Sunday, July 26News That Matters

ताजा समाचार

रास्वपा कास्कीको सभापतिमा १ मतले यदुनाथ अधिकारी विजयी

रास्वपा कास्कीको सभापतिमा १ मतले यदुनाथ अधिकारी विजयी

ताजा समाचार, मुख्य समाचर
पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको पहिलो अधिवेसनबाट सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पछाडि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन  ।सचिवमा विश्वराज पौडेल विजयी भए । उनले १२२ मत ल्याउँदा प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत पाए । उपसभापति र सहसचिवमा भने निर्वाचन भएन । चिनबहादुर गुरुङ उपसभापति र सुजन बस्ताकोटी सहसचिव निर्विरोध निर्वाचित भएका हुन् । कोशाध्यक्ष भने पछि मनोनीत गर्ने उक्त पार्टीले जनाएको छ । जिल्ला कमिटीमा १० सदस्यमध्ये केही सदस्य निर्विरोध हुँदा ४ जनाका लागि मतदान नै भएको थियो । १० जना उम्मेदवार थिए । एक भोटले जितेपछी सभापति  अधिकारीले पार्टिको सङ्गठन बि...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महानगर समितिमा केसि सर्वसम्मत चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महानगर समितिमा केसि सर्वसम्मत चयन

ताजा समाचार, मुख्य समाचर
पोखरा , सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) पोखरा महानगर कमिटीको प्रथम महाअधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले नया नेतृत्व चयन कमिटिलाइ अौपचारिक ढङ्गले पहिलो पटक सँरचनागत रुपमा अघि बढाएको छ।प्रथम महाअधिवेसन बाट योगेन्द्र केसि सर्वसम्मत चयन भएका छन्।उप सभापतिमा सगिता तिमिल्सिना गौतम चयन भएकि छन् भने ,सचिवमा कमल वानिया, सह सचिवमा सरिता शर्मा चयन भएका छन्।अध्यक्ष केसि यसभन्दा पहिला पृथ्वी वस व्यवसायि कम्पनी सचालक समितिका पुर्व अध्यक्ष हुन् भने, उनि कानुन व्यवशायि पनि हुन्।सभापति केसिको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन भएको छ।शनिबार ग्यालेक्सी पाटी प्यालेस विरौटामा भएको महानगर भेला तथा महा अधिवेशनको उद्घघाटन रास्वपा नेता तथा पर्यटन मन्त्री गणेश पौडेलले गरेका थिए। ...
ड्राइभिङ स्कुल सँघ कास्कीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न पौडेल अध्यक्ष

ड्राइभिङ स्कुल सँघ कास्कीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न पौडेल अध्यक्ष

ताजा समाचार, मुख्य समाचर
पोखरा, ड्राइभिङ स्कुल सँघ कास्कीको दोस्रो साधारणसभा तथा प्रथम ऐतिहासिक महाअधिवेशन शनिबार सम्पन्न भएको छ।शनिबार पोखरा पाटि प्यालेसमा भएको अधिवेशन बाट चेतभक्त पौडेलको नेतृत्वमा ९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।उपाध्यक्ष गुप्त वहादुर रानाभाट ,सचिवमा अमृत लम्साल ,सह सचिवमा बोधराज सुवेदी,कोषाध्यक्षमा शेर वहादुर गुरुङ ,सदस्यमा क्रमशः अर्जुन शर्मा लेख वहादुर रानाभाट,अमर प्रसाद गुरुङ, दिपक नेपाली रहेका छन्। अधिवेशनको उद्घघाटन प्रमुख अतिथि ड्राइभिङ स्कुल सँघ नेपालका केन्द्रीय सस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले गरेका थिए।अधिवेसमा ड्रइभिङ स्कुल सघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष मोहन वहादुर गुरुङ पुर्व अध्यक्ष शोभाखर शर्मा ,गण्डकी प्रदेस अध्यक्ष तुल वहादुर ठकुरी, पुर्व अध्यक्ष शिबराज बस्ताकोटि ,बसन्त भट्टचन ,पुर्व उपाध्यक्ष सरोज केसि , लगायतले अधिवेशन सफलताको शुभकामना दिदै नया कार्यसमिति ला...
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई

ताजा समाचार, मुख्य समाचर
पोखरा । ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।पुरस्कारको राशि रु. २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । आगामी जेठ २० गते घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा प्रदान गरिन्छ ।प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहेका थिए । सदस्यहर...
धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

ताजा समाचार, मुख्य समाचर
पोखरा । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘धनबहादुर गुरुङ सांगीतिक साँझ २०८२’ कार्यक्रमबाट ३५ लाखभन्दा बढी रकम बचत भएको छ । तमु कलाकारहरूको हकहित र कल्याणका लागि स्थापना गरिएको तमु कल्याणकारी कोषका लागि आयोजित सांगीतिक साँझबाट ३५ लाख २४ हजार ५ सय ८९ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।गत फागुन ८ गते पोखरा रंगशालामा आयोजित सांगीतिक साँझबाट कुल ५६ लाख २४ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको र विभिन्न शीर्षकमा भएको खर्च कटाएर उक्त रकम बचत गर्न सफल भएको तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिकी कोषाध्यक्ष टौसुबा गुरुङ (सविना) ले जानकारी दिइन् । बचत रकम तमु कलाकारहरूको हकहित, सहयोग तथा कल्याणका लागि प्रयोग गरिने उनले बताइन् ।कार्यक्रम संयोजक गोरे गुरुङले सुरुमा १० लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिए पनि देश तथा विदेशमा रहेका गुरुङ गीत–संगीतप्रेमीहरूको साथ र स...
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

