
पोखरा
स्वास्थ्य बिमाबाट आम नागरिकले ३/३ महिनाका लागि पाउने बिमा अौषधि अब भने नपाउने भएका छन्। स्वास्थ बिमा वोर्डले सुचिकृत अस्पताललाइ समयमै तोकिएको बिमा भुक्तानी नगरेकै कारण यस्तो अवस्था आएको छ।
सुचिकृतत अस्पतालले भने अब १५/ १५ दिनका लागि मात्रै अौषधि दिन थालेका छन्।

जसले गर्दा तिन महिना पछि मात्रै शहरी स्वास्थ्य प्रवर्धन महाशाखामा अौषधि लिन वा अौषधिका लागि सुचिकृत अस्पताल जानका लागि रिफर पेपर लिन आउने सेवाग्राहीले अब भने १५ दिनमा आउनु पर्ने भएको छ।
करिव डेढ महिना देखि यस्तो अवस्था आएको शाखा प्रमुख सुवेदिले वताए।
यस्तो अवस्था आएपछि आम नागरिकले सेवालिन आउदा १५/१५ दिनमै आउनु पर्नेे हुदा सास्ती पाउनुका साथै शहरि स्वास्थ प्रवर्द्धन महाशाखामा समेत थेग्नै भा पर्ने गरि दिनहु सेवाग्राहीको चाप बढ्दै जान थालेको शहरि स्वास्थ्य प्रवर्द्धन महाशाखा केन्द्र प्रमुख कुस्मराज सुवेदिले वताएका छन्।
प्रमुख सुवेदिका अनुसार एक जना डक्टरले दिनमा ५० जना सेवाग्राहीलाई सेवा दिनुपर्ने भएपनि यतिबेला भएको सेवाग्राहिको चापले गर्दा दिनहु १०० भन्दा माथि सेवाग्राहीलाई सेवा दिनु परेको गुनासो पोखे ।

केन्द्रमा जनशक्ति पुर् नहुनु थोरै जनशक्तिले धेरै जनालाई सेवप्रदान गर्नु पर्ने बाध्यता र अर्को तर्फ सेवाग्राहीले समयमै सेवा पाउन नसक्नुले गर्दा आफू दोहोरो गुनासोकै चेपुवामा परेको सुवेदीले वताए।

उनका अनुसार एकदिन यहि सातामा करिब १००० जना भन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गरिएको छ भने अझै सेवाग्राहीको थप चाप बढ्दै जाने हुदा जनशक्तिकै अभावका कारणले गर्दा सेवाग्राहीलाई भनेजस्तो सेवा प्रवाह गर्न नसकिने वताए । यसो त स्वास्थ्य महाशाखा प्रवर्द्धन केन्द्रमा सेवालिन आउने सेवाग्राहीले हिजो बस्ने कुर्सी समेत उपलब्ध नभएको चारैतिर झाडि भएको फोहोरले दुर्गन्धित भएको कारणले सास्ती भोग्नु पर्ने अवस्था थियो भने, पछिल्लो समय थप सुधार भएपछि केही राहत महशुस गरेको सेवाग्राहीले वताएका छन्।
