पोखरा
कास्कीको धम्पुसमा पृथ्वी बहुउद्धेश्यीय संस्था लिमिटेडद्वारा आयोजित सञ्चालक क्षमता अभिवृद्धि तालिम २०८१ पुस ५ र ६ गते सम्पन्न भएको छ। यस तालिमको उद्देश्य सहभागी सञ्चालकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै सुरक्षित सहकारी सञ्चालन सुनिश्चित गर्नु रहेको थियो। प्रशिक्षण कार्यक्रम सस्थाका अध्यक्ष किरण प्रसाद बन्जराको अध्यतामा भएको थियो भने,कार्यक्रम संयोजक बिष्णु गिरीले गर्नु भएको थियो।

संस्थाका अध्यक्ष किरणप्रसाद बन्जराले यस्तो तालिमले आफूलाई सहकारीका भित्री कुराहरूको ज्ञान प्राप्त भएको बताउँदै, पृथ्वी बहुमुखी सहकारीलाई पोखराको उत्कृष्ट सहकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशिक्षक सुदीप ढकालले सहकारीका विविध विषयमा सरल र उत्कृष्ट प्रशिक्षण प्रदान गर्नुभयो। संस्थाका सचिव मेघबहादुर शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उपाध्यक्ष खिमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको महत्त्व बारे चर्चा गर्दै खड्काले सहकारीले लगानीमात्र गर्ने नभई, लगानी गरिसकेपछि त्यसको असुली गर्न सक्नुपर्ने आवश्यकता औंल्याउनुभयो। लेखा समिति संयोजक सन्दीप थापाले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा कार्यान्वयन गर्न विशेष जोड दिनुभएको थियो।

संस्थाका प्रतिनिधिहरूका अनुसार, यस्ता कार्यक्रमहरूले समुदायमा रोजगारी र दक्षता बढाउन महत्वपूर्ण भूमिका खेल्छन्। कार्यक्रममा सहभागीहरूले तालिमलाई निकै प्रभावकारी र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।
प्रशिक्षक सुदीप ढकालले सहकारी सिद्धान्त, मूल्य मान्यता, सहकारीका प्रमुख अंगहरू, संस्था सञ्चालनका विधि, सहकारीको स्वास्थ्य स्थिति, सुशासन कायम गर्ने कार्य, संस्था सञ्चालनको SWOT विश्लेषण, बचतका विशेषता, संस्थाको नीति तथा कार्य निर्देशिका, सदस्यहरूलाई रिकरिंङ् बचततर्फ कसरी आकर्षित गर्ने, ऋण लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू, सञ्चालक समिति र उपसमितिहरूको काम, कर्तव्य र अधिकार, लेखा सुपरिवेक्षण समितिका काम कर्तव्य, सहकारीले पालना गर्नुपर्ने विधिहरू, र नेतृत्व विकास जस्ता विविध विषयमा प्रशिक्षण प्रदान गर्नुभयो।

सुदीप ढकालको हसिलो अनुहार र रमाइलो वातावरणमा गरिएको सवाल-जवाफ कार्यक्रमले सहभागीहरूलाई सिक्न र बुझ्न थप प्रेरित गरेको थियो। यसरी, सहकारीको क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिमका क्रममा सहभागीहरूले “हामी को हौं?” भन्ने प्रश्नको उत्तर खोज्दै, “दर्शक, पीडित, खलनायक र विजेता” का भूमिकाहरूको विश्लेषण गर्ने अवसर पाएका थिए, जसले उनीहरूलाई आत्ममूल्यांकन र नेतृत्व विकासमा सहयोग पुर्यायो।
कार्यक्रम मूल्यांकन संस्थाको शिक्षा समितिका सदस्य प्रकाश अधिकारीले समीक्षा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो। महिला उपसमिति सदस्य बिकलक्ष्मी जोशीले कार्यक्रम सफल भएको बताउनुभयो।
यो पनि हेर्नुहोस :-