माछापुच्छ्रे गा.पा अध्यक्ष कप भलिबल प्रतियोगिता : दोस्रो दिन ६ खेल सम्पन्न
पौष २६, हेमजा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ ।
शुक्रबार भएको खेलमा गल्कोट न.पाले शुक्लागण्डकी म.पा तनहुँलाई, चापाकोट म.पा स्याङजाले ताराखोला गा.पा बाग्लुङलाई, बोदीकाली गा.पा नवलपुरले माछापुच्छे« गा.पा कास्कीलाई, चापाकोट न.पा स्याङजाले पुन निसीखोला गा.पा बाग्लुङलाई, कालीगण्डकी गा.पा स्याङजाले भिमाद न.पा तनहुँलाई, र अन्नपुुर्ण गा.पा कास्कीले रुपा गा.पा कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गर्न सफल भए ।
शुक्रबार गल्कोट र कालीगण्डकी विच भएको अन्तिम क्वाटर फाईनल खेल लाईट पोटेष्टका कारण शनिवार ९ बजे सम्मका लागि स्थगित गरिएको छ । अन्तिम क्वाटर फाईनल खेल विजेताले अन्नपुर्ण गा.पा कास्की संग शनिवार हने दोस्रो सेमिफाईनल खेलमा भिडनेछ भने प...









