
पत्रकार पाठक र अधिकारी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा
पोखरा — लामो समय देखि पत्रकारिता क्षेत्रमा लागेर पत्रकारिता गर्दै आइरहेका पत्रकार, केशव पाठक र दुर्गा अधिकारी, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।नेपाल पत्रकार महासङ्घ कास्कीले स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकार पाठक र अधिकारिलाई नगद २५–२५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।
पाठक पोखरा स्पोर्ट्स अनलाइनका सम्पादक साथै खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत हुन् ।विशेष गरेर उनि खेलकुद पत्रकारितामा सक्रिय रहँदै आएका छन्।उनले यसभन्दा पहिला राष्ट्रिय स्तरमा स्थापित खेलकुद पत्रकारिता पुरस्कारहरू प्राप्त गरिसकेका छन् भने,अधिकारीले क्रियाशील पत्रकार महिला समूह गण्डकी प्रदेशको नेतृत्व गर्दै आएकी थिइन् उनी निजी रेडियोहरूको छाता संस्...