कास्कीमा २३०३ जना निर्वाचन प्रहरी आवश्यक, भर्ना प्रक्रिया सुरु ।
पोखरा
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी आवश्यक पर्ने भएको छ। नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन प्रहरी (नेपाल प्रहरी/सशस्त्र प्रहरी बल, नेपाल) भर्ना सम्बन्धी एकीकृत सूचना सार्वजनिक गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट स्वयम् उपस्थित भई दरखास्त आव्हान गरेको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२” बमोजिम भर्ना प्रक्रिया अघि बढाइएको हो। दरखास्त २०८२ साल पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्न सकिनेछ। सार्वजनिक बिदाका दिन पनि आवेदन लिन व्यवस्था गरिएको छ।आवेदन जिल्ला प्रहरी कार्यालय गैह्रापाटन, कास्की तथा सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण, माले...









