Saturday, April 18News That Matters

ताजा समाचार

महेन्द्रपुलमा चक्कु प्रहार

महेन्द्रपुलमा चक्कु प्रहार

ताजा समाचार
 पोखरा / पोखराको महेन्द्रपुलमा एक युवाले चक्कु प्रहार गर्दा एक घाइते भएका छन । महेन्द्रपुल स्थित मोबाइल टावर अघि एक युवाले चक्कु प्रहार गरेको एक स्थानीयले बताएका छन । मोबाइल टावरमै रहेका मोबाइल प्रोमोटरहरुको सनिबार बनभोज कार्यक्रममा  सामान्य विवाद भएको स्रोतको दाबी छ । बनभोज सकाएर घर फर्किएपछी  महेन्द्रपुलको प्रहरी विटदेखि करिब ५० मिटर तल चक्कु प्रहार भएको स्रोतको दाबी छ । ...
पोखरा महोत्सवमा रौनक वढ्दै

पोखरा महोत्सवमा रौनक वढ्दै

ताजा समाचार
पोखरा । बिहीबार देखी पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो । हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलो संगै याकको बारेमा जान्न सक्नेछन । त्यसैगरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सव प्रवेशमा काटिने हरेक टिकटमा नेपाल टेलिकमको सिमकार्ड निशुल्क गरिएको छ । महोत्सवको टिकट काटेर भित्र छिर्ने दर्शकले महोत्सव परिसरमा राखिएको नेपाल टेलिकमको स्टलबाट सिमकार्ड लिन सक्नेछन । त्यसैगरी पोखरा महोत्सवमा घरमै बसेर पनि अनलाइनमार्फत टिकट काट्न सक्...
पोखरा महोत्सव सुरु, पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण सरकारले जवाफ दिनपर्छ ः सभामुख घिमिरे

पोखरा महोत्सव सुरु, पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण सरकारले जवाफ दिनपर्छ ः सभामुख घिमिरे

ताजा समाचार
पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखी बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभासद देबराज घिमिरेले उद्घाटन गरेका हुन । महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने वताएका छन । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दापनि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको वताउदै अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण स्थानिय, प्रदेश र केन्द्र सरकारले पत्ता लगाइ पोखरेली जनतालाई जानकारी दिनुपर्ने वताए । के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ रहेको थियो । त्यसैगरी सभामु...
विन्ध्यवासिनीको रक्तदानमा ७७ युनिट संकलन

विन्ध्यवासिनीको रक्तदानमा ७७ युनिट संकलन

ताजा समाचार
पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ । विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा विहीवार विहान आयोजित रक्तदान कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।कार्यक्रममा वोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरिन् । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताउँदै नयाँ रक्तदातालाई प्र...
रेडक्रस पोखरा–२६ को औं बार्षिक साधारणसभा सम्पन्न

रेडक्रस पोखरा–२६ को औं बार्षिक साधारणसभा सम्पन्न

ताजा समाचार
पोखरा, पुस २६ गते नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति दण्डराज शर्माले आपत विपतमा परेकालाई सहयोग रेडक्रस संस्थाले नै भएको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी राखी उपाशाखा पोखरा–२६ को ३० औं बार्षिक साधारण सभाको बिहिबार उद्घाटन गर्दै सभापति शर्माले मानव सेवा गर्ने विभिन्न तरिका भएतापनि रेडक्रसले विशुद्ध आपतविपतमा परेकालाई तत्काल उद्धार गरि ठुलो घटना हुनबाट बचाउने काम रेडक्रसले गर्ने बताएका हुन् । आपतविपतमा बिशेष रुपले खट्नु नै रेडक्रसको मुख्य मर्म र भावना भएको रहेको उनले बताए । सोही अवसरमा कास्की शाखाका पूर्वसभापति बामदेव ढुंगानाले एक सय ६० वर्ष पहिला हेनरी डुईनाले जुन शिद्धान्त प्रतिपाद गरे अहिले आएर पनि विश्व मानव समुदायमा त्यसका बारेमा सहि तरिकाले बुझाउन नसक्दा रेडक्रसले मानवीय सेवाका लागि हिंसात्मक गतिविधीको रोकथाममा जनचेतना फैलाउनु पर्ने सुझाव राखेका थिए ।   ...
गण्डकी विश्वविद्यालयमा व्यथितिडीनसँगै रजिस्टार र परीक्षा नियन्त्रक विरुद्ध अख्तियारमा चार उजुरी

गण्डकी विश्वविद्यालयमा व्यथितिडीनसँगै रजिस्टार र परीक्षा नियन्त्रक विरुद्ध अख्तियारमा चार उजुरी

