Tuesday, February 10News That Matters

रवि लामिछानेको मुद्दा: भोलि वार कि पार, रिहा कि कारागार?

यो समाचार शेयर गर्नुहोस्

पोखरा

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेको रवि लामिछानेको थुनछेक आदेश बिहीबार (भोलि) टुंगो लाग्ने सम्भावना रहेको छ।

प्रतिवादी तर्फको कानूनी बहस अन्तिम चरणमा पुगेको हुँदा जवाफी बहस बिहीबार बिहान सकिएर साँझसम्म अदालतले आदेश दिने अपेक्षा गरिएको छ। सरकारी वकिल कार्यालय, कास्कीकी प्रमुख न्यायाधिवक्ता कमला काफ्लेका अनुसार, “भोलि पहिलो सत्रमा जवाफी बहस समाप्त हुनेछ र साँझसम्ममा अदालतको आदेश आउने अपेक्षा रहेको वताइएको छ।

मंगलबार गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानूनी व्यवशायिहरुको बहस समाप्त भएको थियो ।
बुधबार भने अन्य प्रतिवादीहरू, रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ, र आरती गुरुङका तर्फबाट कानूनी प्रतिनिधिले बहस गरेका थिए। जाहेरवालाको तर्फबाट पनि बहस जारीनै रहेको वताइएक‍ो छ।

थुनछेक आदेश नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय, कास्कीले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। राष्ट्र बैंक चोक, वाई चोक, र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै सवारी आवागमनमा पनि रोक लगाइएको छ भने सञ्चारकर्मी हरुलाइ समेत अदालत प्रवेसमा रोक लगाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले रवि लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बराबरको क्षतिपूर्ति मागसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो

जसमा रवि लामिछाने विरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाख बिगो माग दाबी गरिएको छ, भने सम्पत्ति शुद्धीकरणको आरोपमा २७ करोड ८९ लाख बिगो दाबी गरिएको छ। अर्का प्रतिवादी छविलाल जोशीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको छ।

थुनछेक आदेश कान्छा न्यायाधीश नितिज राईको इजलासबाट आउनेछ,भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने, वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश जारी गर्न सक्नेछ।

यदि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भयो भने रवि लामिछाने भोलि नै कारागार चलान हुनेछन्। अन्य निर्णय भएमा उनी मुद्दा लड्न बाहिरै रहने अनुमति पाउनेछन्।

यो भिडीयो पनि हेर्नुहोस :-

प्रतिकृया दिनुहोस