Friday, April 17News That Matters

खेलकुद

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारको पनि सहमति

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारको पनि सहमति

खेलकुद
भरतपुर । अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । भरतपुर महानगरपालिकालाई  रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको थियो ।तर, भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान ९इस्टिमेट० बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न प्रदेश सरकारलाई हिजो नै प्रस्ता...
वडा १५ मा बृहत खेलकुद महोत्सवको तयारी

वडा १५ मा बृहत खेलकुद महोत्सवको तयारी

खेलकुद
पुष २५,पोखरा पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा माघको पहिलो साता वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव हुने भएको छ । माघको २ देखि ४ गते सम्म बन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा हुने महोत्सवको पूर्वाद्धमा वडाले बुधबार वडावासीसंग छलफल गरेको छ । सो अवसरमा वडाध्यक्ष तोरण बानियाँले आगामी प्रतियोगितालाई सफल पार्न वडावासीलाई आग्रह गरे । आपसी भाइचारा विकास र वडावासीविचको सम्बन्धमा सुमधुरता ल्याउन वडाले यो महोत्सव आयोजना गरेको उनले बताए । प्रतियोगितामा सहभागिता जनाउन वडा १५ को बासिन्दा हुनुपर्ने, तथा अन्यत्रबाट आएको भए बसाई सराईको कागजात हुनुपर्ने बानियाँले सो अवसरमा जानकारी दिए । महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने खेलकुद कार्यक्रमका संयोजक वडा सदस्य आशिष भण्डारीले जनाए । पुरुष स्तरिय टोल तथा क...
दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

खेलकुद
पोखरा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल संघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा।विको प्राङ्गणमा पौष २६ गते देखि २८ गतेसम्म भलिबल प्रतियोगिता संचालन हुने छ । नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिन.व. गुरुङले बताए ।खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको उपाध्यक्ष सिता अधिकारीले उल्लेख गरिन । गण्डकी प्रदेश अन्तर...
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई परिषदको साथआगामी फागुन पाँच गते

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई परिषदको साथआगामी फागुन पाँच गते

खेलकुद
पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ ।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करणलाई प्रदेश खेलकुद परिषदले साथ दिने भएको हो । बिहिबार प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीसहित अन्य पदाधिकारी बीच भएको भेटघाटमा परिषदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र खेलाडीका लाग मार्गदर्शनको रुपमा रहेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरको म्याराथन गर्दै मञ्चले ठूलो काम गरेको उनको भनाई छ । मञ्चलाई अझै विस्तार गर्न समेत उनले अनुरोध गरे । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन मञ्चको मात्रै नभई समग्र प्रदेशको रहेको र परिषदले यसका लागि गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे...
गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

खेलकुद
पोखरा । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए ।त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ ९नवलपुर०, इन्द्र पाठक ९बागलुङ०, बिनोद कुमार घर्ती ९म्याग्दी०, जगदिश कुवंर ९पर्वत०, रत्न बहादुर गुरुङ ९स्याङजा० र बिजय खनाल ९तनहुँ० रहेका छन् ।यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरु आवश्यक रहने कुरा औंल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दि...
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट, सर्यो मिति

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट, सर्यो मिति

खेलकुद
पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ ।  प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो ।  प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव शर्माले जानकारी दिएका छन् । “हामीले पौष १५ गते सम्म जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएका थियौं” सदस्य सचिव शर्माले भने–“बाग्लुङ, म्याग्दी, लमजुङ, र पर्वतमा समयमा प्रतियोगिता हुन सकेन । त्यसैका कारण हामीले फागुनमा गर्ने निधो गरेका छौं ।” सम्पन्न बैठकले नवलपुरका विभिन्न ८ ...
४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण 

४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण 

खेलकुद
पोखरा  इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो र ७ जना खेलाडीलाई पहेलो हरियो बेल्ट प्रदान गरिएको डोजाङका प्रशिक्षक निरोज बहादुर नेपालीले जानकारी दिए ।  खेलाडीलाई प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा ललितसिंह धामी, आनन्द सिग्देल, डोजाङका संस्थापक प्रकाश पुराजुली, सुदीप कोइराला, मिरा गुरुङ, सुरजकुमार माझी, निशान नेपाली र अर्जुन गुरुङको सहभागीता थियो । ...
पोखरामा नियमित खेलकुदका गतिविधि बढाउनः राखेप सदस्य गुरुङको आग्रह, प्रगती स्कुलको खेलकुद दिवस पोखरा रंगशालामा

पोखरामा नियमित खेलकुदका गतिविधि बढाउनः राखेप सदस्य गुरुङको आग्रह, प्रगती स्कुलको खेलकुद दिवस पोखरा रंगशालामा

खेलकुद
पोखरा २०, पुष राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेशकुमार गुरुङले पोखरामा नियमित खेलकुदका गतिविधि बढाउन आग्रह गर्नु भएको छ । पोखराको प्रगती बोर्डिङ स्कुलको खेलकुद दिवस २०८० को शुक्रबार पोखरा रंगशालामा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशको राजधानि पोखरामा खेलकुदका गतिविधिहरु बढाउन आग्रह गर्नु भएको हो । खेलकुदको जग भनेकै बिद्यालय भएकोले उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी अहिले देखिनै खेलकुदका गतिविधि बढाउन सदस्य गुरुङले बिद्यालयहरुलाई सुझाव दिनु भएको हो । कर्णाली प्रदेशमा आउदो २०८१ को मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलकुदका गतिविधि बढाउनु पर्ने उहाँको भनाई थियो । पोखरा रंगशालामा निर्माण भएका खेल भौतिक संरचनाको संरक्षण सहित भरपूर्ण रुपमा प्याव्सन, एन प्याव्सन, हिसान लगायतका संघ संस्थाहरुले उपयोग गर्न राखेप सदस्य गुरुङको ...
कास्की एक सय ५३ रनले विजयी

कास्की एक सय ५३ रनले विजयी

खेलकुद
पोखरामा आजबाट सुरु भएको पिएम कप एक दिवसीय गण्डकी प्रदेश छनोट खेलमा कास्की १ सय ५३ रनले विजयी भएको छ । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा सुरु भएको प्रतियोगितामा कास्कीले बागलुङ सानदार जित हासिल गरेको हो । दुई सय ६८ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ एक सय १५ रनमै २४.१ ओभरमा अलआउट हुन पुग्यो । बागलुङका लागि रविन कार्कीले २१ बलमा १५ रन जोडे । सुवर्ण खडकाले १२ रन जोडे । कास्कीका लागि कृष्ण पौडेलले ७ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ३ विकेट लिए, अदित्य थापाले ३.१ ओभरमा १३ रन खर्चेर २ विकेट लिइ भने कप्तान विपिनले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । त्यसअघि कास्कीका लागि मुस्कान थापाले ८९ बलमा सर्वाधिक ७४ रनको योगदान दिए भने कप्तान विपिन खत्रीले ३६ बलमा अर्धशतक पुरा गरे । अदित्य थापा २१ रनमा अविजित रहे । रोहित चन्दले २९ रन बनाए । बागलुङका लागि अस्विन थापाले ९ ओभरमा ३८ रन खर्चेर सर्वाधि...
गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित

गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित

खेलकुद
पोखरा। गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का ९रविन्द्र० विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै कार्यसमिति सदस्यमा सुस्मिता पाठकलाई मनोनयन गरेको छ । यस अघि भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले दशौंको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष...