Saturday, April 18News That Matters

ताजा समाचार

म्यानपावर कार्यालयभित्रै पत्रकारमाथि अभद्र व्यवहार

म्यानपावर कार्यालयभित्रै पत्रकारमाथि अभद्र व्यवहार

ताजा समाचार, मुख्य समाचर
पोखरा अमित्य ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रालि पोखरा शाखामा समाचारका लागि पुगेका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति विभिन्न पत्रकार संगठनहरूले एकपछि अर्को गर्दै कडा प्रतिक्रिया जनाएका छन्। नेपाल प्रेस युनियन कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिपछि अब नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले पनि विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ। मंसिर ४ गते ढोरपाटन दैनिकका संवाददाता विजय नेपालीले ‘अमित्य ग्लोबल म्यानपावरमा त्यो २ घण्टा’ शीर्षकको रिपोर्टर डायरी मार्फत घटनाको विवरण सार्वजनिक गरेपछि तीनै संगठनले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका कार्यसमिति सदस्य तथा ढोरपाटन दैनिकका संवाददाता विजय नेपालीसँगै पत्रकार सुरेश सुनार, अर्जुन हिताङ र विष्णु विश्वकर्मामाथि गरिएको व्यवहारप्रति मञ्चले गम्भीर आपत्ति जनाएको छ। समाचारका ...
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासँघ कास्की समन्वय कास्की अध्यक्षमा केसि सर्वसम्मत चयन

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासँघ कास्की समन्वय कास्की अध्यक्षमा केसि सर्वसम्मत चयन

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासँघ जिल्ला समन्वयन समिति कास्की को सातौ साधारण सभा तथा तेस्रो अधिवेशन बाट पृथ्वी राजमार्ग वससेवा कम्पनी प्रालिका पुर्व अध्यक्ष योगेन्द्र वहादुर केसि कृष्ण ढुङ्गानाको अध्यक्षतामा भएको बिहिबारको भेला बाट सर्वसम्मत चयन भएका छन्। केसि अध्यक्ष रहने गरि आगामी तीन बर्षे कार्यकालका लागि ११ सदस्यीय समन्वय समिति गठन गरिए हो।सचिवमा पोखरेलि ट्याक्सी सेवा प्रालि बरिस्ठ उपाध्यक्ष सुर्य वहादुर थापा । कोषाध्यक्ष पोखरा यातायात प्रालि सँचालक देवि कुईकेल रहेका छन् भने सदस्यमा क्रमश: स्थानीय बस कम्पनी प्रालि सँञ्चालक रामचन्द्र लामिछाने, फेवा यातायात प्रालि सँञ्चालक राजु थापा, बेगनास ताल यातायात प्रालि सँञ्चालक भुवन शर्मा जमरकट्टेल, गण्डकी ट्याक्टर प्रालि अर्जुन राज पँगेनि, गण्डकी मिनि ट्रक यातायात प्रालि सँञ्चालक बिष्णु थापा, आर वि यातायात प्रालि ...
पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगरले उनलाई नगद र समानपत्रसहित सम्मान अर्पण गरेका हुन् । पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औं वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कार अर्पणपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताए । आगामी दिनमा दृढताका साथ अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो । ‘पत्रकारिता केवल पेशा होइन, यो समाजको धड्कन सुन्ने कला हो । कहिले कठोर, कहिले कोमल, कहिले विवादास्पद तर सधैं नै सत्यतर्फ उन्मुख यस बाटोमा थुप्रै अवरोध, थुप्रै चुनौती आउँछन्,’ उनले भने, ‘तर आज यो सम्मानले...
पोखरेलि टेक्सि सेवा प्रालिको सातौ साधारण सभा सम्पन्न

पोखरेलि टेक्सि सेवा प्रालिको सातौ साधारण सभा सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा , पोखरेलि टेक्सि प्रालिको सातौ साधारण सभा नेपाल यातायात राष्ट्रिय महासँघ अध्यक्ष विजय वहादुर श्वारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। नेपाल यातायात व्यवसायि राष्ट्रिय महासँघका अध्यक्ष तथा प्रमुख अतिथि विजयबहादुर स्वाँरले साधारण सभाको उद्घाटन गर्दै राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको निजी यातायात क्षेत्रमा सरकारले नजर अन्दाज वेवास्ता गरेको प्रति दुख प्रकट गर्दै यातायात क्षेत्र झन् सरकारको सहयात्री भएको बताउँदै नीजि क्षेत्रलाई वेवास्ता गर्दै गएमा सिङ्गो देस दुर्घटनामा जाने बताएका छन् ।बिहीबार पोखरामा आयोजित पोखरेली ट्याक्सी सेवा प्रालिको सातौँ बार्षिक साधारणसभामा बोल्दै उनले नीजि क्षेत्रको समस्या लाई सरकारले गम्भिरताका साथ नबुझि उल्टै तिरस्कार गर्दै गएमा ययातायात क्षेत्र मात्रै नभइ सिङ्गो देस दूर्घटना जान सक्ने सङ्केत गरेका छन्। सोही अवसरमा यातायात ...
अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

ताजा समाचार, मुख्य समाचर
पोखरा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए । साथै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको उनले बताए । 'ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुद सँगै पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुगेको छ ।' मेयर आचार्यले भने । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष...
जनता जनार्दन अभियान नेपालद्वारा मेयर आचार्यलाई ध्यानाकर्षण तथा सुझावपत्र

जनता जनार्दन अभियान नेपालद्वारा मेयर आचार्यलाई ध्यानाकर्षण तथा सुझावपत्र

ताजा समाचार, मुख्य समाचर
पोखरालाई अनुशासित, सभ्य र व्यवस्थित सहर बनाउन १५ बुँदे सुझावपोखरा ।पोखरालाई अनुशासित, सभ्य र व्यवस्थित सहरको रूपमा स्थापित गराउनु पर्ने भन्दै जनता जनार्दन अभियान नेपाल (JJAN) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई सुझावपत्र सहित ध्यानाकर्षण गराएको छसञ्चारकर्मी तथा अभियान संयोजक शिवराज बस्ताकोटी (शिवदाइ) द्वारा हस्ताक्षरित उक्त पत्रमा पोखराको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई संरक्षण गर्दै सहरलाई अझ थप सुरक्षित, सफा र आकर्षक बनाउनका विभिन्न व्यावहारिक सुझावहरू समावेश गरिएको छ।ध्यानाकर्षण पत्रमा पर्यटकिय सहरमा बढ्दो सवारी बढ्दो दुर्घटनालाई न्यूनिकरणका लागि कङ्क्रिट डिभाइडरको सट्टा टायर डिभाइडर राख्न सडकमा ट्राफिक सर्तकता बोर्ड र (स्ट्रिट फर्निचर) जडान गर्न, साथै फुटपाथ र हाट बजारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सुझाव दिइएको छ।त्यसैगरी, पोखराका सडकमा रहेका खाल्डाखुल्डीहरू...
प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित १ जना पक्राउ

प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित १ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हातहतियार लुटपाट सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले लुटिएको हतियारसहित एक किशोरलाई पक्राउ गरेको छ।कास्की प्रहरीले मिति २०८२।०७।२३ गते पोखरा–४ मा डेरा गरी बस्ने १६ वर्षका एक किशोर परिवर्तित नाम थर भएका बालकलाई (२०८२/२०८३ कास्की ३१ ) पक्राउ गरेको हो। सो क्रममा वडा प्रहरी कार्यालय बगरको आम्दानीमा रहेको चाइनिज पेस्तोल (टाइप ५४) बरामद भएको बताइएको छ। प्रहरीका अनुसार पक्राउ परेका बालकलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। बरामद सामान चाइनिज पेस्तोल टाइप ५४ (म्याग्जिन बिना) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्र.ना.उ. हरीबहादुर वस्नेतले जानकारी दिएका छन्। ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवाकेन्द्रको रक्तदान कार्यक्रम सम्पन्न, ५४ युनिट सङ्कलन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवाकेन्द्रको रक्तदान कार्यक्रम सम्पन्न, ५४ युनिट सङ्कलन

ताजा समाचार, मुख्य समाचर
पोखरा, “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नाराका साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्र, पोखरा–१४ ले आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।पोखरेली ट्याक्सी सेवा प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको यस समूहले पहिलो पटक सुरु गरिएको रक्तदान अभियानलाई आगामी दिनदेखि हरेक वर्ष निरन्तर रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवाका चालक, कर्मचारी र सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदानमा सहभागीहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र मानवीय सेवाको भावना बलियो बनाउने उद्देश्य रहेको बताए। कार्यक्रमका सभाध्यक्ष केन्द्र बहादुर के.सी. ले ट्याक्सी व्यवसाय मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि चालकहरू अग्रणी बन्नुपर्नेमा जोड दिँदै रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।त्यस्तै, प्र...
पोखरामा चोरीका स्कुटरसहित पाँच जना पक्राउ

पोखरामा चोरीका स्कुटरसहित पाँच जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की — पोखराका विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरु बरामद गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल तथा स्कुटरहरूको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले दुईवटा स्कुटर सहित चार जनालाई र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले एक जना सहित अर्को चोरीको स्कुटर बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुमा पोखरा महानगरपालिका–३३ का २१ वर्षीय शेरबहादुर पुन मगर, वडा नं. ५ का २५ वर्षीय अजय नेपाली, वडा नं. १० का २१ वर्षीय सुशिल गुरुङ, वडा नं. ११ का २० वर्षीय सुदिप परियार, र वडा नं. १३ काँहुँखोला निवासी २७ वर्षीय रोशन परियार रहेका छन्। इलाका प्रहरी कार्यालय शिशुवाले ग ९ प ८७६१ र ग १५ प ५२३७ नम्बरका स्कुटरहरू बरामद गरेको जनाएको छ ...
पोखरामा ब्राउनसुगर सहित दुई जना पक्राउ

पोखरामा ब्राउनसुगर सहित दुई जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की प्रहरीले लागू औषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १७ गते साँझ करिब ८ बजे पोखरा तर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाईसबाट लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा सो गाडी रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सो हाईसमा सवार पोखरा–३२ बस्ने ३७ वर्षीय विनोद ढकाल र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने ३८ वर्षीय विकास लामाको साथबाट ब्राउनसुगर (खैरो हिरोइन) जस्तो देखिने ३.८९ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान...