निर्देशन विपरीत गण्डकी विश्वविद्यालयका कर्मचारी सम्मेलनमा
पोखरा
गण्डकी विश्वविद्यालयले शुक्रबार अन्तर्राष्ट्रिय कन्फिरेन्स ९जियुआईसी० को आयोजना ग¥यो ।‘सशक्तिकरण उत्कृष्टता ः अनुसन्धान र शिक्षामा विश्वव्यापी सहयोग’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । पुसको १८ गतेदेखी आयोजना भएको सम्मेलन शुक्रबार सम्पन्न भयो । सम्मेलनमा विश्वविद्यालयको पठनपाठनलाई असर नगर्नेगरी सहभागि हुन पाइन्थ्यो । विश्वविद्यालयले १६ गते अर्थात सोमबार एक सूचना जारी ग¥यो । विश्वविद्यालयका डीन डा। कपिल अधिकारीलेका हस्ताक्षर रहेको उक्त सुचनाले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी पठन पाठन नै बन्द गरेर उक्त सम्मेलनमा सहभागी भए ।
सूचनामा भनिएको थियो, ‘गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय कन्फिरेन्स मा यस विद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु नियमित पठनपाठन तथा प्रशासनिक कार्यमा बाधा नपुग्ने गरी सक्रिय रुपमा उपस्थिति हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’...









