Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो

टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो

खेलकुद
विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो संस्करणको प्रतियोगिताको समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै कुल पाचँ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो । बुधबार भएको एकपक्षीय खेलमा एपीएफले पहिलो सेट २५-१६ ले जित्यो ।  दोस्रो सेटमा २५-९ को जित हासिल गर्‍यो ।  तेस्रो सेटमा  समूह ए बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । पुलिसको कुल चार अंक रह्यो भने गण्डकी अंक बिहिन हुँदै बाहिरियो । समूह बि तर्फ अब चन्द्रागिरी न्यु डायमण्ड र हरियाणा टिम भारत बिच खेल हुदैछ । ...
वडा १५ मा दोश्रो बृहत खेलकुद महोत्सव शुरु, झण्डै १२ सय खेलाडी सहभागी

वडा १५ मा दोश्रो बृहत खेलकुद महोत्सव शुरु, झण्डै १२ सय खेलाडी सहभागी

खेलकुद
माघ २,पोखरा पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा मंगलबारदेखि वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव–२०८० शुरु भएको छ । संविधान सभा सदस्य विद्यादेवी भट्टराईले एक समारोहका विच महोत्सवको उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रले नेपाललाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् । खेलाडीहरुको मेहनतकै कारण देशले खेलकुदका विभिन्न स्पर्धाहरुमा अन्र्तराष्ट्रिय पदक जितेको बताउँदै अब राष्ट्रले पनि खेलाडीको महत्व बुझ्नुपर्नेमा जोड दिइन् । वडास्तरम हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो । आयोजक वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्दै स्वस्थ्य नागरिक उत्पादनका वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाए । आगामी वर्षहरुमा यो कार्यक्रमलाई अझै बृहत्तर रुपमा आयोजना गरिने बानियाँले औ...
चलचित्र ‘खजुरे ब्रो’ घोषणा, महेश, निति र रेयरको प्रमुख अभिनय रहने

चलचित्र ‘खजुरे ब्रो’ घोषणा, महेश, निति र रेयरको प्रमुख अभिनय रहने

मनोरन्जन
काठमाडौँ २ माघकेही दिनदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ ।सुरज सुनुवारले लेखन तथा निर्देशन गर्ने यस चलचित्रमा महेश त्रिपाठी,नीति शाह, रेयर राई, नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। काठमाडौँमा आयोजित घोषणा कार्यक्रममा निर्देशक सुनुवारले कमेडी जनरामा यो चलचित्र बन्ने बताए । यो चलचित्र छायाङ्कन केही दिन अगाडीदेखि सुरु भइसकेको छ । नवीन मानन्धर र सुरज सुनुवारले यो चलचित्र निर्माण गर्दैछन् । कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् भने सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । शिशिर बिसंखेले छायाङ्कन गरिरहेका छन् भने अनमोल गुरुङको सङ्गीत रहने छ । यसको छायाङ्कन इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा हुने बताइएको छ । ...
पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा ‘स्मृति स्तम्भ’

पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा ‘स्मृति स्तम्भ’

ताजा समाचार
पोखरामा गत वर्ष भएको यति एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण गरिएको छ ।  विसं २०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति सभा सहित स्मृति स्तम्भको अनावरण गरिएको हो ।  पोखरा महानगरपालिका वडा नं ७ र १४ को सिमाना सेँतीखोच नजिक दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको हो ।   स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गर्नुभएको हो ।  स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरू सहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ । उनीहरूको स्मृति...
पोखराका पत्रकारद्वय पौडल र शाहीको स्मृतिमा सभा तथा दीप प्रज्वलन