ताजा समाचार, मुख्य समाचर
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।  मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रमका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।  ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सम्झौता पाँच वर्षको भएको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो समयमको लागि सम्झौता भएको यो पहिलो पटक भएको बताए ।  भुवन गिरीले सन्दीपसँग पहिलो पटक सम्झौता गर्दा त्यो गर...
पोखरा–५ मा जेष्ठ नागरिक वाकिङ फुटबल खेल आयोजना हुँदै

पोखरा–५ मा जेष्ठ नागरिक वाकिङ फुटबल खेल आयोजना हुँदै

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरामा “स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान” भन्ने मूल उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनमा ७० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि विशेष जेष्ठ नागरिक वाकिङ फुटबल खेल तथा मैत्रीपूर्ण कार्यक्रम–२०८३ आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको प्रवर्द्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समिति, पोखरा–५ को आयोजनामा हुने उक्त कार्यक्रम आगामी २०८३ साल जेठ ९ गते शनिबार बिहान ७ बजेदेखि वाराही माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्य, सक्रियता, मित्रता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमले वृद्धवस्थामा पनि खेलकुदमार्फत उत्साह र उमंग थप्ने विश्वास आयोजकको छ । “हिँड्दै खेलौं, मिलेर खेलौं, रमाएर बाँचौं” ...
यातायात व्यवसायी महासंघको नयाँ नेतृत्व : पोखराका ऐनकुमार र केदार वरिष्ठ उपाध्यक्ष, भानुभक्त उपमहासचिवमा निर्वाचित

यातायात व्यवसायी महासंघको नयाँ नेतृत्व : पोखराका ऐनकुमार र केदार वरिष्ठ उपाध्यक्ष, भानुभक्त उपमहासचिवमा निर्वाचित

ताजा समाचार, मुख्य समाचर
पोखरा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ महाधिवेशनबाट पोखराका तीन जना यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदाधिकारीमा निर्वाचित भएका छन्। महासंघको वरिष्ठ उपाध्यक्षमा पोखराका ऐनकुमार साई ७ सय ४९ मतसहित निर्वाचित भएका छन् भने केदार पौडेल ५ सय ७९ मतसहित तेस्रो वरिष्ठ उपाध्यक्षमा विजयी बने। उपमहासचिव पदमा पोखराकै भानुभक्त बराल ७ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला ‘सरोज’ फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले १ हजार ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी हरिशरण केसीले ४ सय ६४ मत मात्रै प्राप्त गरेका निर्वाचन अधिकृत योगेन्द्र केसीले जानकारी दिए। वरिष्ठ उपाध्यक्षमा निर्वाचित ऐनकुमार साई यसअघि पनि सोही जिम्मेवारीमा थिए भने केदार पौडेल महासंघको गण्डकी प्रदेश अध्यक्षको भूमिकामा सक्रिय थिए। उपम...
भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको कडा चेतावनी : ‘न्याय बिना उठिवास स्वीकार्य छैन’

भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको कडा चेतावनी : ‘न्याय बिना उठिवास स्वीकार्य छैन’

ताजा समाचार, मुख्य समाचर
पोखरा । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिले उचित व्यवस्थापन बिना गरिने उठिवासको निर्णयविरुद्ध कडा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। कास्की जिल्ला समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकाको हालैको निर्णयले हजारौं परिवारमा गम्भीर त्रास फैलाएको जनाएको छ। समितिका अनुसार विना विकल्प गरिने उठिवासले संविधानले सुनिश्चित गरेका आवास, गाँस, बास, कपास तथा बाँच्न पाउने मौलिक अधिकारमाथि नै प्रश्न उठाएको छ। संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरुङले सरकारले सुकुम्बासीलाई अन्यायपूर्ण तरिकाले हटाउन खोजेको आरोप लगाउँदै भने, “हाम्रा जायज मागहरूलाई बेवास्ता गरियो र विकल्पविना बल प्रयोग गरियो भने हामी चुप बस्दैनौं, आवश्यक परे अन्तिमसम्म संघर्षमा उत्रिन्छौं।” त्यस्तै सहसंयोजक रमेश बलकोटीले विकास र सुशासनको नाममा सुकुम्बा...
पोखरामा ‘मालती मङ्गले’को प्रचारप्रसार, सामाजिक यथार्थ र प्रेमको नयाँ संगम प्रस्तुत गर्ने दाबी

पोखरामा ‘मालती मङ्गले’को प्रचारप्रसार, सामाजिक यथार्थ र प्रेमको नयाँ संगम प्रस्तुत गर्ने दाबी

ताजा समाचार, मुख्य समाचर
पोखरा, आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मङ्गले’ को प्रचारप्रसारका क्रममा निर्माण टिम र कलाकारहरू पोखरा आइपुगेका छन्। चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा वैशाख १९ गते मुग्लान रेष्टुरेन्ट मिडटाउनमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मबारे विस्तृत जानकारी दिइएको हो। कार्यक्रममा फिल्मको कथा, पात्रहरूको गहिराइ र निर्माण पक्षबारे चर्चा गर्दै कलाकारहरूले चलचित्रलाई केवल प्रेमकथा मात्र नभई सामाजिक यथार्थसँग जोडिएको भावनात्मक प्रस्तुतिका रूपमा वर्णन गरे। प्रस्तुतकर्ता तथा गायक रामकृष्ण ढकालले चलचित्र समाजभित्रका वास्तविक घटना र सम्बन्धका जटिल भावनालाई पर्दामा उतार्ने प्रयास भएको बताए। उनका अनुसार फिल्ममा प्रेमसँगै रहस्य र सस्पेन्सको मिश्रणले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्नेछ। नायिका वर्षा राउतले ‘मालती’ पात्रलाई आफ्नो अभिनय ...