Saturday, September 12News That Matters

Author: डाँडाघरे खबर

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ : नाइट स्ट्रिट रेसको तयारी अन्तिम चरणमा

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ : नाइट स्ट्रिट रेसको तयारी अन्तिम चरणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा, नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा क्लिकर तथा पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा चैत २८ गते हुने प्रतियोगिताबारे शनिबार फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। ५ किलोमिटर दूरीको यो रात्रिकालीन दौड वाराहीघाटबाट बेलुका ७ बजे सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेडुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुनेछ। अंग्रेजी नयाँ वर्षको तुलनामा नेपाली नयाँ वर्षमा पर्यटन प्रवर्द्धनका कार्यक्रम कम भइरहेका बेला ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रमका संयोजक दीननाथ बरालका अनुसार रात्रिकाल...
नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको क्यालेन्डर विमोचन तथा अन्त्रक्रिया कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको क्यालेन्डर विमोचन तथा अन्त्रक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा, नेपाल राष्ट्रिय घरभाडा सरोकार  समितिले नया बर्ष ८३ आगमनको पुर्व सन्ध्यामा नया बर्षको क्यालेन्डर विमोचन तथा अन्तर्क्रिया कार्यक्रम शुक्रबार  एक कार्यक्रमका बिच सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्वर ६ का वडा अध्यक्ष विष्णु वहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो। विमोचन कार्यक्रममा प्रमुख अतिथि भट्टराईले क्यालेन्डर विमोचन गर्दै उपस्थिति सबैलाई नया बर्षको शुभकामना दिदै कार्यक्रमको उद्घाघाटन गर्दै  नेपाल राष्ट्रिय घर भाडा सरोकार समितिले गरेका कामको प्रशंसा गर्नु भएको थियोे । आयोजित कार्यक्रममा विभिन्न सँघ सँस्था तथा सर‍ोकार निकाय प्रतिनिधि हरुले घरभाडा सम्बन्धि रहेका समस्या र समाधानका बारेमा आ आफ्ना भनाइ राखेका थिए।  घर भेटि र भाडामा बस्ने बिच कानुनी प्रावधान सहित सुमधुर सम्बन्ध राख्नु पर्नेमा सबैको जोड रह...
नया सरकार चुनौती र अवसर

नया सरकार चुनौती र अवसर

डाँडाबाट हेर्दा, विचार/लेख
नया सरकार चुनौती र अवसर देसमा यस्तो अकल्पनीय ढङ्गले दुई तिहाइको सरकार बन्ला भन्ने कुरा जो कसैले पनि सोचेको पनि थिएनन् होला यहासम्म कि स्वँय रवि वालेनले पनि सोचेको थिएनन् होला तर फागुन २१ को जनमत यस्तो आइदियो कि पुरानो सत्तालाइ बढारेरै छाड्यो ।देसले इतिहासमै नभएको नरसंहार ब्यहोरेर देस पुरै खरानिमय भएपछि भने धन्नै दुई तिहाइ बहुमत ल्याएर बनेको सरकारका लागि भने सत्ता चलाउनु फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ। किन भने देसमा दसकौ सत्ता चलाएर पुराना भनिएका दल र नेताहरु चुनावमा जनमतबाट बढारिए पनि उनिहरुमा रहेको सत्ता स्वादको त्यो तिर्खा भने अझै मेटिएको छैन। जसले गर्दा नया सरकारका हरेक कदममा उनिहरुले काडा बिछ्याउने छन्। अवरोध र विरोध गर्ने छन् ।फेरि नेपालको राजनीतिक सत्तामा भए केही पनि गर्न नसक्ने सत्ता बाहिर भए विरोध र अवरोध मात्रै गर्ने परम्परागत नै छ। त्यसैले सत्ता चलाउनु नया सरकारका लागि ...
सहारा क्लब, राजबहादुर गुरुङ, फडिन्द्र अधिकारी र एकराज गिरी सम्मानित, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पत्रकारलाई प्रतिपक्ष बन्न आग्रह

