पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै
पोखरा । आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् ।
नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजक समेत हो ।
सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीक देखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताएका छन् । उनले प्रतियोगिता अन्तर्...









