Friday, March 28News That Matters

पोखरामा पहिलो पटक भिन्तुवा युवा क्लव द्वारा फुटसल प्रतियोगिता हुने

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा पहिलोपटक पहिलो सँस्करणको भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ। भिन्तुना युवा क्लब, तेर्सापट्टि , पोखरा-३ को आयोजनामा हुने यो प्रतियोगिता आगामी पुस २६ र २७ गते हुने भएको हो।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपौँया, उपिवजेता हुने टोलीले ५५ हजार ५५५ रुपौँयासिहत ट्रफी, मेडल प्रमाणपत्र पाउने अर्थ संयोजक राजन श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरले सामान ५ हजार पाउने छन् भने फेयर प्ले टिमले पनि ५ हजार पाउने भएका छन्। प्रतियोगितामा क्वाटरफाइनलपछि हरेक खेलको म्यान अफ दि म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिने छ।

सहभागि टिमलाई टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ भने प्रतियोगिताको सबै खेलहरु स्पोर्ट्स क्यासल गैरापाटन पोखरा -४ मा हुने अर्थ सँय‍ोजक राजन श्रेष्ठले वताए ।

प्रतिकृया दिनुहोस