Saturday, April 18News That Matters

ताजा समाचार

पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा ‘स्मृति स्तम्भ’

पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा ‘स्मृति स्तम्भ’

ताजा समाचार
पोखरामा गत वर्ष भएको यति एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण गरिएको छ ।  विसं २०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति सभा सहित स्मृति स्तम्भको अनावरण गरिएको हो ।  पोखरा महानगरपालिका वडा नं ७ र १४ को सिमाना सेँतीखोच नजिक दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको हो ।   स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गर्नुभएको हो ।  स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरू सहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ । उनीहरूको स्मृति...
पोखराका पत्रकारद्वय पौडल र शाहीको स्मृतिमा सभा तथा दीप प्रज्वलन

पोखराका पत्रकारद्वय पौडल र शाहीको स्मृतिमा सभा तथा दीप प्रज्वलन

ताजा समाचार
 पोखराका पत्रकारद्धय स्व त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा आज स्मृतिसभा आयोजना गरिएको छ । साथै साँझ दीप प्रज्वलन गरिएको छ ।  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की शाखा र प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पत्रकार महासंघमा स्मृतिसभा आयोजना गरेका हुन् । गत वर्ष आजकै दिन पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी पत्रकार पौडेल र शाहीको निधन भएको थियो ।  पत्रकार पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकीको संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज हुनुहुन्थ्यो । शाही प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको सदस्य हुनुहुन्थ्यो ।  स्मृतिसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका ७२ जनाको स्मरणमा दुर्घटनास्थलमा स्मृति ...
पोखरा महोत्सवमा दर्शकको भिड

पोखरा महोत्सवमा दर्शकको भिड

ताजा समाचार, मनोरन्जन, मुख्य समाचर
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सवमा सोमबार लोकदोहोरी ...
प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

ताजा समाचार
पोखरा २९ पुसप्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले  सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका खेल्ने बताए ।उनले प्रेस क्लब गण्डकीले बहसमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रह समेत गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउदै अझै सशक्त...
एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना 

एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना 

ताजा समाचार, मुख्य समाचर
विजज नेपाली  पोखरा २०७९ साल नेपालका लागि कालो दिन रह्यो । गण्डकी प्रदेशमा दुई जहाज दुर्घटनामा परे ।  माघे संक्राती अर्थात नेपालीहरुको एक चाड नेपालभर आ-आफ्नो घरमा एकता भै मिठा-मिठा खाने । विषेश गरि कन्दमुल सखरखण्ड र तरुल खाने प्रचलन । पोखरामा त झन एक ऎतिहासिक ढुन्ङेसाघु मेला हुने गर्छ । एक वर्ष अघि आजकै दिन अर्थात माघ १ गते काठमाडौंबाट पोखराका लागि यति एयर बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जना यात्रुको एकै चिहान बन्यो । जुन दुर्घटना नेपाली हवाइ इतिहासका आन्तरिक उडानतर्फकै भयानक र सबैभन्दा ठूलो दुर्घटना हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ गरि ६८ जना यात्रु र ४ चालक दलका सदस्य सवार रहेका ...
अल्फाबिटा पोखराको शैक्षिक परामर्श सम्पन्न

अल्फाबिटा पोखराको शैक्षिक परामर्श सम्पन्न

ताजा समाचार
अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले  अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका  थिए । झण्डै  दुई सय जना विद्यार्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा आयरल्याण्डका ग्रिफ्त कलेज, यु.एस.ए.को योंग्स् टाउन स्टेट युनिभर्सिटी, यु.के. को द युनिभर्सिटी अफ ल र क्यानडाको युनिभर्सिटी अफ क्यानडा वेस्टका प्रतिनिधिहरुको  प्रत्यक्ष उपस्थिती रहेको थियो । अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न प्रसिद्द विश्वविद्यालयका झण्डै २ दर्जन एसिया रिजनल रिप्रेजेन्टेटिभहरूको उपस्थिती समेत रहेको थियो। विगत ३३ वर्ष...
मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण लोकार्पण

मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण लोकार्पण

ताजा समाचार
पोखरा, २९ पुस । मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण पोखरामा आइतबार लोकार्पण गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इं, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्र पन्नाचन, पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले संयुक्तरुपमा लोकार्पण गरे । मुस्ताङको मार्फा गाउँ (हाल घरपजोङ गाउँपालिका) मा बोलिने मूल मार्फा थकाली भाषा संकटमा पर्दै गएपछि संरक्षणका लागि समिति नै गठन गरी शब्दहरु संकलन गरिएको थियो । गठित मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजकमा हाल पोखरा निवासी ७५ वर्षीय वीरेन्द्रकुमार हिराचन थिए । संकलित शब्दहरुको नेपाली–अंग्रेजी शब्दकोष र ब्याकरण भाषा आयोगले प्रकाशन गरेको हो । लोकार्पण समारोहमा भाषा आयोगका अध्यक्ष...
रत्नश्री जिम पोखरा वनभोज तथा सन्मान कार्यक्रम

रत्नश्री जिम पोखरा वनभोज तथा सन्मान कार्यक्रम

ताजा समाचार, मनोरन्जन
रत्न श्री जिम द्वारा आयोजित वनभोज  तथा  बधाई तथा सन्मान कार्यक्रम आज पोखरा २६ मा सम्पन्न भएको छ।   आयोजित बनभोज तथा सन्मान कार्यक्रममा रत्नश्री जिम शान्ति नगर चोक  प्रमुख तथा प्रशिक्षक कमल भण्डारि साथै  रत्नश्री जिम सेन्टर लेकसाइडका सुरेस लामा, र  सुमित सेन सन्मानित हुनु भएको छ। रत्नश्री जिम पोखरा प्रमुख शङ्करमान उदास ज्यु को आतिथ्यमा  गरिएको आयोजित  कार्यक्रममा  रत्नश्री जिम सेन्टर  शान्तिनगर चोक  प्रमुख तथा प्रशिक्षक भण्डारि,  लामा ,साथै सेनलाई  प्रमुख उदासले बधाई  दिनुका साथै मायाको चिनो सहित  सन्मान गर्नु भएको थियो।  कार्यक्रममा बोल्दै प्रमुख उदासले पोखरामा जिम अभ्यास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै यसरी विभिन्न विधामा  बिभिन्न मेडल प्राप्त गर्न सफल भएकोमा  बधाई दिदै  यसले सिङ्गो पोखराको समेत गरिमा लाइ बढाएको महशुस ...
नेपाल रेडक्रस सोसाइटी पोखरा ३३ उपशाखाको १९औं साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा ३३ उपशाखाको १९औं साधारण सभा सम्पन्न

ताजा समाचार
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका ३३ उपशाखाको १९औं साधारण सभा शनिवार सम्पन्न सम्पन्न भएको छ । उपशाखाका सभापति टुकराज आचार्यको अध्यक्षतामा भएको सो साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २ क बाट निर्बाचित सांसद भीमबहादुर कार्र्कीले मानवीय सेवा रेडक्रसको मूल मर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागि पर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले मानवीय जोखिम कम गर्न जुनियर , युवा, महिला सबै रेडक्रसकर्मीहरु लाग्न आग्रह गरे । नेपाल रेडक्रस सोसाईटी कास्कीका जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारी, सल्लाहकार केशरप्रसाद निर्दोषी, उपशाखाका पूर्व सभापति यज्ञप्रसाद अधिकारी लगायतले रेडक्रसका वारेमा आ आफना धारणा राखेका थिए । रेडक्रसका सात सिद्धान्त वाचन गरिएको उक्त कार्यक्र...
पोखरा महोत्सवमा दर्शक वढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार, महोत्सवमा आइतबार समिक्षा अधिकारी र रकहेड्सको प्रस्तुती रहने

पोखरा महोत्सवमा दर्शक वढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार, महोत्सवमा आइतबार समिक्षा अधिकारी र रकहेड्सको प्रस्तुती रहने

ताजा समाचार
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको साथ वढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा महोत्सवको प्रवेश टिकटबाट बम्पर उपहार राखिएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवको अन्तिम दिन पुरस्कारको घोषणा गरिने छ । दर्शकले महोत्सव प्रवेशमा काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्नु पर्नेछ । दर्शकहरुले पहिलो पुरस्कार एभरेष्ट स्टील दराज, दोस्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट, एक थान टेबल र चार थान कुर्ची र तेश्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट ...