हेमजा भेट्रान्स कप पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश
असार,४ हेमजा । हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए ।
त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५ लाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा १३ ले ३–१ गोल अन्तरले पोखरा ५ लाई पराजित गर्दे विजयी भएको हो । खेलको ३२ औं मिनेटमा राजकुमार गुुरुङले पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा न.१३ लाई ३ गोलको अग्रता दिलाए । वडा न ५ का अनिल राज कोइरालाल ५६ औ मिनेटमा १ गोल गर...