ताजा समाचार
गण्डकी विश्वविद्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा चार वटा उजुरी परेका छन् । विश्वविद्यालयका विभिन्न कार्य नीति तथा कानुन विपरीत भएको भन्दै उजुरहरु परेका हुन् । गण्डकी विश्वविद्यालय संचालनका लागि बनेको विश्वविद्यालयको ऐन अन्तरगतको गण्डकी विश्वविद्यालयसंगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरित नै डीन, रजिष्टार र परीक्षा नियन्त्रक नियुक्त गरेको पाइएपछि उख्तियारमा उजुरी परेको हो । अख्तियारमा डीन नियुक्त अवैधानिक भन्दै दुई, विश्वविद्यालयका रजिस्टार विरुद्ध एक र परीक्षा नियन्त्रक विरुद्ध एक उजुरी परेको अख्तियार स्रोतले बताएका छन् । विश्वविद्यालय ऐन तथा गण्डकी विश्व विद्यालय संगठन तथा शैशिक प्रशाशन नियमावली, २०७७ को परिच्छेद १९ को दफा ४९ मा रजिष्ट्रारको व्यवस्था गरी निजको योग्यता को अनुभवको व्यवस्था उल्लेख गरेको छ । उक्त नियमावलीको नियम ४५ (१) मा ‘रजिष्ट्रारको पदमा ...
बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

ताजा समाचार, मुख्य समाचर
पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले बाह्रौं संस्करणको पोखरा महोत्सव देखी लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा बिपन्न विद्यार्थीहरुका लागि आवाशिय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि रकम छुट्याइने संयोजक श्रेष्ठले बताए । बाह्...
क्यान्सर विरुद्ध गण्डकी प्रदेश सरकारको चासो

क्यान्सर विरुद्ध गण्डकी प्रदेश सरकारको चासो

ताजा समाचार
समाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले क्यान्सर विरुद्ध गण्डकी प्रदेस सरकारले खोप किन्ने तयारी गरेको वताउदै अहिलेको खानपिन र जिवनशैलीको कारण क्यान्सरका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ।नेपाल अर्बुद रोग निवारण संस्थाको ३३ औं केन्द्रीय सभालाइ सम्बोधन गर्दै सिम्खडाले नेपालीले खानपानमा ध्यान दिएमा क्यान्सर जस्तै बिभिन्न रोगहरु निवारण हुँदै जाने वताउनु भयो।प्रदेश सरकारले क्यान्सर बिरामीलाई १ लाख सम्म दिने, क्यान्सर विरुद्धको खोपको लागि मन्त्रालयले ५ करोड बिनियोजन गरेको जानकारी दिनुभयो । नेपाल अर्बुद रोग निवारण संस्थाले विभिन्न प्रकारका अनुसंधान गरेर क्यान्सरका बिरामी घटाउन सहयोग गरेको बताउनुभयो।नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले अखाद्य वस्तु सेवन तथा प्रयोगबाट धेरैलाई क्यान्सर देखिएको बताउनुभयो ।महिलाको पाठेघर क्यान्सर धेरै भएको र यस्लाई घटाउन सरक...
पत्रकार महासंघ कास्कीको विषय लेखन तालिम सम्पन्न

पत्रकार महासंघ कास्कीको विषय लेखन तालिम सम्पन्न

ताजा समाचार
पोखरा, २३ पौष नेपाल पत्रकार महासंघ कास्कीले दुई दिने विषय लेखन तालिम सम्पन्न गरेको छ । पोखरामा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा युवा पत्रकारहरुका लागि उक्त तालिमको आयोजना गरिएको हो ।तालिममा निकै उत्साहजनक सहभागिता रहेको थियो । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले तालिमले राम्रो समाचार लेखनलाई मद्दत मिल्नेमा आफू आसावादी रहेको सुनाइन् । महासंघ पत्रकारहरुको छाता संगठन भएकाले पत्रकारका लागि यस्ता कार्यक्रमहरु आयोजना गरुरहेको सुनाइन । तालिम संयोजक तथा उपाध्यक्ष राम प्रसाद तिमिल्सिनाले तालिमले पत्रकारहरुलाई समाचार लेखन वृद्धिमा इट्टा थप्ने काम गरेको बताए । समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल रहेका थिए ।  दुइदिने तालिम तथा प्रशिक्षणको मुख्य प्रशिक्षक गोरखापत्रका सम्पादक  मोदनाथ ढकाल, प्रमुख प्रशिक्षक राष्ट्रिय...
म्याग्दीमा ढुंगा र चिर्पटले वृद्धा र बालिकाको हत्या, एक पक्राउ

म्याग्दीमा ढुंगा र चिर्पटले वृद्धा र बालिकाको हत्या, एक पक्राउ

ताजा समाचार
पोखरा म्याग्दीमा ढुंगा र चिर्पट प्रहार गरि दुई जनाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उनकी नातीनी ७ वर्षीया प्रियंका गर्बुजाको ढुंगा र दाउराको चिर्पट प्राहर गरि हत्या गरिएको छ । आक्रमण गरेको देखेपछि जोगाउनका लागि प्रयास गर्दा छिमेकी ६६ वर्षीय अमृता जुगजाली घाइते भएको प्रहरीले जनाएको छ।ढुंगाको छपनी तथा चिर्पट दाउराले प्रहार गर्दा ७० वर्षिय मनिषाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अशोक झाले जानकारी दिए । घाइते नातीनी र छिमेकीको दरवाङ आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको थियो। नातिनी प्रियंकाको पोखरामा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । घरमा मनिषाका छोरा बुहारी नभएको र नातीनी मात्रै रहेको समयमा एक्कासी...