गर्दै वातावरणको हिसाबले समेत निकै उत्कृष्ट रहेको सुनाए । ‘सडक सुरक्षा मुख्य कुरा हो धावकका लागि । हामीले म्याराथन गरिरहँदा अब पहिलो जस्तो रहेन । विश्व म्याराथन र एम्ससँग जोडिएपछि यसको उचाई बढेको छ त्यसैले पनि हामी...
रहस्मयी सुकु मृत्यु प्रकरणमा भेटिएला हत्यारा ?

रहस्मयी सुकु मृत्यु प्रकरणमा भेटिएला हत्यारा ?

ताजा समाचार, मुख्य समाचर
कास्की प्रहरीलाई यतिबेला एउटा घटना निकै टाउको दुखाइको विषय बनेको छ । अनुसन्धानकै क्रममा रहेको कास्की प्रहरीले आशंका गरेका व्यक्ति यतिबेला फरार छन् । करिब एक महिनादेखी निगरानीमा रहेका एक पुरुष नेपाल भारत सिमा नजिक पुगेपछि निगरानीबाट बाहिर भए । अर्थात प्रहरीले मोबाइल लोकेसन ट्रयाक गर्दै फलो गरिरहेका पुरुषको मोबाइलै अफ भयो । घटना पोखराको हो । मंसिर ५ गते पोखरा ९ ,नागढुंगामा रहेको युनिक होटलमा एक महिलाको शव भेटियो । शव हेरेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या भएको निस्कर्ष निकाल्यो । तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकु सोही होटल नजिकैको शिला रेष्टुराँमा काम गर्थिन् । ५ गते साँझ ६ बजेर ५० मिनेटतिर उनै सुकु एक पुरुषसहित युनिक होटलमा पुग्छिन् । होटलमा पुगेर रुम बुक गरि एउटा वियर मगाउँछन् । उक्त कुरा होटल संचालकले प्रहरीलाई बयान दिएका छन् । ...
देशलाई रचनात्मक पत्रकारिताको आवश्यक छ : देउवा

देशलाई रचनात्मक पत्रकारिताको आवश्यक छ : देउवा

जन संदेश, ताजा समाचार
कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान प्रदान गरियो नेपाल पत्रकार महासंघ कास्कीले कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान पुरस्कार पत्रकारहरु कृष्ण बास्तोला, सुरेश आचार्य र माधव शर्मालाई अर्पण गरेको छ । सुर्य प्रेम बहुउदेश्यीय समाज सेवा ट्रस्टद्धारा स्थापित उक्त सम्मान एकै पटक तीन पत्रकारलाई प्रदान गरिएको हो । उक्त सम्मान प्रदान पश्चात बोल्दै नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई जिम्मेवार पत्रकारहरुको खाँचो भएको बताए । उनले देश र पत्रकारिता क्षेत्र सुधारको बाटोतर्फ हिडिरहेको सुनाए । ‘अंग्रेजीमा एउटा भनाई छ ब्याड न्युज इज गुड न्युज । मिडिलाई जति ब्याड भयो त्यहि राम्रो समाचार बन्छ । मेले सबै खराब लेख्नुपर्छ भनेको होइन्’ देउवाले भने, ‘म धेरै बोल्नु पर्दैन अहिले देश र पत्रकारिता सुधारको मार्गमा हिडिरहेको छ । देशलाई रचनात्मक पत्रकारिताको आवश्यकता छ,...
प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै

प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै

खेलकुद, ताजा समाचार
पोखरा स्पोट्र्स डेभलपमेन्ट फोरम पोखराको आयोजनामा पोखरामा खुल्ला महिला एमेचर तथा पुरुष हिमचुली कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले पाँच हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र अनुशासित टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ । आगामी पुस ७ गते पोखरा ४ स्पोट्र्स क्यासलको फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको प्रतियोगिता संयोजक विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए । फुटसलको लोकप्रियता बढेसँगै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न सानो राशीको भएपनि प्रतियोगिता आयोजना गर्न लागेको थापाले बताए । उनका अनुसार पुरुषतर्फको विजेताले ट्रफीमात्र प्राप्त गर्नेछन् । ...
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

खेलकुद, ताजा समाचार
पोखरा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहिबार दुई पक्षबीच सम्झौता भएको हो । सिएम एक्वा वेभरेज र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच मुख्य खानेपानी प्रायोजनका लागि सम्झौता भएको हो । सिएम एक्वाको तर्फबाट कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठ र मञ्चकोतर्फबाट अध्यक्ष हरि प्रसाद पराजुली तथा रुटमा पानी व्यवस्थापन उपसमिति संयोजक जुम प्रसाद गुरुङबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार एक्वाको उत्पादित खानेपानी टुडेज नेचुरल स्प्रीङ वाटर म्याराथन, हाप म्याराथन र कार्यक्रमस्थलमा राखिने छ । रुट खानेपानी संयोजक जुन प्रसादले टुडेज्ले पानी प्रायोजन गरेर ठूलो सहयोग गरेको बताए । उनले धावकहरुलाई आ...
मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र

मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र

खेलकुद, ताजा समाचार
पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो । पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल...
पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

खेलकुद, ताजा समाचार
पोखरा पोखरा एन्डयुरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता भएको छ । पोखरा एन्ड्युरो र पोखरा महानगरपालिका वडा नं. १३ बीच यस्तो सम्झौता भएको हो । हालसालै सम्पन्न भएको एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेसको सफलता पश्चात अब हरेक वर्ष पोखरा १३ मा नै उक्त प्रतियोगिा आयोजना गर्ने गरी सम्झौता भएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । खेल मार्फत पोखरा १३ को पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने समेत उनले उल्लेख गरे । वडाबासीलाई थोरै भए पनि आम्दानीको बाटोमा अग्रसर गराउन उक्त प्रतियोगिता मार्फत सहयोग पुग्ने विश्वास उनको छ । पोखरा १३ सँग मिलेर प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको एन्डयुरो साइकल रेस प्रतियोगिता गर्ने सम्झौता गर्न पाउँदा खुशी लागेको एन्ड्युरो अन्तर्राष्ट्रिय साइकल रेस प्रतियोगिता गर्दै आएका जानकारहरु बताउँछन् । खेल प्रतिको विश्...
पर्यटकलाई नसालु पदार्थ खुवाउन खोज्ने पक्राउ

पर्यटकलाई नसालु पदार्थ खुवाउन खोज्ने पक्राउ

जन संदेश, ताजा समाचार
पोखरा पर्यटकीय क्षेत्र लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न दश जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले १० जना विरुद्ध अभ्रद व्यवहार मुद्धा चलाएको छ । लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव दिने नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरानी गरी आतङ्कित पारेको भन्दै पोखरा १६ दिप वस्ने २० वर्षिय डिलन श्रीष मगर, माछापुछ्रे गा.पा. ५ वस्ने २० वर्षिय सन्देश बि.क., पोखरा ६ ठाडोपसल वस्ने ३० वर्षिय सुरेश थापा, पोखरा ६ जरेवर वस्ने २९ वर्षिय महेन्द्र भण्डारी र गोरखा भिमसेन गा.पा. ८ वस्ने ३२ वर्षिय सुरेश थापासहित ५ जानालाई प्रहरीले पक्राउ गरेको हो । पुस २ गते सोमबार राती ११ बजेर ५० मिनेटको समयमा प्रहरीले बिजिवि गल्लीमा समुह बनाई नशालु पदार्थ सेवन गरी हो...
मालपोत सडकखण्डका खाल्डाखुल्डी वडाले पुर्यो

मालपोत सडकखण्डका खाल्डाखुल्डी वडाले पुर्यो

ताजा समाचार, सडक सरोकार
पोखरा लामो समयदेखि खाल्डाखुल्डी परेकै कारण सवारि दुर्घटना भएपछि आम नागरिकले सास्ती पाउनुका साथै दुर्घटनाको शिकार भइ रहदा पनि सम्वन्धित निकायको ध्यान नगएपछि परिवर्तनका लागि हामी अभियान नेपालले ध्यानाकर्षणका लागि शहिदचोक मालपोत सडकखण्डमा फेसवुक लाइभ सङ्कल्प यात्रा तथा सडकमै जोडिएर रहेका सम्वन्धित सरकारि कार्यालय प्रमुख हरु समक्ष ध्यानाकर्षण पत्र बुझाएर दुइ चरणका साङ्केतिक विरोध कार्यक्रम गरेको थियो । त्यस लगत्तै वडा नम्बर ७ अध्यक्ष राम मोहन आचार्य लाई कार्यक्रम बारे जानकारी गराएपछि आफू पनि यसबारे गम्भीर रहेको वताउदै सबै निकाय सग समन्वयन गर्ने वताउदै तत्कालै सडकलाइ पुर्ण निर्माण गर्न नसकिए पनि तत्कालिन समस्याको समाधान गर्नका लागि छिटोभन्दा छिटो कदम चाल्ने प्रतिवद्दता जनाएका थिए । ...
छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

ताजा समाचार
पोखरा पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन मा.बि.को पुर्व विद्यार्थीहरुको भेलाले कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मा.बि. भू.पू. विद्यार्थी मञ्च गठन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरुमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र वराल चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पुर्व प्र.अ. लक्ष्मण थापा, विद्यालयका सहायक प्र.अ. खेमराज वराल (ध्रुब) र मेघनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीराम सुवेदी, मञ्चका संस्थापक दिपक राज वराल लगाएतले मञ्चले पुर्व विद्यार्थीहरुलाई संगठ...