Monday, July 27News That Matters

Author: डाँडाघरे खबर

भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको कडा चेतावनी : ‘न्याय बिना उठिवास स्वीकार्य छैन’

भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको कडा चेतावनी : ‘न्याय बिना उठिवास स्वीकार्य छैन’

ताजा समाचार, मुख्य समाचर
पोखरा । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिले उचित व्यवस्थापन बिना गरिने उठिवासको निर्णयविरुद्ध कडा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। कास्की जिल्ला समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकाको हालैको निर्णयले हजारौं परिवारमा गम्भीर त्रास फैलाएको जनाएको छ। समितिका अनुसार विना विकल्प गरिने उठिवासले संविधानले सुनिश्चित गरेका आवास, गाँस, बास, कपास तथा बाँच्न पाउने मौलिक अधिकारमाथि नै प्रश्न उठाएको छ। संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरुङले सरकारले सुकुम्बासीलाई अन्यायपूर्ण तरिकाले हटाउन खोजेको आरोप लगाउँदै भने, “हाम्रा जायज मागहरूलाई बेवास्ता गरियो र विकल्पविना बल प्रयोग गरियो भने हामी चुप बस्दैनौं, आवश्यक परे अन्तिमसम्म संघर्षमा उत्रिन्छौं।” त्यस्तै सहसंयोजक रमेश बलकोटीले विकास र सुशासनको नाममा सुकुम्बा...
पोखरामा ‘मालती मङ्गले’को प्रचारप्रसार, सामाजिक यथार्थ र प्रेमको नयाँ संगम प्रस्तुत गर्ने दाबी

पोखरामा ‘मालती मङ्गले’को प्रचारप्रसार, सामाजिक यथार्थ र प्रेमको नयाँ संगम प्रस्तुत गर्ने दाबी

ताजा समाचार, मुख्य समाचर
पोखरा, आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मङ्गले’ को प्रचारप्रसारका क्रममा निर्माण टिम र कलाकारहरू पोखरा आइपुगेका छन्। चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा वैशाख १९ गते मुग्लान रेष्टुरेन्ट मिडटाउनमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मबारे विस्तृत जानकारी दिइएको हो। कार्यक्रममा फिल्मको कथा, पात्रहरूको गहिराइ र निर्माण पक्षबारे चर्चा गर्दै कलाकारहरूले चलचित्रलाई केवल प्रेमकथा मात्र नभई सामाजिक यथार्थसँग जोडिएको भावनात्मक प्रस्तुतिका रूपमा वर्णन गरे। प्रस्तुतकर्ता तथा गायक रामकृष्ण ढकालले चलचित्र समाजभित्रका वास्तविक घटना र सम्बन्धका जटिल भावनालाई पर्दामा उतार्ने प्रयास भएको बताए। उनका अनुसार फिल्ममा प्रेमसँगै रहस्य र सस्पेन्सको मिश्रणले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्नेछ। नायिका वर्षा राउतले ‘मालती’ पात्रलाई आफ्नो अभिनय ...
मजदुर दिवसमा श्रमिक अधिकार सुनिश्चित गर्न ट्रेड युनियनको जोडदार माग

मजदुर दिवसमा श्रमिक अधिकार सुनिश्चित गर्न ट्रेड युनियनको जोडदार माग

ताजा समाचार, मुख्य समाचर
पोखरा, १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश समितिले श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै श्रमिक आन्दोलनबाट प्राप्त अधिकारहरू अझै व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि श्रमिकका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता मौलिक हक अझै सुनिश्चित हुन नसकेको महासंघको भनाइ छ। महासंघका अध्यक्ष रूद्र गौतमका अनुसार श्रमिकहरूको रोजगारी सुनिश्चित गर्न, सामाजिक सुरक्षा सुदृढ बनाउन तथा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ। विज्ञप्तीमा सरकारले हालसम्म श्रमिकमैत्री नीति ल्याउन ...
दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै

दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै

ताजा समाचार, मुख्य समाचर
पोखरा, दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं संस्करणको “रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२” आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको हो। वि.सं. २०५७ सालमा कास्कीबाट सुरु भएको मञ्च अहिले गण्डकी प्रदेशस्तरमा सक्रिय संस्थाको रूपमा स्थापित भइसकेको छ। खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले मञ्चले २०७२ सालदेखि निरन्तर रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ। यस वर्षको अवार्डमा ९ विधा समेटिएका छन्, जसमा वर्ष खेलाडी (पुरुष/महिला), पिपुल्स च्वाइस, लाइफ टाइम अचिभमेन्ट, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड रहेका छन्। यसपटक पिपुल्स च्वाइस र स्पेशल अवा...
पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ

पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ कास्की प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा लागू औषध, जुवातास तथा फरार प्रतिवादीसम्बन्धी घटनामा संलग्न ११ जनालाई पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहँदै फरार रहेका कास्की मादी गाउँपालिका–७ घर भई हाल पोखरा–१३ बस्ने ३२ वर्षीय हेमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट नियन्त्रणमा लिई कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ। यसैगरी, लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा पोखरा महानगरपालिका–२७ रिड्डेपानी तथा तालचोक क्षेत्रबाट २९ वर्षीय भरत घिसिङ पक्राउ परेका छन्। उनको साथबाट डाइजेपाम, फेनारगन र ब्रुफिनुर्फिन गरी जम्मा ३४५ एम्पुल, एक थान मोबाइल र नगद रु. १ हजार बरामद भएक...
स्याङ्जामा हराएको सुनका गरगहना सुरक्षित फिर्ता, भेट्टाउने व्यक्तिलाई सम्मान

स्याङ्जामा हराएको सुनका गरगहना सुरक्षित फिर्ता, भेट्टाउने व्यक्तिलाई सम्मान

ताजा समाचार, मुख्य समाचर
स्याङ्जामा हराएको सुनका गरगहना सुरक्षित फिर्ता, भेट्टाउने व्यक्तिलाई सम्मान पोखरा , वैशाख १२ — स्याङ्जामा हराएको सुनका गरगहना प्रहरीले खोजतलास गरी सुरक्षित रूपमा सम्बन्धित धनिलाई बुझाएको छ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१० राङखोला निवासी ३२ वर्षीया अनिता शर्मा अधिकारीले स्कूटरमा स्याङ्जाबाट पोखरा जाँदै गर्दा सुनका गरगहना सहितको ब्याग हराएको भन्दै प्रहरीमा सूचना दिएकी थिइन्। उक्त सूचनाको आधारमा खोजी कार्य अघि बढाइएको थियो। खोजतलासकै क्रममा पुतलीबजार–१ निवासी ५३ वर्षीय लोकबहादुर थापाले मजुवा क्षेत्रमा फेला पारेको उक्त ब्याग मिति २०८३ वैशाख १३ गते प्रहरी कार्यालयमा बुझाएका थिए।प्रहरीका अनुसार ब्यागभित्र सिक्रि २ तोला, हार १ तोला, बेरूवा २ थान, पोते सहितको सुनको माला १ थान र चन्द्रमा १ थान रहेको थियो। सबै गरगहना सुरक्षित अवस्थामा फेला परेपछि सम्...
क्षत्री समाजद्वारा विज्ञ समूह गठन

क्षत्री समाजद्वारा विज्ञ समूह गठन

ताजा समाचार, मुख्य समाचर
पोखरा, क्षत्री समाजले संविधान संशोधन समितिसमक्ष उपयुक्त राय सुझाव पेस गर्न विज्ञ समूह गठन गरेको छ । राष्ट्रिय हित, आमजातिको एकतासहित क्षत्री जातिप्रतिको विभेद अनत्यका लागि आवशयक राय सुझाव पेस गर्न उक्त समिति गठन गरिएको समाजका महासचिव कृष्णबहादुर थापाले जानकारी दिए । उक्त समिति संयोजकमा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता वीरेन्द्र केसी, सदस्यमा समाजका कानून विभाग प्रमुख अधिवक्ता यमबहादुर क्षत्री र केन्द्रीय सल्लाहकार प्राध्यापक सूर्य खड्का विखर्ची रहेका छन् ।समाजको दोस्रो कार्यकारिणी बैठक तथा चौथो केन्द्रीय समितिको बैठकले उक्त समितिसहित समाजको मागलाई अनुमोदन गरेको छ ।आम खस क्षत्री जातिलाई आदिवासी सूचीकृत गरिनुपर्ने, धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल हुनुपर्ने, जातीय आरक्षणको खारेज गरिनुपर्ने, आरक्षणलाई वर्गीय वा जातीय जनसंख्याको आधारमा गर्नुपर्ने, सरकारबाट दिने स...
कम्बोडिया जाँदै कास्कीका मुवाथाई खेलाडी रोहित कायत र सागर परियार

