Friday, March 28News That Matters

यस्तो अवस्था आउनुमा दोषि को ?

यो समाचार शेयर गर्नुहोस्

यतिबेला फेरि के देसले भबिष्य खोज्नु पर्ने बेलाआएकै हो त भन्ने प्रस्न चौतर्फी रुपले उठ्न थालेको छ। नेपाली जनताको ठुलो सङघर्ष र वलिदानि बाट प्राप्त उपलब्धिले के कुनै उपलब्धि गर्न नसकेकै हो त ? भन्नु पर्ने अवस्था देखिन थालेको छ। यस्ता प्रस्नहरु उठ्न थाल्नु र यस्तो अवस्था आउनुको मुख्य कारण के के ह‍ुन् त अब ख‍ोजिको बिषय बन्न थालेको छ। २०४६ शाल बाट प्राप्त उपलब्धिबाट खासै परिणाम नआउनुले तत्कालीन अवस्थामा काङ्ग्रेस र एमाले कै निकम्मा र अकर्मण्ड्यताकै कारण १० बर्षे जनयुद्धले जन्मलियो त्यहि हुर्कदै आएर दलहरु फेरि काठमाडौ लगायत विभिन्न शहरमा आम जनतासग माफि माग्दै हिडे पछि आम नेपाली जनताले माफि मात्रै दिएनन् उनका सबै कुरा पत्याइदिएर दलहरु लाइ साथ दिएपछि ६२ /६३ जनआन्दोलन तराई मधेस आन्दोलनले एउटा नया सँघिय गणतन्त्र लोकतान्त्रिक गणतन्त्रको बाटो पहिल्यायो।
त्यहि बाटोमा लागेर देस र जनताप्रति उत्तरदायित्व वहन गर्ने प्रतिवद्दता जनाउदै आएका विशेष गरेर तिन दल काङ्ग्रेस माओवादी हरुले एक पटक हैन पटकपटक गणतन्त्र लाई गलत प्रयोग गर्न थाले । कहिले आल‍ोपालो कहिले सत्ताका लागि कलह झैझगडा वादविवाद, कुनैपाटि अन्तर द्वन्दको शिकार भएर टुट्ने फुट्ने क्रम बढ्दै गयो । जसले गर्दा कहिले गठवन्धन त कहिले कार्यगत एकताका नाममा र वहानामा कहिले चुनावमा फरकफरक पाटिका पनि एक भएर एउटै चुनाव चिन्ह लिएर लड्ने ,कहिले एउटै पाटि पनि टुक्रिएर फरक फरक चुनाव चिन्ह लिएर चुनावमा लड्ने गर्न थाले ,फलस्वरूप पाटिहरु कुनै अस्तित्व जोगाउनै नसक्ने अवस्थामा पुग्न थाले, कुनै अस्तित्व ज‍‍ोगाउन मात्रै सफल भएनन् , सत्तामा पुगेरै राइदायि गर्न थाले।
जसले गर्दा कुनैपनि पाटि आफ्नो विचार र सिद्धान्तको मौलिकतामा रहन सकेनन् ।
लथालिङ राजनीति बन्न थाल्य‍ो ।परिणाम कतिपय पाटि आफ्नो अस्तित्व ज‍‍ोगाउनै नसकेर विलुप्त हुँदै गए त ,कतै स्वतन्त्र त कतै विभिन्न नया पाटिहरुको उदय हुन थाल्य‍ो। तब नेपाली जनताले पनि बर्षौदेखि विश्वास गर्दै आएका नेता र पाटिहरुलाइ विश्वास गर्न छाडे जसले गर्दा उदय भएका नया पाटि पनि पुराना भनिएका ठुला शक्तिशाली भनिएका पाटिहरु सग पौठेज‍‍रि खेल्न पुगे।
तब कहिले भ्रष्टाचार विरुद्ध त कहिले भ्रष्टाचार सँरक्षण का वहस चल्न थाले। जसले गर्दा भ्रष्टाचार विरुद्ध लड्ने नलड्ने, कारवाहि गर्ने नगर्ने, फायल ख‍‍ोल्ने वा बन्द गर्ने बिषयमा दल हरुबिच रस्साकस्सि हुन थाल्यो। फलस्वरूप पहिलो र द‍‍ोस्र‍‍ो भनिएका दल बिच दहिच्युरा सम्वाद चल्यो रातारात सरकार परिवर्तन हुने अवस्था मात्रै बनेन सरकारनै बन्यो ।तर यस्तो सरकार बन्यो कि जुन सरकारको कसैले कल्पना सम्म पनि गरेका थिएनन्। किन भने नेपलालको इतिहासमा पहिलो र द‍‍‍ोस्रो भनिएका दल हरु मिलेर सरकार बनेक‍‍ो सायद यो नै पहिलो पटक हुनु पर्छ। सरकार बन्यो शक्तिशाली सरकार बन्यो ।तर जनअपेक्षा अनुसार काम गर्न नसक्ने, जनताप्रति जिम्मेवार बन्न नसक्ने, जनपक्षधर भन्दा पनि धनपक्षधर सरकार बन्यो।यहासम्मकि भ्रष्टाचारको विरोध गर्ला भ्रष्ट हरुलाइ कारवाहि गर्ला सहकारी पिडितलाइ न्याय देला युवाशक्ति विदेस पलायन लाई अन्त्य गर्ला भन्ने नेपाली जनताको अपेक्षालाइ जब कुठाराघात गर्न थाल्यो । जनतालाई उहीँ पुरानै शनसन व्यवस्थाको झल्को दिने गरि अघि बढ्न थाल्य‍‍‍ो नेपाली जनतामा सरकार प्रति घृणाभाव पैदा हुन थाल्य‍ो। उता दल हरु एकआपसमा तानातान गर्न थाले आ आफ्ना डम्फु बजाउन थाले नेपाली जनतालाइ न्यायमै विभेद भएको महशुस हुन थाल्यो देसको भबिष्यनै खतरामा पर्ने सङ्केत हरु देखा पर्न थाले तब नेपालि जनताले देसको भबिष्य मात्रै हैन आफ्नै भबिष्य ख‍‍ोज्नु पर्ने बाध्यात्मक अवस्थामा आउन थाल्यो।तब उहीँ हिन्दिमा भनेजस्तो भनाइ
,मर्ता न क्या नहि कर्ता” भनेजस्तो भएपछि जनताले कतिपयले सम्झि रहेका भएपनि कतिपयले बिर्सिएका राजा लाई सम्झन मात्रै थालेनन्, राजा आउ देस बचाउ भन्दै सडकमा निस्कन थाले। राजा समेत जनता बिच ,सडकमा देखिन मात्रै थालेनन् ।
हजारौ लाखौ जनताको बिचमा हातमिलाएर हिड्न थाले ।
यहाँ भन्नै पर्ने हुन्छ यहा यस्तो अवस्था आउनुमा छिमेकी राष्ट्र हैन ,राजा हैन नेपाली जनता पनि हैन, बिशेष गरेर ठुला भनिएका दल र पटकपटक मन्त्री प्रधानमन्त्री भएका नेताहरु द‍‍‍‍ोषि हुन्।

प्रतिकृया दिनुहोस