पोखरा
प्रेस सेन्टर कास्की को छैटौं अधिवेशन भोलि पौष २७ गते शनिवार हुने भएको छ। अधिवेशनले आगामी ३ बर्षे कार्यकाल रहने गरि नया नेतृत्व चयन गर्नेछ।
अधिवेशन कार्यक्रमको पोखरा बास्तोलाथर शिल्भर पाटि प्यालेसमा शनिवार बिहान ९ बजे पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवँ नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठले उद्घाटन गर्नु हुनेछ।
भोलि शनिवार हुने छैटौं अधिवेशन कार्यक्रमको अवसरमा विगत जस्तै यस बर्ष पनि थमन महेश स्मृति पत्रकारिता पुरस्कार प्रेस सेन्टर कास्कीले कान्तिपुर राष्ट्रिय दैनिक कर्मि क्रियाशिल पत्रकार दिपक परियार लाई प्रदान गर्ने भएको छ।

वहा कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध रहेर पत्रकारिता कर्म गर्दै आउनु भएको छ ।
करिब डेढ दसक देखि क्रियाशिल रहि जनपक्षीय पत्रकारिता गर्दै आउनु भएका परियारलाइ शनिबार नगद २५ हजार रुपैया नगद सहित सन्मनन तथा पुरस्कृत गरिने प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडिले वताउनु भयो।
प्रेस सेन्टरका सल्लाहकार अग्रज पत्रकार कोमलनाथ बरालको सँयोजकत्वमा प्रतिभा छनोट समितिले दिएको सिफारिसको आधारमा प्रेस सेन्टर कास्कीले परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
समितिमा अग्रज पत्रकार विश्वप्रकाश लामिछाने, पूर्व सम्मानित विभु भुषाल साथै पदेन सदस्यमा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी र सचिव पुष्प दाहाल रहनु भएको छ।
भोलि शनिवार हुने भनिएको छैटौं अधिवेशनलाई सफल पार्नका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष दवाडीले जनाउनु भएको छ।
