२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन
पोखरा, पौष १५ ।
२० औं माछापुच्छ्े पोखरा ओपन टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नं १ ¥याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा ब्रेक लगाए ।
पोखरा रंगशालाको टेनिस कम्लेक्समा सम्पन्न फाइनलमा प्रदिप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका पूर्व नेपाल नं १ संरक्षकले दोश्रो सेटमा भने २–६ ले प्रदिपलाई सुम्पिए तर तेश्रो तथा अन्तिम सेटमा ६–४ ले संघर्षपूर्ण जित निकाल्दै नगद रु ८० हजारका साथमा ट्रफी,...









