Sunday, May 18News That Matters

कास्कीका सहकारी अभियन्ता मोहन प्रसाद अधिकारी सम्मानित

यो समाचार शेयर गर्नुहोस्

पोखरा

कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको २४औं वार्षिक साधारणसभाको अवसरमा सहकारी अभियन्ता मोहन प्रसाद अधिकारीलाई सम्मानित गरिएको छ। उहाँ पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रबन्धक हुनुहुन्छ। कास्की जिल्लाका सहकारी संस्थाहरूमा उत्कृष्ट व्यवस्थापन क्षमताको प्रदर्शन गरेबापत वर्ष २०८० का उत्कृष्ट व्यवस्थापन प्रमुखको रूपमा अधिकारीलाई सम्मान प्रदान गरिएको हो।

मोहन प्रसाद अधिकारीले पृथ्वी सहकारीमा ११ वर्षको कार्यानुभव सँगाल्नुका साथै यसअघि लेखा सहायकका रूपमा २१ वर्ष काम गर्नुभएको छ। उहाँले आफ्नो शैक्षिक यात्रा पृथ्वीनारायण क्याम्पसबाट MBS र सिक्किम मनिपाल विश्वविद्यालयबाट MBA पूरा गर्नुभएको छ। सहकारी क्षेत्रमा उत्कृष्ट योगदानका लागि उहाँले सहकारी विभागबाट TOT (Training of Trainers) तालिमसमेत लिनुभएको छ।

सहकारी क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि अधिकारीको महत्वपूर्ण भूमिका रहँदै आएको छ। उहाँले पोखरा जेसिस (JCI) मा उपाध्यक्ष (कार्यकारिणी) ,कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको अध्यक्ष र लायन्स क्लबमा पूर्वअध्यक्षको रूपमा नेतृत्व प्रदान गर्नुभएको छ। यी भूमिकाहरूबाट उहाँले आफ्नो नेतृत्व क्षमताको पहिचान स्थापित गर्न सफल हुनुभएको छ।

मोहन प्रसाद अधिकारीलाई सहकारी क्षेत्रमा उच्च व्यवस्थापन कौशल, निष्ठा, र समर्पणका लागि एफडब्ल्यू राईफाइनान्स सहकारी अवार्ड प्रदान गरिएको हो। यो अवार्ड उहाँको मेहनत र योगदानको कदर स्वरूप प्रदान गरिएको हो, जसले सहकारी क्षेत्रमा उहाँको विशिष्ट स्थानलाई थप बलियो बनाएको छ।

यो भिडियो पनि हेर्नुहोश :-

प्रतिकृया दिनुहोस