फुटबलर गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन
पोखरा
नेपालका पूर्व राष्ट्रिय खेलाडी गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य समेत रहेका स्व. गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन ।
आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे । मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व. गुरुङका छोरा देवान गुरुङबिचमा पाँच वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता भएको हो । देवानले आफुलाई अपांगता भएका व्यक्तिलाई सहयोग गर्न मन पर्ने बताउँदै उनीहरुमा शाहस ल्याउनका लागि बुबाको नामम...









