परिवर्तन युवा क्लबद्वारा दोस्रो ‘त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२’ आयोजना गर्दै
पोखरा
परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा एशियन कन्क्रिटो प्रस्तुत दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तथा उद्देश्यबारे जानकारी दिन क्लबले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।
युवा क्लबका अध्यक्ष श्री सुदिप बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्चालन सचिव श्री दक्षिणा बरालले गर्नुभएको थियो भने उपाध्यक्ष श्री सरस्वती बरालले स्वागत मन्तव्य राख्नुभयो भने सह-सचिव श्री प्रेरणा ढकालले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रममा मिक्स मार्शल आर्ट्स एसोसिएसन गण्डकी प्रदेशका सचिव निर्दोष विक्रम पौडेलको विशेष उपस्थिति रहेको थियो।
“समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिता यही फागुन ७ देखि ९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित ...









