पोखरा बसपार्क निर्माणमा भूमिहीनको आवाज: ‘पहिले सम्मानजनक व्यवस्थापन, त्यसपछि स्थानान्तरण’
पोखरा, साउन ९ — पोखरा–९ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले उचित व्यवस्थापनको सुनिश्चितता नगरी कुनै पनि प्रकारको स्थानान्तरण स्वीकार्य नहुने बताएका छन्।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति, जिल्ला समिति कास्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा बसपार्क निर्माणप्रति आफूहरू सकारात्मक रहे पनि प्रभावित परिवारको सम्मानजनक पुनर्स्थापना, जग्गाको सुनिश्चितता र आधारभूत पूर्वाधारको व्यवस्था भएपछि मात्र स्थानान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको हो।
समितिले २०३६ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। पत्रकार सम्मेलनमा समितिले पुनर्स्थापनाका लागि आधारभूत पूर्वाधारसहित उपयुक्त स्थानको व्यवस्था, लालपुर्जाको प्रक्रिया अघि बढाउने निर्णय तथा प्रत्य...