पोखराका पत्रकारद्वय पौडल र शाहीको स्मृतिमा सभा तथा दीप प्रज्वलन

ताजा समाचार
 पोखराका पत्रकारद्धय स्व त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा आज स्मृतिसभा आयोजना गरिएको छ । साथै साँझ दीप प्रज्वलन गरिएको छ ।  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की शाखा र प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पत्रकार महासंघमा स्मृतिसभा आयोजना गरेका हुन् । गत वर्ष आजकै दिन पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी पत्रकार पौडेल र शाहीको निधन भएको थियो ।  पत्रकार पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकीको संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज हुनुहुन्थ्यो । शाही प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको सदस्य हुनुहुन्थ्यो ।  स्मृतिसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका ७२ जनाको स्मरणमा दुर्घटनास्थलमा स्मृति ...
पोखरा महोत्सवमा दर्शकको भिड

पोखरा महोत्सवमा दर्शकको भिड

ताजा समाचार, मनोरन्जन, मुख्य समाचर
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सवमा सोमबार लोकदोहोरी ...
प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

ताजा समाचार
पोखरा २९ पुसप्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले  सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका खेल्ने बताए ।उनले प्रेस क्लब गण्डकीले बहसमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रह समेत गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउदै अझै सशक्त...
महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब ः

महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब ः

जन संदेश
पौष २८ , पोखरा । हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ । शनिबार आयोजित हाइकिङ पोखरा ७ न्वारथोक बुलौदीबाट सरु भयो । हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले आफु पनि दैनिक हिड्ने गरेको बताउदै हिडाइका साथसाथै पर्यटन उजागर गर्दै आएको हाइकर्स क्लब नेपालको अभियानमा आफु पनि सगैं रहने प्रतिबद्घता जनाउनु भयो । उहाँले जो हिडछ उ नै तन्दरुस्त र सक्रिय हुने बताउनु भयो । पहिलो पटक क्लबको हाइकिङमा जोडिनु भएका गोमा फाउन्डेशन नेपालकी अध्यक्ष गोमा पराजुलीले हिडेर आफ्नो विविध शारिरिक समस्या निवारण गरेको अनुभव सुनाउदै हाइकिङमा जोडिएर हिड्ने साथी पाएकोमा खुसी व्यक्त गर्नु भयो । अबका सबै हाइकिङमा आफु पनि सामेल हुने उहाँले बताउन...
एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना 

एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना 

ताजा समाचार, मुख्य समाचर
विजज नेपाली  पोखरा २०७९ साल नेपालका लागि कालो दिन रह्यो । गण्डकी प्रदेशमा दुई जहाज दुर्घटनामा परे ।  माघे संक्राती अर्थात नेपालीहरुको एक चाड नेपालभर आ-आफ्नो घरमा एकता भै मिठा-मिठा खाने । विषेश गरि कन्दमुल सखरखण्ड र तरुल खाने प्रचलन । पोखरामा त झन एक ऎतिहासिक ढुन्ङेसाघु मेला हुने गर्छ । एक वर्ष अघि आजकै दिन अर्थात माघ १ गते काठमाडौंबाट पोखराका लागि यति एयर बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जना यात्रुको एकै चिहान बन्यो । जुन दुर्घटना नेपाली हवाइ इतिहासका आन्तरिक उडानतर्फकै भयानक र सबैभन्दा ठूलो दुर्घटना हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ गरि ६८ जना यात्रु र ४ चालक दलका सदस्य सवार रहेका ...
अल्फाबिटा पोखराको शैक्षिक परामर्श सम्पन्न

अल्फाबिटा पोखराको शैक्षिक परामर्श सम्पन्न

ताजा समाचार
अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले  अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका  थिए । झण्डै  दुई सय जना विद्यार्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा आयरल्याण्डका ग्रिफ्त कलेज, यु.एस.ए.को योंग्स् टाउन स्टेट युनिभर्सिटी, यु.के. को द युनिभर्सिटी अफ ल र क्यानडाको युनिभर्सिटी अफ क्यानडा वेस्टका प्रतिनिधिहरुको  प्रत्यक्ष उपस्थिती रहेको थियो । अष्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न प्रसिद्द विश्वविद्यालयका झण्डै २ दर्जन एसिया रिजनल रिप्रेजेन्टेटिभहरूको उपस्थिती समेत रहेको थियो। विगत ३३ वर्ष...