Tuesday, April 21News That Matters

Author: डाँडाघरे खबर

१४औँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा, पौष २९ देखि माघ ११ सम्म सञ्चालन

१४औँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा, पौष २९ देखि माघ ११ सम्म सञ्चालन

ताजा समाचार, मुख्य समाचर
पोखरा १४औँ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। अमरसिंह माध्यमिक विद्यालयको विशाल खेलमैदानमा आगामी पौष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवबारे जानकारी दिँदै युनाइटेड क्लबका प्रचार–प्रसार संयोजक दिनेश सुनारले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। “युवाको जाँगर, राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासहित २०६७ सालमा स्थापना भएको युनाइटेड क्लबले विगत १३ वर्षदेखि निरन्तर पोखरा महोत्सव आयोजना गर्दै आएको छ। क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै १४औँ संस्करणसम्म आइपुगेको सुनारले जानकारी दिए। पोखरा महोत्सवबाट संकलित आम्दानीमार्फत पोखरा र आसपासका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको बताउँदै उनले स्वास्थ्यतर्फ दुर्गम तथा ग्रामीण भेगका नागरिकलाई लक्षित गरी नि...
कास्कीमा ३०४ औँ पृथ्वी जयन्ती भव्य रूपमा मनाइने

कास्कीमा ३०४ औँ पृथ्वी जयन्ती भव्य रूपमा मनाइने

ताजा समाचार, मुख्य समाचर
पौष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा शोभायात्रा, माल्यार्पण र बौद्धिक चर्चा पोखरा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कास्की जिल्लामा भव्य रूपमा मनाइने भएको छ। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, कास्कीले यही २०८२ साल पौष २७ गते विभिन्न कार्यक्रमसहित दिवस मनाउने तयारी पूरा गरेको छ। समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाल राष्ट्रका निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा शोभायात्रा, माल्यार्पण तथा बौद्धिक चर्चा कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ धर्मसभाका अध्यक्ष आदरणीय गुरु वलभद्रनाथ योगीजी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रम अनुसार पौष २७ गते आइतबार अपरान्ह ११ बजे कास्की जिल्लाभित्रका सामाजि...
लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका अनुसार लागू औषध ब्राउन सुगरसहित एक जना व्यक्ति पक्राउ परेका छन्। २०८२ पुसको २४ गते करिब ४ बजे पोखरा महानगरपालिका वडा नम्बर ९ क्षेत्रमा लागू औषधको बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले नयाँबजार क्षेत्रमा चेकजाँच गर्ने क्रममा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ३ घर भई हाल पोखरामा बस्दै आएका २७ वर्षीय संजय यादवलाई पक्राउ गरेको जनाएको छ। खानतलासी गर्दा उनको साथबाट कालो प्लास्टिकमा पोको पारी राखिएको ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्ति...
वडा नम्बर ३३ का अध्यक्ष अधिकारीमाथि ल्यान्डफिल साइट विरोधीलाई खुकुरी देखाएर तर्साएको आरोप

वडा नम्बर ३३ का अध्यक्ष अधिकारीमाथि ल्यान्डफिल साइट विरोधीलाई खुकुरी देखाएर तर्साएको आरोप

ताजा समाचार, मुख्य समाचर
पोखरा शुक्रबार लामो समय देखी विवादित पोखराको ३३ पुडिटार फोहोर प्रशोधन केन्द्र( ल्याण्डफिल साइड ) निर्माण गर्ने महानगर पालिकाको निर्णय विरुद्ध स्थानीय वासि विरोधमा उत्रिएका छन्। ल्याण्डफिल साइड निर्माण गर्न नदिने अडान लिदै आइरहेका स्थानिय माथि आक्र‍ोस पोख्दै पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दामाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ।पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णय विरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आइरहेका थिए।बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको महानगर पालिकाले अटेरी गरेको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय ३३ अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए। सो विरोध तथा घेराउ कार्यक्र...
सत्ता भागबन्डाको एकता

सत्ता भागबन्डाको एकता

विचार/लेख
सात शालदेखि नेपालमा राजनीतिक परिवर्तनसँगै विभिन्न राजनीतिक दलहरूले आफ्ना पाटिको सिद्धान्त, विचार र वादलाई लिएर अघि बढ्दा देशमा पटकपटक व्यवस्था फेरिए, शासक फेरिए। तर नेपाली जनताले देखेका सपना कहिल्यै फेरिएनन्। दशकौंदेखि ज्युका त्यहि रहिनै रहे। किनभने राजनीतिक दल र नेताहरूले वर्षौंदेखि कहिले जनतासँग माफि माग्दै, त कहिले “अबदेखि यस्तो हुँदैन” भन्दै जनतालाई देखाएका सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै आए। तर आजसम्म आइपुग्दा देश यति खोक्रो भएको छ कि हामी हरेक नेपालीको थाप्लोमा मात्रै हैन, गर्भमा रहेको त्यो बच्चाको थाप्लोमा समेत ऋणको भारले थिचिरहेको छ।दलहरूले हिजो नेपाली जनताबीच लिएर आएका पाटिका, एजेन्डा, विचार, सिद्धान्त मात्रै हैन, विभिन्नवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद, विपिवादलाई पनि सत्ता र भत्ताका लागि गणितीय खेलमा लगाएर राजनीति कमाउने धन्दा बनाउँदै जनमतको खिल्ली उडाउँदै आएका छन्। पूर्व–...
कास्कीमा २३०३ जना निर्वाचन प्रहरी आवश्यक, भर्ना प्रक्रिया सुरु ।

