गण्डकीमा खेलकुद पत्रकारिता तालिम सुरु, पत्रकारलाई खेलकुदको ज्ञान र सीप बढाउने प्रयास
“स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने नाराका साथ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजनामा खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। दुई दिने उक्त तालिम नेपाल पत्रकार महासंघ कास्की को सभाहलमा सञ्चालन गरिएको हो। कार्यक्रममा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रेस रजिस्ट्रार कार्यालय गण्डकी को सहयोग रहेको छ। तालिम कार्यक्रममा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
कार्यक्रमको उद्घाटन प्रेस रजिस्ट्रार बिमला भण्डारी ले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले नयाँ तथा अनुभवी पत्रकारहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी खेलकुद पत्रकारितालाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूलाई आफ्नो कलमलाई अझ तिखार बनाउन आग्रह समेत गर्नुभयो। कार्यक्रमका सभापति तथा...