कम्बोडिया जाँदै कास्कीका मुवाथाई खेलाडी रोहित कायत र सागर परियार

ताजा समाचार, मुख्य समाचर
कम्बोडिया जाँदै कास्कीका मुवाथाई खेलाडी रोहित कायत र सागर परियार पोखरा रंगशालामा सोमबार बिहानको माहोल केही फरक देखिन्थ्यो। नियमित अभ्यासको दिनजस्तो नभई, त्यहाँ उत्साह र भावनाको मिश्रण थियो किनकि दुई युवा खेलाडी अन्तर्राष्ट्रिय यात्रामा निस्कँदै थिए। रोहित कायत र सागर परियार कम्बोडियामा हुने प्रतियोगिताका लागि तयारीसहित उभिएका थिए। उनीहरूलाई स्ट्रोङ्गेष्ट मुवाथाई संघ पोखराले औपचारिक रूपमा बिदाइ गर्दै जितको शुभकामना दिएको थियो। कम्बोडियामा आयोजना हुने ‘कुन खमेर च्याम्पियनसिप’ मा रोहित कायत ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने सागर परियार ६६ केजीमा भिड्नेछन्। दुवै खेलाडी लामो समयदेखि मुवाथाईमा अभ्यास गर्दै आएका, पसिनासँगै सपना बोकिरहेका अनुहार हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवले उनीहरूको आत्मविश्वास झन् बलियो बनाएको छ। बिदाइ कार्यक्रममा प्रदेश खेलकुद प...
वसन्त आधारभूत बिध्यालयको ५७ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न

वसन्त आधारभूत बिध्यालयको ५७ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा, वसन्त आधारभूत बिध्यालयको ५७ अौ वार्षिकोत्सब तथा अभिभावक दिवस सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न पोखरा महानगर पालिका वडा नम्बर २४ कास्की कोट स्थित वसन्त आधारभूत बिधालयले आफ्नो ५७ अौ वार्षिकोत्सबको अवसरमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम २८ गते शनिबार सम्पन्न गरेको छ ।आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २४ भरत वहादुर अधिकारीको आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष अधिकारीले बिधालयले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा बिधालय परिवारलाई धन्यवाद दिदै बिधालयमा शिक्षक दरबन्दी थप गरिएको जानकारी गराउदै आगामी दिनमा बिधालयको सँरक्षण तथा खेलकुद तथा शैक्षिक अवस्था लाई थप उर्जाशिल बनाउनका लागि वडा नम्बर २४ सदा तयार रहेको वताउदै बिधालयका हरेक समस्या समाधान गर्ने प्रतिबद्धता जनाउदै बिध्यालयको उत्तरोत्तर प्रगतिको कामना सहित बधाई तथा शुभकामना दिनुभयो । बिध्यालय व्यवस...
संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल

संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल

ताजा समाचार, मुख्य समाचर
पोखरा संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन ।  आज पोखरामा सम्पन्न सातौ महाधिवेशनले कडेलको नेतृत्वमा नयाँ  कार्यसमिति निर्वाचित गरेको हो । सस्थाको उपाध्यक्षमा कंचन थापा कोइराला र महासचिवमा  उमा आले मगर निर्वाचित भए ।यसैगरी सस्थाको सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल ( तारा ) चयन  भए ।सदस्यहरुमा  शोभा नेपाल , सपना  अधिकारी, रोजी श्रेस्ठ, रिना थापा, देकीका तामाङ विना थापा मगर निर्वाचित भए । महाधिवेशनमा सर्वसम्मत निर्वाचित भएको नयाँ  कार्यसमितिको कार्यकाल ३ वर्ष  रहेको छ ।यसअघि महाधिवेशनको उद्घघाटन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागीता बढाउन सञ्चारिकाले भूमिका खेल्नुपर्नेमा जोड दिइन ।कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, सञ्चारिका समूह नेपालका अध्यक्ष...