सहारा क्लब, राजबहादुर गुरुङ, फडिन्द्र अधिकारी र एकराज गिरी सम्मानित, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पत्रकारलाई प्रतिपक्ष बन्न आग्रह

ताजा समाचार, मुख्य समाचर
पोखरा, नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। कार्यक्रममा पोखरा पत्रकारिता सम्मानबाट संस्थातर्फ सहारा क्लब पोखरा र व्यक्तिगततर्फ राजबहादुर गुरुङ लाई सम्मान गरिएको छ । सहाराले ‘आहा ! रारा पोखरा गोल्डकप’ मार्फत खेलकुद तथा खेल पर्यटनमा र सहारा एकेडेमीमार्फत समाजसेवामा पुर्‍याएको योगदानका साथै गुरुङले पत्रकारितामार्फत समाज रूपान्तरणमा खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरिएको माधव बराल ले जानकारी दिए। दुबैलाई नगद ५०/५० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यस्तै, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट फडिन्द्र अधिकारी र एकराज गिरी लाई पुरस्कृत गरिएको छ । उनीहरूलाई जनही २५ हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको बरालले बताए। सम्मानित व्यक्...
टाटा एसके ६१२ पोखरामा सार्वजनिक, ढुवानी क्षेत्रमा नयाँ विकल्प

टाटा एसके ६१२ पोखरामा सार्वजनिक, ढुवानी क्षेत्रमा नयाँ विकल्प

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरामा टाटा ऐसके ६१२ गाडी सार्वजनिक गरिएको छ। सिप्रदी ट्रेडिङको आयोजनामा दुई दिनसम्म चलेको कार्यक्रममा उक्त गाडी औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कार्यक्रममा गण्डकी मझौला मिनी ट्रक व्यवसायी संघ र गण्डकी ट्र्याक्टर तथा मिनी ट्रक समितिको सक्रिय सहभागिता रहेको थियो। समितिका अध्यक्षहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा खड्कबहादुर बिक (निवर्तमान अध्यक्ष), नारायण कोइराला (निवर्तमान अध्यक्ष), मनोज रसाइली, डम्बर ढकाल तथा ट्राफिक प्रमुख मनोज ज्ञवाली लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी मिनी तथा मझौला ट्रक बिक्री प्रमुख आदित्य जंग हिमाली र एरिया म्यानेजर पशुपति पौडेल सहित विभिन्न सरोकारवाला व्यक्तिहरूको समेत सहभागिता रहेको थियो। उक्त कार्यक्रमअन्तर्गत बीएस–६ प्रविधिसम्बन्धी विशेष तालिम सञ्चालन गरिएको थियो। तालिममा ११५ जना चालक, सहचालक तथा गाडीधनीहरूको उत...
पोखरामा 18D सिनेमा सञ्चालन उद्घाटनमा राजेश हमाल

