मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण लोकार्पण
पोखरा, २९ पुस ।
मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण पोखरामा आइतबार लोकार्पण गरिएको छ ।
पोखरामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इं, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्र पन्नाचन, पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले संयुक्तरुपमा लोकार्पण गरे ।
मुस्ताङको मार्फा गाउँ (हाल घरपजोङ गाउँपालिका) मा बोलिने मूल मार्फा थकाली भाषा संकटमा पर्दै गएपछि संरक्षणका लागि समिति नै गठन गरी शब्दहरु संकलन गरिएको थियो । गठित मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजकमा हाल पोखरा निवासी ७५ वर्षीय वीरेन्द्रकुमार हिराचन थिए । संकलित शब्दहरुको नेपाली–अंग्रेजी शब्दकोष र ब्याकरण भाषा आयोगले प्रकाशन गरेको हो ।
लोकार्पण समारोहमा भाषा आयोगका अध्यक्ष...









