Saturday, April 18News That Matters

डाँडाबाट हेर्दा

पोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वर्कसप सञ्चालक प्रकाउ

पोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वर्कसप सञ्चालक प्रकाउ

डाँडाबाट हेर्दा, ताजा समाचार
पोखरा २२ फागुनपोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको छ ।गएको भदौ २५ गतेदेखि पोखरामा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारवाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय कास्कीले ६ महिनापछि ८ वटा वर्कसपका सञ्चालकलाई प्रकाउ गरेको हो ।मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । मोटरसाइकलको स्वरुप परिवर्तन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ सृजनाचोक स्थित ३६० मोटरर्सका सञ्चालक सुशिल भुजेल, पोखरा कस्टुर्सका सञ्चालक सागर झाक्री, बुम इनफिल्ड सर्भिस सेन्टरका सञ्चालक मोहम्मद रुस्तम, रोयल इनफिल्ड शोरुमका सञ्चालक सुकबहादुर गुरुङ रहेका छन् । यस्तै प्रहरीले पोखरा–१६ लामाचौर स्थित चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी...
गण्डकी प्रदेसमा निजि सवारीले पनि सार्वजनिक सवारी  सरह यात्रु सेवा दिने  कानुनि बाटो खुले सगै , सार्वजनिक यातायात व्यवशायि आक्रोसित

गण्डकी प्रदेसमा निजि सवारीले पनि सार्वजनिक सवारी सरह यात्रु सेवा दिने कानुनि बाटो खुले सगै , सार्वजनिक यातायात व्यवशायि आक्रोसित

डाँडाबाट हेर्दा, ताजा समाचार
गण्डकी प्रदेस सरकार बाट यातायात व्यवस्था नियमावली २०८० प्रदेस राजपत्र प्रकाशित भएसगै निजी तथा रातो प्लेट धएका सवारि साधनले राइड सेयरिङ मार्फत यात्रु सेवादिने गरि भाडामा सवारि चलाउने बाटो खुलेको छ। जसमा गण्डकि प्रदेस सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड  तथा प्रकृया पुरा गरि यात्रु सेवा दिन सक्ने छन्। गण्डकी प्रदेस सरकारले २०७६ दफा २२१ ले दिएको अधिकार प्रयोग गरि यस्तो नियमावली परिच्छेद दफा १३  कार्वन्यनमा ल्याउन लागेको हो।  गण्डकी प्रदेस सरकारले यस्तो नियम लागू गरे सगै सार्वजनिक यातायात व्यवशायिहरु  भने आक्रोश पोख्न थालेका छन्।  नेपाल सरकारले  २०४९ यातायात व्यवस्था ऐनले तोकेको  नियम कानुन अनुसार कुनैपनि सवारि साधन कुन प्रयोजनका लागि हो भन्ने कुरा सवारि  नम्बर प्लेटको  आधारमा छुट्याएको छ। सार्वजनिक सवारीले यात्रु सेवादिने गरि  भाडामा चलाउनु प...
गण्डकी प्रदेसमा प्रदेस स्तरिय रुट प्रमिट लागू

गण्डकी प्रदेसमा प्रदेस स्तरिय रुट प्रमिट लागू

डाँडाबाट हेर्दा, ताजा समाचार
गण्डकी प्रदेशमा जिल्ला बाट मात्रै सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशस्तरिय रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो । प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गण्डकीमा सञ्चालन हुने सार्वजनिक सवारी जीप र ट्याक्सीमा लागू गरिएको दुई जिल्ला परमिटको अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । “व्यवसायीको चाहनाअनुसार प्रदेशभर रुट परमिट लिन पाउने व्यवस्था गरेका हौँ । तोकिएको दुईभन्दा बढी जिल्लामा जानका लागि अस्थायी रुट परमिट लिनुपर्ने झन्झट हटाएका छौँ।...
पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

खेलकुद, डाँडाबाट हेर्दा, ताजा समाचार
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो ।  अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।  नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्र...
डाँडा बाट हेर्दा

डाँडा बाट हेर्दा

डाँडाबाट हेर्दा, सडक सरोकार
पालिखे चोक बाट जिल्ला प्रहरी कार्यालय गैह्रा पाटन सडकखण्ड जहाँ पुरै सडक नै ढाकिने गरि सवारी पार्किङ गरिएको यो दृस्य देख्दा जो कोहिको मनमा यी दुइ सवाल उठ्न सक्छन्। ट्राफिक प्रहरी कि त गैर जिम्मेवार बनेको छ। कि त जनशक्तिको अभाव छ।