पोखरामा 18D सिनेमा सञ्चालन उद्घाटनमा राजेश हमाल

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा अब मनोरञ्जनको क्षेत्रमा थप नयाँ सुविधा थपिएको छ। फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि 18D सिनेमा सञ्चालनमा ल्याएको हो। नेपालमै पहिलोपटक सुरु गरिएको यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा आएको हो। सिनेमाको औपचारिक उद्घाटन राजेश हमालले गर्नुभएको थियो। उहाँले पोखराका दर्शकले फरक शैलीको अनुभव लिन पाउने बताउनुभयो। “पोखरा आफैमा सुन्दर सहर हो। यहाँ धेरै फिल्महरूको सुटिङ हुने गर्छ। सिनेमाको व्यवसायिक हिसाबले पनि पोखरालाई महत्त्वपूर्ण सहर मानिन्छ। यो सिनेमा मात्र नभई एउटा नयाँ संसारको यात्रा हो,” उहाँले भन्नुभयो। फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको अत्यधिक माया र सकारात्मक प्रतिक्रियाका कारण पोखरामा विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार, काठमाडौँको भन्दा यहाँको प्रविधि अझ उन्नत छ। उच्...
पोखरामा खेलकुद पत्रकारहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरामा खेलकुद पत्रकारहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने नारासहित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रेस रजिस्ट्रार कार्यालय गण्डकीको सहयोग रहेको थियो। तालिम नेपाल पत्रकार महासंघ कास्कीको भवनस्थित सभाहलमा सम्पन्न भएको हो। फोटो :- राम गुरुङ तालिमको दोश्रो दिन प्रशिक्षक देवेन्द्र सुबेदीले क्रिकेट विधामा पत्रकारले खेल कसरी बुझ्ने र रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए। उनले क्रिकेट मैदान अवलोकन गराउँदै व्यवहारिक अभ्याससहित खेलका नियम तथा रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने विषयबारे जानकारी गराएका थिए। त्यसैगरी मार्सल आर्ट्सतर्फ प्रशिक्षक सुबास खड्काले प्रशिक्षण...
गण्डकीमा खेलकुद पत्रकारिता तालिम सुरु, पत्रकारलाई खेलकुदको ज्ञान र सीप बढाउने प्रयास

गण्डकीमा खेलकुद पत्रकारिता तालिम सुरु, पत्रकारलाई खेलकुदको ज्ञान र सीप बढाउने प्रयास

ताजा समाचार, मुख्य समाचर
“स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने नाराका साथ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजनामा खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। दुई दिने उक्त तालिम नेपाल पत्रकार महासंघ कास्की को सभाहलमा सञ्चालन गरिएको हो। कार्यक्रममा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रेस रजिस्ट्रार कार्यालय गण्डकी को सहयोग रहेको छ। तालिम कार्यक्रममा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ। कार्यक्रमको उद्घाटन प्रेस रजिस्ट्रार बिमला भण्डारी ले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले नयाँ तथा अनुभवी पत्रकारहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी खेलकुद पत्रकारितालाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूलाई आफ्नो कलमलाई अझ तिखार बनाउन आग्रह समेत गर्नुभयो। कार्यक्रमका सभापति तथा...
नेपालको राजनीतिक खेल, इञ्जिन विनाको रेल

नेपालको राजनीतिक खेल, इञ्जिन विनाको रेल

विचार/लेख
हरेक नेपलिले यदि गम्भीर भएर सोच्ने हो र नेताहरूले पनि इमानदारिताका साथ साच्चिकै भन्ने हो भने नेपालको राजनीतिक खेल इञ्जिन विनाको रेल भने जस्तो भएको छ।किन भने नेपालमा यतिका धेरै पाटि भए कि कुन पाटि कतिखेर कहाँ कुन पाटि सँग जोडिन्छन् तल भएका कार्यकर्ताले समेत चाल पाउदैनन्। अघिल्लो दिन सम्म विचार सिद्धान्त नमिलेका हरु पनि एक हुनु पर्छ कहिले एउटै पाटि विचार सिद्धान्त भएर पनि फरकफरक भएर हिड्नु पर्ने अवस्था आउँछ यी र यस्ता अवस्था आउनुको कारण अरु कोहि नभएर सत्ता स्वार्थमा लिप्त नेता हरु नै हुन् भन्दा फरक नपर्ला। हरेक पाटिका कार्यकर्ताको जसरी रेलमा एक डिब्बा अर्को डिब्बाका जोडिन्छ र अर्को गन्तब्यमा पुर्याइन्छ ठिक त्यहि हालत भएको छ ।नेपालको राजनिती खेल कतिखेर कहाको कुन बिन्दु तिर प्रस्थान गर्छ  भनेजस्तो गरि  नेताले नेपालका कुनैपनि पाटिका शिर्ष नेताले आफ्नो पाटिलाइ रेलको डब्बा जोडे जस्...
कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

ताजा समाचार, मुख्य समाचर
काठमाडौँ क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेले १८,७५७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ११,१७१ मतसहित पराजित भए।