कास्कीमा २३०३ जना निर्वाचन प्रहरी आवश्यक, भर्ना प्रक्रिया सुरु ।

ताजा समाचार, मुख्य समाचर
पोखरा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी आवश्यक पर्ने भएको छ। नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन प्रहरी (नेपाल प्रहरी/सशस्त्र प्रहरी बल, नेपाल) भर्ना सम्बन्धी एकीकृत सूचना सार्वजनिक गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट स्वयम् उपस्थित भई दरखास्त आव्हान गरेको हो। जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२” बमोजिम भर्ना प्रक्रिया अघि बढाइएको हो। दरखास्त २०८२ साल पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्न सकिनेछ। सार्वजनिक बिदाका दिन पनि आवेदन लिन व्यवस्था गरिएको छ।आवेदन जिल्ला प्रहरी कार्यालय गैह्रापाटन, कास्की तथा सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण, माले...
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा प...
कास्कीमा पूर्वमन्त्री खड्कासहित सयौँको सङ्ख्यामा रास्वपामा प्रवेश

कास्कीमा पूर्वमन्त्री खड्कासहित सयौँको सङ्ख्यामा रास्वपामा प्रवेश

ताजा समाचार, मुख्य समाचर
पोखरा जेनजि आन्दोलन पछि देसैभर भएको राजनीतिक उथलपुथल सगै पुराना भनिएका दलहरुमा समेत कतै आन्तरिका चर्काचर्कि त कतै असन्तुष्टिका धर्का धर्कि देखिएको बेला पार्टि अध्यक्षमाथि सहकारी रकम हिनाविना अभियोगको शिकार बनेको रास्वपा भने न्यून न्याय पाएसगै राजनीतिक नयाशक्ति एक बनाउने दौडमा लागेको छ।विकासका नाममा निचोरिएको नाममा साँघुरिएको पोखराको प्रदर्शनी केन्द्रमा रास्वपा द्वारा शनिबार आय‍ोजित कार्यकर्ता तथा पाटि प्रवेस कार्यक्रमको अवसरमा तत्कालीन गण्डकी प्रदेस पुर्व मन्त्री कुमार खड्का यसभन्दा अगाडिको स्थानीय निर्वाचनमा महानगर पोखराको मेयर पदका आकाङ्क्षि तथा नेकपा एमाले गण्डकी प्रदेस सदस्य समेत रहेका कास्कीका पुष्प अधिकारि र प‍ोखराकै सफल उध्योग व्यवसायिको रुपमा स्थापित नेपाली काङ्ग्रेस कास्की सक्रिय सदस्य मिलन थापा लगायत सयौको सँख्यामा भब्य समारोहका बिच रास्वपा प्रवेस गरेका छन्। ...
बस्ताकोटी वँश अनुसन्धान परिषद केन्द्रीय कमिटीको पाँचौं अधिवेशन सम्पन्न।

बस्ताकोटी वँश अनुसन्धान परिषद केन्द्रीय कमिटीको पाँचौं अधिवेशन सम्पन्न।

ताजा समाचार, मुख्य समाचर
बस्ताकोटी वंश अनुसन्धान परिषद् केन्द्रीय समितिको ११ औँ साधारण सभा तथा पाँचौं महाधिवेशन  गत शनिबार सम्पन्न भएको छ।अधिवेशनले राम प्रसाद बस्ताकोटिको नेतृत्वमा एक सदस्य पछि थप गर्ने गरि २५ सदस्यीय कमिटि सर्वसम्मत बाट चयन गरेको छ। Oplus_131072 नेपालभरि छरिएर रहेका समस्त कौशिक गोत्रिय बस्ताकोटी बन्धुहरूको तनहुँको पवित्र तीर्थस्थल देवघाट धाम मा गरिएको साधारण सभा तथा अधिवेशन बाट नयाँ कार्यसमिति चयन गरिएको हो।अधिवेशनमा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए।उद्घाटनकै क्रममा बन्धुत्व एकता गरेर अगाडि बढ्न सुझाव दिदै अधिवेशन सफलताको शुभकामना दिएका थिए। लामो समयदेखि बस्ताकोटी वंश लाई महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका समाजसेवी एवं अग्रज व्यक्तित्व रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा जम्मा २४ सदस्यिय नव कार्यसमितीको चयन गरिएको छ। ...
नैतिकताको सङ्कटमा राजनीतिक एकता

नैतिकताको सङ्कटमा राजनीतिक एकता

विचार/लेख
देसमा भ्रष्टाचारले चरम् सिमा नाघेपछि दण्डहीनता मौलाउदै गएपछि, शुशासन विलुप्त हुँदै गएपछि,न्यायालय ,स्वास्थ्य शिक्षा सबै तहका सम्वैधानिक निकायमा व्याप्त राजनीति हावि हुँदै गएपछि ,देसका सबै क्षेत्रमा रहेका नियमनकारि निकाय समेत राजनीतिको शिकार बन्दै जान थालेपछि देसमा भ्रष्टाचार माफिया तस्करको हालिमुहालि भएर देस चरम् सङ्कटमा पर्न थालेपछि  ,देसको मुल शक्ति ,युवाशक्ति बिदेस पलायन हुन बाध्यात्मक परिस्थिति सृजना हुन थालेपछि , जेनजि युवासमुह जाग्यो र  जेनजि आन्दोलनको घोषणा गर्यो,तत्कालीन सरकारले जेनजिलाइ नपत्याए जस्तो गरि वेवास्ता गर्दै र  नजरअन्दाज गरेकै कारण देसले ठुलो जनधनको क्षति ब्यहोर्नु पर्यो।   जसले गर्दा परिणाम नेपालका बर्षौ राजनीतिक इतिहास बोकेका ठुला ठुला दल हरुमा मात्रै नभएर साना साना दलहरुमा समेत  नेपालको राजनीतिमा जेनजि आन्दोलनले ठूलै उथलपुथल ल्यायो। ...